राजनीति
कनकाईको एमाले वडाअधिवेशन , सवै वडामा सर्वसम्मत नेतृत्व चयन
कनकाई,८ कात्तिक ÷नेकपा एमाले कनकाई नगरको वडाअधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै वडाको अधिवेशनलाई भर्चुअलको माध्यमबाट एकैसाथ सम्बोधन गरेपछि सम्पन्न कनकाई नगरको वडाअधिवेशनबाट नगरका नौ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको केन्द्रबाट आएको सर्कुलर अनुसार ३३ प्रतिशत महिलाको सहभागितामा अध्यक्ष, उपाध्यक्ष, […]
पूरा पढ्नुहोस्
नेता बन्ने पनि कि नेता बनाउने मात्रै ?
रामचन्द्र उप्रेती समुहमा बस्ने सबै प्राणीमा नेता हुने गर्छन् । नेताले समुहलाई बचाउछन् । त्यसैले नेता आवश्यक पर्छ । नेतालाई मान्नु पर्छ । ठूला जनवार हात्तीदेखि सानामा कमिलासम्मका नेता हुन्छन् भन्ने विश्वास छ । यी सबैको नेताको काम, नेता बदल्ने तरिका र नेता छान्ने काम आआफ्नै खालका हुन सक्छन् । मानिस नितान्त सामाजिक प्राणी भएकाले […]
पूरा पढ्नुहोस्
एकीकृत समाजवादीको नगर अध्यक्षमा पौडेल
मेचीनगर । नेकपा एकीकृत समाजवादीको बिहीबार मेचीनगरमा सम्पन्न भेलाले नगर अध्यक्षमा अर्जुन पौडेललाई सर्व सम्मत चयन गरेको छ । भेलाले पौडेललाई अध्यक्ष चयन गर्दै ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् । पछिल्लो समयमा कोइराला […]
पूरा पढ्नुहोस्
‘एमाले दक्षिणपन्थीहरुको झुण्ड’–रामकुमारी झाँक्री
मेचीनगर । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेलाई दक्षिणपन्थीहरुको झुण्डको संज्ञा दिएकी छन् । शनिबार साँझ झापाको चारआलीमा पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटमा उनले एमालेलाई यस्तो संज्ञा दिएकी हुन् । ‘ओलीले नेतृत्व गरेको एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको उद्देश्य, कार्यक्रम र त्यसको कार्यदिशा बोकेर नेपाली जनताहरुको सपनालाई साकार पार्छ भन्ने लाग्दैन’ नेतृ झाँक्रीले भनिन्, ‘त्यो एक […]
पूरा पढ्नुहोस्
राप्रपाले मेचीनगर ७ मा गठन गर्याे, भ्रातृ संगठन
काँकरभिट्टा । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले संगठन विस्तारलाई तीब्रता दिन थालेको छ । राप्रपाले मेचीनगर –७ मा दुईवटा वडास्तरीय भ्रातृ संगठन गठन गरेको छ । पार्टीका प्रदेश कमिटी सदस्य तथा मेचीनगर नगरपालिकाका पूर्वप्रमुख कल्याण खड्काको प्रमुख आतिथ्यतामा वडास्तरीय संगठन निर्माण गरिएको हो । पार्टीका ७ नम्बर वडा अध्यक्ष राजु शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलाले रतिलाल मुण्डा […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने संकेत, सरकारले गर्याे राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको सिफारिस
काठमाडौं,११ असोज । लामो समय सम्म सरकारले पूर्णता पाउन नसकेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने भएको छ । देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित
मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]
पूरा पढ्नुहोस्
काँग्रेस मेचीनगर सभापतिमा बराल र पनेरुबीच भिडन्त हुने
झापा । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु९सुदय० बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर नगरपालिकाका निर्वाचित वडा […]
पूरा पढ्नुहोस्
क्षेत्रिय ‘क’ को सभापतिमा युवा नेता बुढाथोकीको उमेद्वारी घोषणा
मेचीनगर,४ असोज । नेपाली कांग्रेस यतिबेला नयाँ नेतृत्व चयनको लागि पार्टीको आन्तरिक निर्वाचनमा होमिएको छ । पार्टीको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि नगर,क्षेत्र र प्रदेश तथा केन्द्रिय समितिमा उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाउँन थालेको छ । पार्टीलाई शसक्त बनाउन युवा नेतृत्व यस पटक चुनावी प्रतिष्पर्धामा होमिएका छन् । १४ औ महाधिवेशन अन्तर्रगत […]
पूरा पढ्नुहोस्
महामन्त्रीका दावेदार शर्माले चुनावी अभियान झापाबाटै सुरु गर्ने
झापा, ३१ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वारी घोषणा गरेका प्रखर युवा नेता विश्वप्रकाश शर्माले गृहजिल्लाबाटै चुनावी अभियान प्रारम्भ गर्ने भएका छन् । असोज ३ गते विर्तामोडको अग्रसेन भवनमा एक कार्यक्रम आयोजना गरी शर्माले मत माग्ने अभियान झापाबाटै सुरु गर्ने छन् । उनले आफु किन महामन्त्रीको उम्मेद्वार बनेको भनेर कार्यकर्तालाई […]
पूरा पढ्नुहोस्