राजनीति
घरदैलो अभियानलाई तीब्र पार्दै गठबन्धनका उम्मेद्वार
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र बनाउँदै लगेका छन् । सोमबार उम्मेद्वारहरुले साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् । क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासा घरदैलोमै […]
पूरा पढ्नुहोस्
एमालेविरुद्ध गतिविधि गर्ने सचिवालय सदस्यदेखि पूर्व नगरप्रमुखसम्म कारवाहीमा
विर्तामोड २७ असोज । आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय विरुद्घ स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेका एमाले जिल्ला तहका नेता कार्यकर्तालाई पार्टीले कारवाही शुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले विहीबार विज्ञप्ती जारी गदैं पार्टी विरोधी गतिविधि गर्ने पार्टी निर्णयको पक्षमा दृढताका साथ […]
पूरा पढ्नुहोस्
उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालना भए नभएको अनुगमन प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले गर्ने
झापा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थप कडाइ गर्दे लगेको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालना भए नभएको अनुगमन गर्न प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिने निर्णय गरेको […]
पूरा पढ्नुहोस्
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
काठमाडौं,२६ असोज । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण […]
पूरा पढ्नुहोस्
पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई छैनः महामन्त्री शर्मा
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई नभएको बताएका छन् । धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियान कार्यक्रममा बोल्दै शर्मालेले सो कुरा बताएका हुन् । वैशाख ३० को जस्तो गडबडी मंसिर ४ माकसैले गरे त्यो ठिक नहुने उनले चेतावनीसमेत दिए ।” वैशाख ३० मा गडबडी गरेकै हो, […]
पूरा पढ्नुहोस्
राजन चिमरियाले दिए स्वतन्त्रबाट उम्मेद्वारी
मेचीनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ बाट राजन चिमरियाले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्षसमेत रहेका राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’ मा चिमरियाले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रदेश सभा सदस्य ‘ख’ मा उम्मेद्वार […]
पूरा पढ्नुहोस्
झापा क्षेत्र नंं.४ मा दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन
कनकाई । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन भएको छ । हालै राप्रपामा प्रवेश गरेकी महिला उम्मेद्वार खुश्वु ओलीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी दर्ता गराएकी छन् । यस अघि देखि नै सोही पदकालागि आकांक्षी बनेकी ओलीलाई पार्टीले […]
पूरा पढ्नुहोस्
झापा–१ मा ३४ जना उम्मेद्वार
मेचीनगर, २३ असोज । झापा क्षेत्र नं। १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् । आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा प्रतिनिधि सभा सदस्यमा १६, प्रदेश सभा सदस्य ‘क’ मा ६ जना र प्रदेश सभा सदस्य ‘ख’ मा १२ जना गरी जम्मा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका […]
पूरा पढ्नुहोस्
निर्वाचनमा ७५ हजार सेना परिचालन हुने
काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन्। निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ। मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन […]
पूरा पढ्नुहोस्
झापा १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका खरेलले गरे उम्मेद्वारी दर्ता
मेचीनगर । एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले झापा निर्वाचन क्षेत्र नम्वर १ वाट उम्मेदवार मनोनयन दर्ता गराएका छन् । राप्रपासँग चुनावी गठबन्धन गरेको नेकपा एमालेले झापा १ बाट प्रतिनिधि सभा सदस्यमा अग्नी गरेललाई अघि सारेसँगै खरेलले आज उम्मेद्वारी दर्ता गराएका हुन् ।झापा १ बाट यस अघि रविन कोइरालाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको थियो […]
पूरा पढ्नुहोस्