राजनीति

संसदबाटै सरकारको विकल्प खोज्छौँ ः नेता सिंह

बिर्तामोड, २० चैत । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेसले संसदमार्फत नै वर्तमान सरकारको विकल्प खोजी गर्ने बताएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा विहीबार विर्तामोडमा सम्पन्न पत्रकार भेटघाटमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले वर्तमान सरकारको निरन्तरता देशका लागि दुर्भाग्य हुने बताउँदै सरकारको विकल्प खोजी गर्ने बताएका हुन्। वर्तमान प्रधानमन्त्री केपी शर्मा […]

पूरा पढ्नुहोस्

नेपालमा अब हिंसात्मक द्वन्द्वसमाप्त भयो प्रधानमन्त्री ओली

काठमाडौं,२१ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व समाप्त भएको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले सो कुरा बताएका हुन् । ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’उनले समूहका […]

पूरा पढ्नुहोस्

सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटायो

काठमाडौं।  सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ। मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो। गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले थाहाखबरसँग भने, ु […]

पूरा पढ्नुहोस्

एकैदिन ३८जना प्रदर्शनकारी मारिए

काठमाडौं,२० फागुन। म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् ।सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । […]

पूरा पढ्नुहोस्

‘प्रेस संगठन झापा संयोजकमा न्यौपाने

बिर्तामोड । प्रेस संगठन नेपालको झापा संयोजकमा पत्रकार सुब्रत न्यौपाने चयन भएका छन् । प्रचण्ड नेपाल समूह निकट संगठनको सहसंयोजकमा झुलन रेग्मी र अनिलदेव राई चयन भएका छन् । त्यसैगरी सचिवमा उद्धव पुरी चयन भएका छन् ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा पुनःस्थापन गर्न सर्वोच्चले गर्याे फैसला

झापा, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो ।संयोग प्रधानमन्त्री ओलीका लागि ठूलो राजनीतिक पराजयका रुपमा आएको यो फैसला उनको ६९ औँ जन्म दिन दुखद उपहार बनेको छ […]

पूरा पढ्नुहोस्

नेकपा ओली समूहको मेचीनगर अध्यक्षमा पोखरेल

मेचीनगर, २८ माघ । नेकपाको ओली समूहको मेचीनगर अध्यक्षमा काँकरभिट्टाका युवा नेता राजु पोखरेल चयन भएका छन् ।नेकपाको बुधवार बिर्तामोडमा भएको जिल्ला समितिको बैठकले पोखरेललाई मेचीनगरको अध्यक्षमा चयन गरेको हो ।यस अघि पोखरेल मेचीनगरको सचिव र पहिलेको नेकपा एमालेको अध्यक्ष थिए । माओबादीसँग एकीकरण पछि नगर समितिको अध्यक्षमा माधव अर्याल र सचिवमा पोखरेल चुनिएका थिए […]

पूरा पढ्नुहोस्

प्रचण्ड(माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं,२८ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा ९प्रचण्ड(माधव समूह०ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने […]

पूरा पढ्नुहोस्

झापाली सञ्चारकर्मीहरु आन्दोलित

बिर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध र समर्थनमा देशभर प्रदर्शन भैरहेका छन् । मंगलबार झापाको बिर्तामोडमा संसद विघटनको विरुद्ध झापाली सञ्चारकर्मीहरुआन्दोलित बने । विरोध प्रदर्शनलाई पत्रकार महासंघ झापा, आदिवासी जनजाती पत्रकार महासंघ, नारी सञ्चार गृह, जनजाती पत्रकार महासंघ लगायतका पत्रकारहरुका छाता संगठनहरुले ऐक्यवद्धता जनाएका थिए । झापाली सञ्चारकर्मीहरु […]

पूरा पढ्नुहोस्

सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन डा। भट्टराईले गरे आहृवान

धनकुटा ,२४ माघ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा जुटन् आहृवान गरेका छन्  ।शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै डा. भट्राईले सो कुरा बताएका हुन ।‘कांग्रेस, नेकपा माधव(प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर […]

पूरा पढ्नुहोस्