राजनीति

माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं,७ पुस। प्रचण्ड र माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकलेनेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, […]

पूरा पढ्नुहोस्

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान

झापा,६ पुस । प्रतिनिधिसभा विघटन गरेको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले वैशाख १७ र २७ मा हुने निर्वाचानको तयारीमा जुट्न आहृवान गरेका हुन् ।‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र […]

पूरा पढ्नुहोस्

संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख ३ दलको ठहर

काठमाडौं,६ पुस । आइतबार सम्पन्न प्रमुख ३ दलको बैठकले संसद विघटन गर्ने सरकारको कदम संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो । ३ दलको बैठकले […]

पूरा पढ्नुहोस्

तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने

काठमाडौं,५ पुस । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने […]

पूरा पढ्नुहोस्

संसद विघटन सँगै ७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं,५ पुस । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय […]

पूरा पढ्नुहोस्

काँग्रेसले गर्याे र्यालीको रुट परिवर्तन अव सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्याली हुने

झापा, २६ मंसिर । नेपाली कांग्रेस झापाले यहि मंसिर २९ गते गर्ने भनिएको मोटरसाइकल र्यालीको रुट परिवर्तन गरेको छ । कांग्रेस झापाको आज बसेको बैठकले सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्यालीसहितको आमसभा गर्ने निर्णय गरेको छ । यसअघि सुरुङ्गादेखि बिर्तामोड हुँदै झापाको सदरमुकाम चन्द्रगढीसम्म मोटरसाइकल र्याली गरेर त्यहिँ आमसभा समापन गर्ने निर्णय गरेको थियो । सुरुङ्गादेखि […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको गृह जिल्लामा समेत गर्जियो राजसंस्था पुनःस्थापनाको माग, नेपालमा हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजी गरेरै छाड्ने राप्रपाका नेताहरुको भनाई

लक्ष्मी उप्रेती काँकरभिट्टा, २० मंसिर ÷ २४० वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि देशैभर राजतन्त्रको पक्षमा नारावाजी सहित राजाको खोजी गर्न थालिएको छ । नेपालमा ०६२÷ ६३ को आन्दोलनले राजतन्त्र फ्याँकेको थियो । उक्त आन्दोलनको ‘ब्याकअप’का रुपमा माओवादी जनयुद्धले काम गर्यो । हेरौ यो रिपोट राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकहरुले मुलुकका मुख्यः […]

पूरा पढ्नुहोस्

राप्रपाले झापामा आज शक्ति प्रदर्शन गर्ने , हस्तक्षेप भए पछि नहट्ने चेतावनी

मेचीनगर,२० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शनिवार झापामा मोटरसाइकल र्यालीको नाममा शक्ति प्रदर्शन गर्दैछ । दश हजार मोटरसाइकल, ३०० साना गाडी र ५० वटा बसको लस्कर काँकरभिट्टादेखि विर्तामोडसम्म राजमार्गमा उतार्ने तयारीगरेको छ । राप्रपाका जिल्ला अध्यक्ष अम्बर बिष्टले र्याली अभूतपूर्व हुने र यसबाट संबैधानिक राजसंस्थासहितको हिन्दुराज्यको पक्षमा सन्देश जो दावी गरेका छन् ।‘हामी संघीयता […]

पूरा पढ्नुहोस्

बाह्रदशी गाउँपालिकामा ५६ जना नेपाली कांग्रेसमा प्रवेश

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।बुधबार एक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पाटी नेकपा र राप्रपा परित्याग गरी उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । पाटी सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच कमल राई, टेकवहादुर गजमेर, रञ्जित राई, भुपेन्द्र वस्नेत, गोविन्द अर्याल, सविता कार्की, निर्मला घिमिरे लगायत ५६ जना […]

पूरा पढ्नुहोस्

भारतीय विदेश सचिव आज नेपाल आउँदै, आजै उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं,११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले […]

पूरा पढ्नुहोस्