ब्यानर न्यूज

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…

मेचीनगर, १५ असार । धान दिवसको अवसरमा मेचीनगरका बिभिन्न विद्यालयका विद्यार्थीहरुले दही चिउरा खाएर धान रोपेका छन् । मेचीनगर १० धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी र मेचीनगर २ स्थित बौद्धमोड इड्लिस बोर्डिड स्कूलका विद्यार्थीले उत्साहका साथ धान रोपेका छन् । बौद्धमोड इड्लिस बोर्डिड स्कुलका विद्यार्थीहरु मेचीनगर ७ स्थित मानव आश्रम पुगेका थिए भने इष्ट […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

झापा । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि […]

पूरा पढ्नुहोस्

सडक कब्जा गरेर भोजभतेर

मेचीनगर, १३ असार । कालोपत्रे फराकिलो सडक । जुन सधैँ व्यस्त हुन्छ । सवारी साधनहरु आफ्नै रफ्तारमा हुँइकिन्छन्, पैदल यात्रीहरुको आफ्नै गन्तव्य । सडक विशेषगरी यात्रुकै लागि निर्माण गरिएको हो । यहाँ फरक–फरक गन्तव्यका यात्रुहरु नै यात्रा गर्छन् । तर, पछिल्लो समय यस्ता सडकहरु यात्रुका लागि मात्रै नभएर घरमा विवाह, भोज भतेर हुँदा पण्डाल टाँग्ने […]

पूरा पढ्नुहोस्

प्रेस क्लबले भन्यो ‘मेचीनगर सञ्चारमैत्री भएन’

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो । सञ्चार क्षेत्रमा […]

पूरा पढ्नुहोस्

मेचीनगरको बजेट १ अर्ब ५१ करोड बढी

मेचीनगर, असार १० । झापाको मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१ ८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । जसमा नगरले चालु […]

पूरा पढ्नुहोस्

एक अर्ब ५१ करोड बढी बजेट ल्याउँदै मेचीनगर

मेचीनगर, १०असार  । कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमकतामा राखी झापाको मेचीनगर नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले दोस्रो नगर सभाको तेस्रो अधिवेशन मार्फत केहिबेर अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत भएसँगै पुन बजेट ल्याउने तयारी भइरहेको छ ।नगरपालिकाले आगामी आर्थिक बर्ष […]

पूरा पढ्नुहोस्

रोटरी वर्ष उत्कृष्ट पत्रकारीता पुरस्कार तीर्थराज खरेललाई प्रदान

कनकाई, । हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीर्थराज खरेल पुरस्कृत भएका छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा एक विशेष समारोहका विच पत्रकार खरेललाई सम्मान गरिएको हो । विगत २० वर्ष अघिदेखी नै लेखन तथा पत्रकारीतामा क्रियाशिल रहँदै आएका खरेल हाल सम्म पनि […]

पूरा पढ्नुहोस्

कलाकार उत्तम प्रधानको ‘दर्पण छायाँपछि फेरि’ आउँदै

मेचीनगर, असार ८ । ‘दर्पण छाँया’ । नेपाली चलचित्र क्षेत्रका हरेक दर्शकको मन मष्तिस्कमा छाएको एउटा पुरानो चलचित्रको नाम हो यो । आधुनिक पुस्तालाई खासै ज्ञान नभएपनि चलचित्र क्षेत्रमा चासो राख्ने हरेक अग्रजहरु यस चलचित्र बारे जानकार छन् । जुन चलचित्रका प्रमुख नायक छन् उत्तम प्रधान । ‘दर्पण छायाँ’ चलचित्रमा आँखा नदेख्ने अन्धोको भुमिकामा रहेर […]

पूरा पढ्नुहोस्

सहकार्य नगरेको भन्दै मेचीनगर ५ लाई कांग्रेसको ध्यानाकर्षण

मेचीनगर, असार ७ । मेचीनगर नगरपालिका वडा नं ५ को नतृत्वले विकास निर्माण तथा जनताका आधारभुत आवश्यक्ताका विषयमा सहकार्य नगरी एकलौटी अघि बढेको भन्दै नेपाली कांग्रेस वडा समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । राजनैतिक दल तथा सरोकारवालाहरुसँग सहकार्य नगरी वडा नेतृत्व अघि बढेको भन्दै मेचीनगरका उपसभापति योगेन थापामगरको नेतृत्वमा वडा कार्यालयमै पुगेर कांग्रेसले ध्यानाकर्षण पत्र […]

पूरा पढ्नुहोस्

असार १५ बाट आमडाँगीमा भलिबल प्रतियोगिता

मेचीनगर, असार ७ । आदर्श युवा क्लब मेचीनगर ४ को आयोजनामा यही १५ गतेदेखि भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेल प्रति युवा जगतको आकर्षण बढाउँदै खेल क्षेत्रको विकासका निम्त्त क्लबले प्रथम आदर्श नकआउट भलिबल प्रतियोगिताको आयोजना गरेको हो । मेचीनगर ४ आमडाँगी स्थित पशुपति माविको खेल मैदानमा १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा […]

पूरा पढ्नुहोस्