ब्यानर न्यूज
ट्राफिक नियम पालना गरे दुर्घटना हुँदैन : डीआईजी बाँस्तोला
मेचीनगर, २५ असार । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोलाले सरकारले बनाएको ट्राफिक नियम पालना गरे कहिल्यै दुर्घटना नहुने बताएका छन् । आइतबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच–डे को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ४० किलोमिटरको स्पीडमा सवारी साधान चलाए दुर्घटना नहुने बताए […]
पूरा पढ्नुहोस्
सञ्चारकर्मी भूमिकासहित चारजनालाई प्रतिष्ठानले सम्मान गर्ने
मेचीनगर, २५ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसरमा चारवटा विधाका व्यक्तित्वहरुलाई पुरस्कृतसहित सम्मान गर्ने भएको छ । प्रतिष्ठानको हालै बसेको सञ्चालक समितिको वैठकले भानु प्रतिभा पुरस्कारबाट खेलकुद क्षेत्रमा अब्बल मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री र सञ्चार क्षेत्रमा कलम चलाउने महिला सञ्चारकर्मी भूमिका फ्याक लिम्बुलाई पुरस्कृतसहित सम्मान […]
पूरा पढ्नुहोस्
धुलाबारीः मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर
मेचीनगर, असार २५ । मेचीनगर–१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीय एक बालक गम्भीर घाइते भएका छन् । धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिका तान्चोक लिम्बु गम्भीर घाइते भएका हुन् । उनको अवस्था चिन्ताजनक छ भने विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ […]
पूरा पढ्नुहोस्
मेचीनगरका जयराम दाहालले गरे सगरमाथाको ८१०० मिटर आरोहण
मेचीनगर, २४ असार । मेचीनगर–१५ ज्यामिरगढीका २६ वर्षीय जयराम दाहालले ८ हजार १०० मिटरको उचाई सफलतापूर्वक आरोहण गरि फर्किएका छन् । चुचुरोमा पुग्न ७०० मिटर मात्र बाँकी रहँदा दाहिने हातको औला हिउँले खाएर घाइते भएपछि उनी फर्किन फर्किएका थिए । हिमाल पदयात्रा सम्बन्धी गाइडको रुपमा लामो अवधिदेखि कार्यरत दाहालले आज सगरमाथा आरोहणमा जाँदाको अनुभूति आज […]
पूरा पढ्नुहोस्
गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक बिमोचन
मेचीनगर । डा. शरणकुमार रिजालद्धारा लिखित गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक शनिवार बिमोचन भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले पुस्तक विमोचन गरेका हुन् । पुस्तक बिमोचन पछि प्रमुख अतिथि भण्डारीले पर्यावरणसँग जोडिएको मरिच खेतीले जीवन निर्वाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मरिच ‘कालो सुन’ हो […]
पूरा पढ्नुहोस्
सांसद बजगाईको पहलमा ९ करोड बढीको बजेट
मेचीनगर, २३ असार । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सबिना बजगाईको पहलमा झापा निर्वाचन क्षेत्र १ (ख)मा ९ करोड भन्दा बढी रकमको योजना परेको छ । यस निर्वाचन क्षेत्र सांसद बजगाईको आफ्नै निर्वाचन क्षेत्र हो । जसमा प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयबाट आवश्यक्ता र प्राथमिकताका आधारमा आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ९ करोड २७ लाख ५६ […]
पूरा पढ्नुहोस्
छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…
मेचीनगर, १५ असार । धान दिवसको अवसरमा मेचीनगरका बिभिन्न विद्यालयका विद्यार्थीहरुले दही चिउरा खाएर धान रोपेका छन् । मेचीनगर १० धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी र मेचीनगर २ स्थित बौद्धमोड इड्लिस बोर्डिड स्कूलका विद्यार्थीले उत्साहका साथ धान रोपेका छन् । बौद्धमोड इड्लिस बोर्डिड स्कुलका विद्यार्थीहरु मेचीनगर ७ स्थित मानव आश्रम पुगेका थिए भने इष्ट […]
पूरा पढ्नुहोस्
आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
झापा । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि […]
पूरा पढ्नुहोस्
सडक कब्जा गरेर भोजभतेर
मेचीनगर, १३ असार । कालोपत्रे फराकिलो सडक । जुन सधैँ व्यस्त हुन्छ । सवारी साधनहरु आफ्नै रफ्तारमा हुँइकिन्छन्, पैदल यात्रीहरुको आफ्नै गन्तव्य । सडक विशेषगरी यात्रुकै लागि निर्माण गरिएको हो । यहाँ फरक–फरक गन्तव्यका यात्रुहरु नै यात्रा गर्छन् । तर, पछिल्लो समय यस्ता सडकहरु यात्रुका लागि मात्रै नभएर घरमा विवाह, भोज भतेर हुँदा पण्डाल टाँग्ने […]
पूरा पढ्नुहोस्
प्रेस क्लबले भन्यो ‘मेचीनगर सञ्चारमैत्री भएन’
मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो । सञ्चार क्षेत्रमा […]
पूरा पढ्नुहोस्