मुख्य खबर
मेची कृषक सहकारी संस्थाको २४ औं साधारण सभामा पत्रकार सहित दर्जनौं सम्मानित
मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित दर्जनौंलाई सम्मान गरेको छ । सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा तथा माइन्युट प्रमाणिकरण सभाको अवसरमा सहकारीको बृद्धि विकासमा सहयोग पुर्र्याएका दर्जनौं व्यक्तिहरुलाई सम्मान गरेको हो । पत्रकारिताको क्षेत्रबाट सहकारीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारीले खवरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई नगद सहित सम्मान पत्रद्धारा […]
पूरा पढ्नुहोस्
हातेमालो सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभामा सम्मान
मेचीनगर । हातेमालो सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएकोे छ । सामुदायिक वनको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गमलाको विरुवामा पानी हालेर गरेकी थिइन् । कार्यक्रमको अवसरमा सामुदायिक वनले अअवकाश प्राप्त कर्मचारी, उत्कृष्ट टोल संयोजक, वन कार्यालयका अधिकृत तथा वन क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान […]
पूरा पढ्नुहोस्
समाजमा बिद्यमान हानिकारक अभ्यासका बारेमा अन्तरक्रिया
मेचीनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत आज मेचीनगर नगरपालिकामा सामाजिक विभेद तथा हिंसा न्यूनीकरणका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित कार्यक्रममा समाजमा बिद्यमान हानिकारक अभ्यास ,बालबिवाह,बहुबिवाह, जातीय छुवाछूत ,दाइजो प्रथाले समाजमा निम्त्याएको भयावह अवस्थाको बारेमा छलफल भएकोे हो । महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले परम्परागत […]
पूरा पढ्नुहोस्
लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बुधबार तीन प्रतिभालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले पाँचौं वार्षिक उत्सव तथा भवन उद्घाटनको अवसर पारेर तीन प्रतिभालाई सम्मान सहित पुरस्कार वितरण गरेको हो । मेचीनगर – ११ धाइजन स्थित प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मेचीनगर–१४ घर भइ हाल बीपी […]
पूरा पढ्नुहोस्
नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद
काठमाडौं, १७ मंसिर । साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा प्रकृति पार्क निर्माण हुने
मेचीनगर । हात्तीलाई पर्यटनसंग जोड्न मेचीनगरको बाहुनडाँगी मा प्रकृति पार्क निर्माण हुने भएको छ । मेचीनगर ४ बाहुण्डाँगी स्थित मेची खोलामा निर्माण हुने प्रकृति पार्कको आज एक कार्यक्रममा बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा शिलान्यास गरेका छन् । हात्तीबाट प्रताडित बाहुनडाँगी क्षेत्रमा विगतदेखि नै मानव हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै […]
पूरा पढ्नुहोस्
नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनको टोली काँकरभिट्टामा
काँकरभिट्टा । अन्र्तराष्ट्रिय ब्यापार सहजीकरण गर्ने उदेश्यले स्थापना भएको नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले भारत–नेपाल नाका काँकरभिट्टाको अनुगमन गरेको छ । ब्यापार घाटा भइरहेको अवस्थामा अन्य मुलुकसँग आयत निर्यातको सहजीकरण गर्ने र स्थानीय बजारलाई चलायनमान बनाउने अनुगमनमा आएको टोलीले जनाएको छ । एशोसिएशनको टोलीले मंगलबार काँकरभिट्टामा पत्रकार भेटघाटको आयोजना गरी संस्थाको योजनाका बारेमा जानकारी दिएको हो […]
पूरा पढ्नुहोस्
पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु
मेचीनगर, १८ मंसिर । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल(भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित(२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा(७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ ९पीपी० ५५ अन्तर्गतको ९१र१ नम्बरको रेफरेन्स सीमा स्तम्भ ९आरपी०बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा आगलागी हुँदा ग्वाली र पराल जलेर नष्ट
मेचीनगर । मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ ग्वालीमा आगजनी भएको […]
पूरा पढ्नुहोस्
मलेसियाबाट उद्दार गरिएका गोपालको पारिवारिक अवस्था बुझ्दै बुढाथोकी र डालमिया
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माको पहलमा मलेसियाबाट उद्दार गरिएका मेचीनगर – ६ काँकरभिट्टाका गोपाल अधिकारीलाई बुधबार नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईन्द्र बहादुर बुढाथोकी र विजय डालमियाले भेटेर उनको पारिवारिक अवस्थाको बारेमा जिज्ञासा राखेका छन् । १८ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका गोपाल विगत ६ वर्षदेखि परिवारसंग सम्पर्क विहिन थिए । छोरा […]
पूरा पढ्नुहोस्