मुख्य खबर

नेपाली काँग्रेसले भन्यो : नगरलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउ

झापा, १७ पुस । नेपाली कांग्रेसले मेचीनगरपालिकामा देखिएको जनप्रतिनिधि र कर्मचारीबीचको आन्तरिक द्धन्दका कारण नगरबासीले ठूलो सास्ती व्यहोर्नु परेको जनाएको छ । मेचीनगर नगरपालिकामा केही दिन यता विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै त्यसको समाधान ननिकाले मुकदर्शक नबन्ने चेतावनी समेत दिएको छ । नेपाली कांग्रेसले आज प्रेस विज्ञप्तिजारी गर्दे आफ्नो धारणा सार्वजनिक गरेको हो । पार्टीको […]

पूरा पढ्नुहोस्

नेकपा एमाले मेचीनगरले बुझायो ध्यानाकर्षण पत्र

मेचीनगर १७  पुस । मेचीनगरमा केही दिनदेखि जनप्रतिनिधि र कर्मचारीबीच द्धन्द सिर्जना भएपछि त्यसको दिगो समाधान खोज्न र नगरको काम प्रभावकारी बनाउन माग गर्दै नेकपा एमाले मेचीनगरले आज ध्यानाकर्षण  पत्र बुझाएको छ । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नभएका कारण जनअपेक्षा अनुसार काम हुन नसकेको र कार्य सम्पादनमा समस्या आउने गरेको एमालेको ठहर छ […]

पूरा पढ्नुहोस्

नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत रेग्मीबीचको झगडाले मेचीनगर बन्यो तनावग्रस्त

मेचीनगर, १६ पुस । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको झगडाले मेचीनगर कार्यालय आज चार घण्टा तनावग्रस्त बन्यो । ढुंगाबालुवा सम्बन्धी मतभेदबाट सुरु भएको विवाद नाटकीय रुपले नगरको राजनीतिक र प्रशासनिक प्रमुखबीच गालीगलौजको अवस्थामा गिरेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार आज विहान १०ः३० बजेतिर नगरप्रमुख बुढाथोकीको कार्यकक्षमा अधिकृत रेग्मी जानु भएको […]

पूरा पढ्नुहोस्

मेची कृषक क्रिकेट प्रतियोगिताको उपाधि काँकरभिट्टालाई

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाले आयोजना गरेको टी–टेन क्रिकेट प्रतियोगिताको उपाधि काँकरभिट्टाले हात पारेको छ । सोमबार मेचीनगर–८ मेची विद्योदय विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि काँकरभिट्टा राइजिङ टिमले जितेको हो । काँकरभिट्टा राइजिङ टिमले मेचीनगर–८ लाई २३ रनको अन्तरले पराजित गरी उपाधि हात पारेको हो । काँकरभिट्टाले टस जितेर ब्याटिङ गरेको थियो […]

पूरा पढ्नुहोस्

एनएफसी धुलाबारीले जित्यो उपाधी

मेचीनगर ।मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० को उपाधी एनएफसी धुलाबारीले जितेको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाईनलमा एनएफसी धुलाबारीले ब्रदर्श एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । एनएफसी धुलाबारीलाई विजेता बनाउन सेवन थापा मगरले २ गोल र आदित्य ढुङ्गेल र निरज कार्कीले एक एक गोल गरेका थिए […]

पूरा पढ्नुहोस्

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगरले बिविध कार्यक्रमका साथ मनायो तमु ल्होसार

काँकरभिट्टा । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगरले आइतबार विविध कार्यक्रमका साथ २६०८ औं मुब्री ल्हो तमु ल्होसार पर्व मनाइएको छ । मेचीनगर– ७ स्थित गुम्बा परिषरमा आयोजित कार्यक्रमको उद्घाटन् मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले नेपाल बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक मुलुक बन्न नागरिकले ठूलो संघर्ष र बलिदान […]

पूरा पढ्नुहोस्

नाइट चेस क्लबको पद हस्तान्तरण सम्पन्न

काँकरभिट्टा । नाइट चेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । क्लबको १४ औं वार्षिक साधारण सभाबाट सर्ब सम्मत निर्वाचित कार्यसमितिलाई शुक्रबार काँकरभिट्टा खानेपानकिो सभाहलमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । कार्यक्रममा बोल्दै नाइट चेस क्लबका निवर्तमान अध्यक्ष राजु कार्कीले समाज रुपान्तरणमा क्लबको भूमिका महत्वपूणर् रहेको बताए […]

पूरा पढ्नुहोस्

आदर्श माविको वार्षिक उत्सवमा शिक्षक, अभिभावक र विद्यार्थी पुरस्कृत

इटाभट्टा । मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालयले वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट शिक्षक अभिभावक र विद्यार्थी पुरस्कृत तथा सम्मान गरेको छ । शुक्रबार वार्षिक समारोहका बीच वर्ष उत्कृष्ट एक शिक्षक, १÷१ पुरुष तथा महिला अभिभावक र २१ जना विद्यार्थीलाई नगद रु २ हजारदेखि १० हजारसम्मका पुरस्कार राशीबाट सम्मान गरेको हो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षक […]

पूरा पढ्नुहोस्

मेचीनगरमा इन्डक्सन चुल्हो वितरण सुरू

मेचीनगर । मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन चुल्हो) वितरण कार्य बिहीवारदेखि सुरू भएको छ । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा वितरण हुने उक्त अभियानको उद्घाटन संविधान सभा सदस्य रविन कोइरालाले गरेका थिए। मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले आफ्नै देशमा भएको स्रोत साधानको […]

पूरा पढ्नुहोस्

मेचीनगरद्धारा शिक्षक, पूर्व कर्मचारी, विद्यार्थी सहित दर्जनौं सम्मानित

मेचीनगर । मेचीनगरपालिकाले बुधबार नगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी, पेशामा कार्यरत उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक, कर्मचारी, बाल क्लव, स्काउट र बिभिन्न संघ संस्थालाई सम्मान गरेको छ । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले मेची […]

पूरा पढ्नुहोस्