मुख्य खबर
राजनीतिक सम्बादबाट सबै कुरा सम्भव छ : मन्त्री राई
मेचीनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर बहादुर राइले एउटा जातिको लागि पहिचाको नाममा एउटा नाम भन्दा उसको भाषा धर्म लिपी र संस्कृतिको संरक्षण गर्नु महत्वपूर्ण र ठूलो कुरो भएको बताएका छन् । शनिबार मेचीनगर– १३ स्थित चारआलीमा चारजातिले एकताको संदेश दिँदै आयोजना गरेको संयुक्त ल्होछार(डुग ल्हो) कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले […]
पूरा पढ्नुहोस्
दशकपछि सञ्चालनमा आयो प्यारिभिट्टा बसपार्क
डम्बर बराल मेचीनगर । मेचीनगर–७ स्थित प्यारिभिट्टामा बहुप्रतिक्षित रुपमा रहेको प्यारिभिट्टा बसपार्क तीन सातादेखि सञ्चालनमा आएको छ । बसपार्क सञ्चालनमा आएपछि स्थानीयहरु समेत उत्साहित बनेका छन् । निर्माण भएको एक दशक सम्मपनि बसपार्क सञ्चालनमा नआउँदा दुःखी बनेका जग्गादाताको मुहारमा समेत यतिखेर खुसी छाएको छ । मेचीनगरको गौरवको योजना बसपार्क सञ्चालनको लागि यसअघि दुईपटक औपचारिक कार्यक्रम […]
पूरा पढ्नुहोस्
क्रमागत बजेट रोकिएकाले पुल निर्माण कार्य अधिबढ्न सकेन, अव चाँडै सुरु हुन्छ: वडाध्यक्ष भट्टराई
मेचीनगर । मेचीनगर १५का वडाध्यक्ष गुणराज भट्टराईले आफनो वडामा अन्य वडाको तुलनमा निक्कै विकट वडा भएपनि क्रमश विकासको चरणमा अघि बढेको बताएका छन् । मेचीनगर – १५ लाई जोड्ने गोकुल मार्ग र सहिद मार्ग छन् जसको स्तर उन्नती र विकाले गति लिएको छ । मेची पारी ३ वटा गाउँ छ, यसले देशमै छुट्टै पहिचान स्थापित […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा माघ २७ गते सांगीतिक कार्यक्रम हुने
काँकरभिट्टा । आगामी माघ २७ गते मेचीनगरको काँकरभिट्टामा गोर्खा सांगीतिक साँझ–२ आयोजना हुने भएको छ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको आयोजनामा हुने सांगीतिक साँझलाई सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङको विशेष प्रस्तुती रहने छ । आयोजकले मंगलबार काँकरभिट्टा स्थित होटल हिकोला हेरिटेजमा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा चार जातिले एकैसाथ मनाउँदै ल्होछार
मेचीनगर । मेचीनगर १३ मा बसोबास गर्ने चार जाति (शेर्पा, मगर, तामाङ र गुरुङ)ले संयुक्त रुपमा माघ २० गते ल्होछार मनाउने भएका छन् । पूर्वबाट एकताको सन्देश दिन बौद्ध धर्मावलम्बी चार जातिले एक साथ ल्होछार पर्व मनाउने गरी संयुक्त ल्होछार (डुग ल्हो) समिति गठनगरी कार्यक्रमको तयारीमा जुटेका हुन् । आयोजकले आज पत्रकार सम्मेलन आयोजना गरेर […]
पूरा पढ्नुहोस्
पुराना र परम्परागत गुट भत्काउने अभियानमा छु : महामन्त्री शर्मा
मेचीनगर १५ माघ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन्। उनले आफू वर्तमानमा स्वतन्त्र काङ्ग्रेस रहेको दाबी समेत गरे। गृहनगर झापाको धुलाबारीमा आज सोमबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा […]
पूरा पढ्नुहोस्
महामन्त्री थापाको ‘संवाद यात्रा’ सुरु
भद्रपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् । महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । उउनले यो यात्रा आफ्नो व्यक्तिगत […]
पूरा पढ्नुहोस्
जोरसिमल कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर– ७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष प्रहलादमणि ओलीको सभापतित्व तथा ज्येष्ठ सदस्य इन्दुमती ओलीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सहकारी संस्थाका सल्लाकार नारायण प्रसाद ओली, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, शिक्षा संयोजक गोविन्द ओली लगायतले सहकारीले सदस्यहरुको जीवन […]
पूरा पढ्नुहोस्
विकासमा राजनीति भयो भने देश बर्वाद हुन्छ : मन्त्री गुरुङ
मेचीनगर । सहरी विकास मन्त्री सीता गुरुङले विकास निमाृणमा राजनीति गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय विकास निर्माणमा राजनीति हाविहुन थालेको भन्दै मन्त्री गुरुङले यो गलत अभ्यास भएको बताइन् । राजनीतिले विकास सम्भव छ, उनले भनिन् विकासमा राजनीति भयो भने देश बर्वाद हुन्छ । सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो […]
पूरा पढ्नुहोस्
मेचीनगरको विकासकोलागि यहाँका राजनीतिक दलबीचको एकता र सद्भाव सम्मान योग्य छ : मन्त्री गुरुङ
धुलाबारी । संघीय सहरी विकास मन्त्री सिता गुरुङले मेचीनगरको विकासकोलागि यहाँका राजनीतिक दल बीचको एकता र सदभाव सम्मान योग्य रहेको बताएकी छिन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहुन भएकी मन्त्री गुरुङले शुक्रबार अपरान्ह नेपाली काँग्रेस झापा क्षेत्र नं. १ को कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । झापा जिल्लाको विकासका […]
पूरा पढ्नुहोस्