ब्यानर न्यूज

मेचीनगर–७ मै ‘माता’ उत्रिएपछि ……

मेचीनगर,२ जेठ ।‘मेरो अगाडि सँधै खुनको खोलो बग्छ, मलाई बली नचढाउ, सबै मेरा सन्तान हुन्, यो क्रम नरोकिए  म त्यहाँ बस्न सक्दिन’ । झापाको मेचीनगर–७ जोरसिमल स्थित आचार्य निवासमा एक जना ‘माता’ यसो भन्दै कामेर फलाक्न थालेपछि उपस्थित धेरैको ध्यान त्यस तर्फ केन्द्रित भयो । भगवतीको थान अगाडि क्रोध मुद्रामा देखिएकी ती ‘माता’ले पाथीभरा मन्दिरमा […]

पूरा पढ्नुहोस्

‘मेचीपारिको नेपाल’ भाग्य र भविष्य मेची नदीले खोसिदियो

डम्बर बराल मेचीनगर । मेचीनगर– १५ ग्वाल बस्तीकी बिमला राजवंशीकोले मेची नदीमा झोलुङ्गे पुल बन्छ भनेर सुनेको दशकौं भयो । हरेक निर्वाचन ताका भोट माग्न आएका नेताहरुले ग्वाल बस्तीको विकासका लागि लागि पर्ने आश्वासन दिने गरेको भएपनि निर्वाचन पछि फर्किएर नआएको उनले दुखेसो पोखिन् । ‘हरेक निर्वाचन ताका नेताहरु आएर पुल सडक र खानेपानीको प्रवन्ध […]

पूरा पढ्नुहोस्

‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ मा रकम जुट्दै

बुट्टबारी । ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ सञ्चालन गरेका अर्जनधारा – ११ निवासी सामाजिक अभियान्ता गणेश ढुंगानाको अभियानले सार्थकता पाउँदै गएको छ । असाहय, अपाङ्गता भएका व्यक्तिहरु बस्ने आभाष निर्माणको लागि थोत्रा प्लास्टिक तथा टुटेफुटेका सिसा संकलन अभियानमा जुटेका ढुंगानालाई यतिखेर मनकारी हातहरुबाट जग्गा खरिदको लागि नगदै सहयोग संकलन हुन थालेपछि आफ्नो अभियान चाँडै पुरा […]

पूरा पढ्नुहोस्

पत्रकार ज्ञानेन्द्र निरौलालाई दिएको धम्की प्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण

मेचीनगर । समाचार लेखेको विषयलाई लिएर पत्रकार ज्ञानेन्द्र निरौलालाई दिएको धम्की प्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको छ । भद्रपुर–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए)का अध्यक्ष ज्ञानेन्द्र कटुवालले प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालाई सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा पेशाप्रति […]

पूरा पढ्नुहोस्

जेठ ४ देखि मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने

मेचीनगर, वैशाख २७ । मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आज झापा जिल्ला क्रिकेट संघको […]

पूरा पढ्नुहोस्

मेचीनगर ९ मा माङहिम उद्घाटन, पूर्वमन्त्रीदेखि पूर्वमेयरसम्म सम्मानित

मेचीनगर, वैशाख २२ । किरातेश्वर माङहिम मेचीनगर ९ ले एक कार्यक्रमको आयोजना गर्दै पूर्वमन्त्रीदेखी पूर्वनगरप्रमुख सम्मलाई सम्मान गरेको छ । बुद्ध जयन्ती तथा उभौली पर्वको अवशरमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै किरातेश्वर माङहिमले पूर्व कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत रहनुभएका नरेन्द्रविक्रम नेम्वाङ, माङहिम मन्दिर निर्माणका निम्त्ति जग्गा दिनुहुने जग्गादाता दम्पती पदमबहादुर योङहाङ […]

पूरा पढ्नुहोस्

असी प्रतिशत काम सम्पन्न गर्याैँ : वडाध्यक्ष कनकबहादुर कार्की

डम्बर बराल मेचीनगर । राज्य पुनः संरचना पछि दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा सहित आएको संघीयता कायान्वयनमा निक्कै चुनौति भइरहेको भएपनि स्थानीय तह अधिकार सम्पन्न हुँदा विगत ६ वर्षयता जनप्रतिनिधिहरु आफ्नो वडाको मुहार फेर्ने अभियानमा कस्सिएका छन् । २० वर्षसम्म देशमा कर्मचारीतन्त्र हावी हुँदा विकासले नदेखेका र […]

पूरा पढ्नुहोस्

पूर्वी सिमानाबाट हात्ती द्वन्द्व नियन्त्रणको नयाँ अभियान

डम्बर बराल मेचीनगर, ४ बैशाख । मानिस र हात्तीबीचको द्वन्द्वका कारण यसले निम्त्याएको आर्थिक, सामाजिक मानवीय क्षति अनि बाल मनोविज्ञानमा पारेको असर यो बाहुनडाँगी बासीका निम्ति नौलो कुरा होइन । साच्चै भन्नु पर्दा बाहुनडाँगी र हात्ती पर्याय जस्तै बनेको छ । वर्षौदेखि बाहुनडाँगीवासी हात्तीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउने प्रयासमा छन् । हरेक दिन भारतीय […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी प्रशिक्षण

मेचीनगर, २८ चैत । मेचीनगरका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले गरेका थिए । प्रेस क्लव मेचीनगरका अध्यक्ष  डम्बर बरालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर […]

पूरा पढ्नुहोस्

धुलाबारी महोत्सवमा दर्शकको भिड बढ्यो

धुलाबारी, २३ चैत । मेचीनगरको धुलाबारीमा आयोजित ‘प्रथम मेची महोत्सवमा दर्शकहरुको भिड बढ्न थालेको छ । को १५औँ दिन बुधबार विहानैदेखि महोत्सवमा मानिसहरुको उपस्थिति बाक्लिएको थियो भने बेलुका त्यो संख्या दोब्बरले बढेको थियो । त्यसको कारण थियो हट गाइकाको रुपमा परिचित ज्योति मगर । ज्योतिको प्रस्तुति हेर्न दर्शकको दिउँसो देखिनै ओइरो थियो । ज्योति स्टेजमा […]

पूरा पढ्नुहोस्