ब्यानर न्यूज

डाउन टाउन युनिभर्सिटीले यस बर्ष १६ करोडको छात्रवृत्ति दिने

बिर्तामोड । पछिल्लो समय बिदेश पढ्न जाने नेपाली बिद्यार्थीहरुको संख्या बढ्दै गएको समयमा भारतको एक कलेजले २ सय बिद्यार्थीका लागि १६ करोड छात्रवृति उपलब्ध गराउने भएको छ । भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यस बर्ष नेपाली बिद्यार्थीका लागि १६ करोड रकमको छात्रवृति उपलब्ध गराउने भएको हो । नेपाली संस्कृतिसँग मेल खाने वाताबरण भएका कारण […]

पूरा पढ्नुहोस्

चार जना प्रतिभाहरुलाई सम्मान

मेचीनगर, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना प्रतिभाहरुलाई सम्मान गरेको छ । आज काँकरभिट्टा स्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी कार्यालयमा आयोजित समारोहमा नेपाली क्रिक्रेट टिमकी कप्तान मेचीनगर निवासी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना, सञ्चारकर्मी भूमिका सुब्बा फियाकलाई र कला संस्कृतिको क्षेत्रको प्रबर्धनका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपतिमा अन्त्येष्टि

काठमाडौं,२७ असार । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

झापा, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा.डा.युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी बाट पीडित सीता दाहाल […]

पूरा पढ्नुहोस्

ट्राफिक नियम पालना गरे दुर्घटना हुँदैन : डीआईजी बाँस्तोला

मेचीनगर, २५ असार । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोलाले सरकारले बनाएको ट्राफिक नियम पालना गरे कहिल्यै दुर्घटना नहुने बताएका छन् । आइतबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच–डे को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ४० किलोमिटरको स्पीडमा सवारी साधान चलाए दुर्घटना नहुने बताए […]

पूरा पढ्नुहोस्

सञ्चारकर्मी भूमिकासहित चारजनालाई प्रतिष्ठानले सम्मान गर्ने

मेचीनगर, २५ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसरमा चारवटा विधाका व्यक्तित्वहरुलाई पुरस्कृतसहित सम्मान गर्ने भएको छ । प्रतिष्ठानको हालै बसेको सञ्चालक समितिको वैठकले भानु प्रतिभा पुरस्कारबाट खेलकुद क्षेत्रमा अब्बल मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री र सञ्चार क्षेत्रमा कलम चलाउने महिला सञ्चारकर्मी भूमिका फ्याक लिम्बुलाई पुरस्कृतसहित सम्मान […]

पूरा पढ्नुहोस्

धुलाबारीः मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर

मेचीनगर, असार २५ । मेचीनगर–१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीय एक बालक गम्भीर घाइते भएका छन् । धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिका तान्चोक लिम्बु गम्भीर घाइते भएका हुन् । उनको अवस्था चिन्ताजनक छ भने विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ […]

पूरा पढ्नुहोस्

मेचीनगरका जयराम दाहालले गरे सगरमाथाको ८१०० मिटर आरोहण

मेचीनगर, २४ असार । मेचीनगर–१५ ज्यामिरगढीका २६ वर्षीय जयराम दाहालले ८ हजार १०० मिटरको उचाई सफलतापूर्वक आरोहण गरि फर्किएका छन् । चुचुरोमा पुग्न ७०० मिटर मात्र बाँकी रहँदा दाहिने हातको औला हिउँले खाएर घाइते भएपछि उनी फर्किन फर्किएका थिए । हिमाल पदयात्रा सम्बन्धी गाइडको रुपमा लामो अवधिदेखि कार्यरत दाहालले आज सगरमाथा आरोहणमा जाँदाको अनुभूति आज […]

पूरा पढ्नुहोस्

गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक बिमोचन

मेचीनगर । डा. शरणकुमार रिजालद्धारा लिखित गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक शनिवार बिमोचन भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले पुस्तक विमोचन गरेका हुन् । पुस्तक बिमोचन पछि प्रमुख अतिथि भण्डारीले पर्यावरणसँग जोडिएको मरिच खेतीले जीवन निर्वाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मरिच ‘कालो सुन’ हो […]

पूरा पढ्नुहोस्

सांसद बजगाईको पहलमा ९ करोड बढीको बजेट

मेचीनगर, २३ असार । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सबिना बजगाईको पहलमा झापा निर्वाचन क्षेत्र १ (ख)मा ९ करोड भन्दा बढी रकमको योजना परेको छ । यस निर्वाचन क्षेत्र सांसद बजगाईको आफ्नै निर्वाचन क्षेत्र हो । जसमा प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयबाट आवश्यक्ता र प्राथमिकताका आधारमा आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ९ करोड २७ लाख ५६ […]

पूरा पढ्नुहोस्