स्थानीय खबर
बाहुण्डाँगीमा तरुल उत्सव
बाहुनडाँगी । झापाको बाहुनडागीमा तरुल उत्सव आयोजना गरिएको छ । नेपालको मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नेपालमानै पहिलो पटक तरुल महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । हेपीएको पौष्टीक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंग फुडको अन्त्य गर्दै अर्गानिक खाद्यपदार्थको प्रयोग बढाउने उदेश्यकासाथ उत्सव सञ्चालन भएको आयोजक समितिका अध्यक्ष मेचीनगर नगरपालिका ४ […]
पूरा पढ्नुहोस्
आधुनिक साकोसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि। (आबस) का नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ । संस्थाको ११ औं बार्षिक साधारण सभाअन्तर्गत भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आइतबार पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक टिकेन्द्र थापाले नवनिर्वाचित अध्यक्ष कमल थापा, उपाध्यक्ष युवराज भट्टराई, सचिव भिम प्रसाद […]
पूरा पढ्नुहोस्
अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा समदर्शी
शनिश्चरे । अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा रमेश समदर्शी राई सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्धव पुरी, कोषाध्यक्षमा पुष्पा जबेगु र सदस्यहरुमा विष्णु श्रेष्ठ, दिपक ढुंगाना, सुजाता ढुंगाना, मनिता योञ्जन, पुरुषोत्तम योञ्जन र तिलक योञ्जन चयन हुनुभएको छ । क्लवको लेखा समितिको संयोजकमा राजन साम्पाङ र सदस्यहरुमा अनिता बिष्ट […]
पूरा पढ्नुहोस्
सुरुङ्गा जेसीजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रविन तिम्सिना
कनकाई ÷सुरुङ्गा जेसीज सन् २०२३ को अध्यक्षमा प्रविन तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । जेसीजको बिहिबार सम्पन्न १५औं साधारण सभाबाट यस क्षेत्रका एक सफल उर्जाशिल युवा तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । तिम्सिनासँगै कार्यकारिणी उपाध्यक्षमा किशोर दहाल र रिसबसिंह चाहार सर्वसम्मत भएका छन् । जेसीज अभियानमा लामो समयदेखी सक्रिय हुँदै आएका नवनिर्वाचित कार्यकारिणी […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई बन्धक बनाएको भन्दै नगरका ६ दलले बुझाए ज्ञापन
इटाभट्टा । मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् । विहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि र तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]
पूरा पढ्नुहोस्
हात्ती नियन्त्रको दिगो समाधान खोज्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिको टोली बाहुनडाँगीमा
डम्बर बराल बहुनडाँगी,२७ पुस ÷ राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम प्रमुख डा.नरेश सुवेदी, उज्यालो नेपालका रमेश थापा, संविधान सभा सदस्य रविन कोइराला, अन्तर्राष्ट्रिय संस्था यु.एस. फिसका प्रतिनिधिहरुको टोली बुधबार झापाको बाहुनडाँगी पुग्यो । वर्षौदेखि हात्तीको समस्याबाट प्रताडित बनेका बाहुनडाँगी वासीले हात्तीका कारण भोग्नुपरको समस्या र त्यसकोे दिगो समाधानको उपाय खोज्न टोली बाहुनडाँगी पुगेको हो । […]
पूरा पढ्नुहोस्
मेची मासु सहकारीको साधारण सभामा जेष्ठ सदस्य सहित चरा अभियान्ता खरेल सम्मानित
काँकरभिट्टा,२६ पुस । मेची मासु उत्पादक सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा आयोजत कार्यक्रमको उद्घाटन् राष्ट्रिय सहकारी बैंक लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले सदस्यहरुको जीवन स्तर उकास्न सहकारी उत्पादनसँग जोडिनुको विकल्प नभएको बताए । सदस्यहरुको जीवन […]
पूरा पढ्नुहोस्
सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने
काठमाडौं, २५ । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको […]
पूरा पढ्नुहोस्
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को जिल्ला स्तरीय गायत तथा नृत्य प्रतियोगिता सुरु
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)को आयोजनामा आजबाट दुईदिने जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम सुरु भएको छ । भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका थिए । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि न्यौपानेले संगीत, खेल तथा संस्कृतिक कार्यक्रमले व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने भएकोले […]
पूरा पढ्नुहोस्
बालबालिकालाई न्यानो कपडा(स्विटर) वितरण गर्दै रोटरी क्लव सुरुङ्गा
कनकाई,२४ पौष ÷ शितलहरसँगै बढ्दै गएको जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ । झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाईको वडा नं.५ चप्रामारीमा रहेको भगवती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि […]
पूरा पढ्नुहोस्