मुख्य खबर

झापा गाउँपालिकामा गरीवका लागि ६०३ वटा घर निर्माण

झापा, १३ असार । सहारा नेपाल, ह्याबिटाट नेपाल र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा विपन्नका लागि ६०३ वटा आवासगृह निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत तीन संस्थाले सन् २०१९ देखि झापा गाउँपालिकामा गरीवका लागि घर बनाउने अभियान सुरु गरेका थिए । सन् २०१९ मा ७० वटा, २०२० मा […]

पूरा पढ्नुहोस्

लागूऔषधको दुव्र्यसनमा फसेकाहरुलाई सुधार्न घरबाटै अभियान थाल्नु पर्छ ः नगरप्रमुख बुढाथोकी

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले लागूऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नु पर्ने बताएका छन् । आइतबार काँकरभिट्टामा मेची सामुदायिक प्रहरी सेवा केन्द्र र मेचीनगर नगरपालिकाको आयोजनामा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् । उनले लागूऔषधमा […]

पूरा पढ्नुहोस्

नदी नियन्त्रण र हात्ती छेक्न सीमामा तटबन्धन गर्न स्थानीयको माग

मेचीनगर, ११असार । मेचीनगरमा हात्तीको दीर्घकालिन समस्याको समाधान तथा मेचीनदीबाट हुने कटान नियन्त्रणको लागि व्यवस्थित तडबन्धन गर्नु पर्ने बाहुण्डाँगी वासीले आग्रह गरेका छन् । हात्तीले पुर्यााएको क्षतिका बारेमा बुझ्न बाहुण्डाँगी पुगेका सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोली लाई स्थानीयले सो आग्रह गरेका हुन् । प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद […]

पूरा पढ्नुहोस्

गण्डकीका अर्थमन्त्री बरालको पद जोगियो

काठमाडौं । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो । […]

पूरा पढ्नुहोस्

आम्दा मेची अस्पताललाई ‘अक्सिजन प्लान्ट’ हस्तान्तरण

मेचीनगर, ११ असार । आम्दा मेची अस्पताल परिसरमा जडान गरिएको अक्सिजन प्लान्ट शनिबार एक कार्यक्रमका बीच सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब अफ मेचीनगरको सहजिकरणमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा सो अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको गरिएको हो […]

पूरा पढ्नुहोस्

बिर्तामोडको वजेट १ अर्ब ३८ करोड

झापा, बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० ९सामाजिक सुरक्षाको बजेट समेत०को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गर्नु भएको हो । बजेटमा […]

पूरा पढ्नुहोस्

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार धुलाबारी स्थित पासाङल्यामु टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा उपमेयर उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख बुढाथोकी द्वारा नीति तथा कार्यक्रम सार्वजनिक

धुलाबारी, १० असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार धुलाबारी स्थित टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा नगरप्रमुख बुढाथोकीले १३ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि तथा पशु विकास, पर्यटन, […]

पूरा पढ्नुहोस्

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम

मेचीनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीले ४३ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित २३ जनाले रक्तदान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र […]

पूरा पढ्नुहोस्

कनकाईमा वाल विकासका शिक्षक तथा कर्मचारीले बुझाए ९ बँदे ज्ञापन

कनकाई ÷ कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत वाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नेपाल वालविकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी साथै विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षर रहेको ज्ञापन पत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शिवाकोटीलाई बmुझाइएको […]

पूरा पढ्नुहोस्