मुख्य खबर

  जाजरकोटको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो,३सय घरपरिवार विस्थापित

सुर्खेत,२८ असार। जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका थप दुईजनाको शव आइतबार भेटिएको छ । बारेकोट गाउँपालिका(४ सार्कीगाउँका १३ वर्षीया लक्ष्मी सार्की र ११ वर्षीया कमला सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डीएसपी० किशोर श्रेष्ठले जानकारी दिए । यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । […]

पूरा पढ्नुहोस्

म्याग्दीमा पहिरो  २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

पोखरा,२७ असार। म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै […]

पूरा पढ्नुहोस्

कनकाई नदीमा पानीको सतह बढ्दै गएपछि, शिवसताक्षीका चार घर बिस्तापित

कनकाई २७ असार । अविरल बर्ष पछि कनकाई नदीमा आएको बाढीका कारणशिवसताक्षी १० मा ४ घर सुकुम्बासी परिवार विस्थापित भएका छन् । नदिमा पानीको बहाव बढदै गएपछि उनीहरुलाई रेडक्रस झापाले दिएको त्रिपालमा सुरक्षित ढंगले सारिएको छ । झापामा बिगत चौबीस घण्टादेखिको अबिरल बर्षा अपरान्ह थामिएको भएपनि साँझ परेसँगै पून बर्ष सुरु भएको छ । उता […]

पूरा पढ्नुहोस्

बाढीले डाइर्भसन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गैँडाकोट २७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले […]

पूरा पढ्नुहोस्

सप्तकोशीमा पानीको बहाव बढ्यो

विराटनगर,२६ असार । अविरल बर्षा पछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो […]

पूरा पढ्नुहोस्

पहिरोमापरी ३२ जना बेपत्ता, उद्दारमा कठिनाइ

पोखरा,२६ असार । म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ । धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ‘धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको खबर आएको छ,त्यहाँका […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट १ अर्व २० करोड ६७ लाख, १४ करोड ७ लाख रुपैयाँ घाटा बजेट

लक्ष्मी उप्रेती मेचीनगर ÷ मेचीनगर नगरपालिकाले  आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ ।प्रस्तुत बजेटमा सामाजिक सुरक्षा अन्तर्गतको रकम उल्लेख गरिएको छैन् । बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको ४० करोड रुपैयाँ समावेश नभएको नगरप्रमुख विमल आचार्यले जानकारी गरए । १४ करोड ७ लाख रुपैयाँ घाटा […]

पूरा पढ्नुहोस्

अबछोटो दूरीका सार्वजनिक यातायात संञ्चालन हुने

झापा, २५ असार । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर […]

पूरा पढ्नुहोस्

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

झापा २४ असार । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ […]

पूरा पढ्नुहोस्

नेकपाको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित

काठमाण्डौ,२४ असार ।आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ। पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको हो। पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने बताइएपछि ओली र प्रचण्ड आइतबार यता नियमित छलफलमा छन्। प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्