राजनीति

प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थपिए

विराटनगर,३० भदौ। प्रदेश १ मा बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले  दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । यो सँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस मेचीनगर सभापतिमा युवा नेता थापाको उम्मेद्वारी घोषणा

मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन्द्र थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् । मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।२०५२ सालबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता थापाले तरुण दलको वडा सभापति ,पार्टी […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसको सदस्यता विवाद टुङ्गियो

झापा, ८ भदौै ।नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले […]

पूरा पढ्नुहोस्

रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झा नियुक्त

जनकपुरधाम,४ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा […]

पूरा पढ्नुहोस्

अन्तत फुट्यो एमाले

काठमाडौं,२ भदौ । राजनीतिक दल फुटाउने अध्यादेश आए लगत्तै नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण […]

पूरा पढ्नुहोस्

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे अब दल फुटाउन पाइने

काठमाण्डौ,१ भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए । यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० […]

पूरा पढ्नुहोस्

हाम्रा उखान र नेपाली समाज

खेमराज थाम्सुहाङ “गाउँको भूत टाढाको देउता” उक्त नेपालीको परम्परा उखानको आधारमा वातारण, अवस्था र भोगाइको हिसावले आफ्नो विचार केही पंत्तीहरु पोख्न गइरहेको छु । उक्त उखान नेपाली समाज, भेष–भूषा, व्यवहार, भनौँ नेपाली जिउने शैली–चल्ने छेत्रहरुसँग सम्बन्धित सबै विधाहरुमा मेल खाएको देखिन्छ । त्यसकारण आफ्नोपन र पहिचानका सांकेतिक तत्वहरु लोप हुँदै गइरहेको देखिन्छ । प्रायजसो नेपालीलाई […]

पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी

झापा,२८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र […]

पूरा पढ्नुहोस्

देउवा प्रधानमन्त्री नियुक्त शपथ ग्रहण आजै

झापा । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै राष्ट्रपति कार्यालयले साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएको […]

पूरा पढ्नुहोस्

लिक बाहिर गएको संविधान ट्रयाकमा आयो ः प्रवक्ता शर्मा

झापा,२८ असार। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम भएको प्रतिक्रिया दिएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि प्रवक्ता शर्माले कांग्रेसले अब सरकार निर्माण होइन इतिहास निर्माणको […]

पूरा पढ्नुहोस्