स्थानीय खबर
जनताले चाहे जस्तै विकासको लहर ल्याउँछु : बजगाई
दुहागढी, २० कार्तिक । झापा १ प्रदेश (ख)की उम्मेद्वार सबिना बजगाईले अब जनताले चाहेजस्तो विकासको लहर ल्याउने बताएकी छन् । आइतबार मेचीनगर–१४ को रंगिया बस्तीमा मत माग्दै घरदैलोमा पुगेकी बजगाईसमक्ष स्थानीयबासीले आफ्नो गाउँको सडक कालोपत्रे नभएको लगायतका समस्या सुनाएका थिए । ‘तपाईहरुकी गाउँकी छोरी हुँ, यहाँको सडकलाई कालोपत्रे गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ’–उनले स्थानीयबासीसमक्ष प्रतिवद्धता […]
पूरा पढ्नुहोस्
स्वतन्त्र उम्मेद्वार अधिकारी मतमाग्दै घरदैलोमा
झापा, २० कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् । अधिकारीले ठूला भनिएका दलहरुले जनतालाई आश्वासन मात्रै बाँडेको भन्दै त्यसका विरुद्ध आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारेका छन् । स्वतन्त्र उम्मेद्वार […]
पूरा पढ्नुहोस्
क्यान्सर विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन मेचीनगरमा सुर
मेचीनगर, १९ कात्तिक । झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बंगलादेशका २०० जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । होटल मेची क्राउनको सभाहलमा आज विहान सुरु भएको […]
पूरा पढ्नुहोस्
गठबन्धनका उम्मेद्वार- मतदाताका गुनासा सुन्दै भोट माग्दै
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं. १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ । झापा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ, प्रदेश “ख” का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलोमा पुगेर मतदाताका गुनासा सुन्ने र जितेर गएपछि […]
पूरा पढ्नुहोस्
विकट बेसीबजारमा देखियो गठबन्धनको पक्षमा शक्ति
मेचीनगर । झापा र इलामको संगम बेसीबजारमा शुक्रबार गठबन्धन दलले संयुक्त चुनावी सभा आयोजना गरेर पूर्वबाट विजयीको सुरुवात भएको उद्घोष गरेका छन् । इलाम क्षेत्र नं १ र झापा क्षेत्र नं १ को संयुक्त जनसभामा उपस्थित शीर्ष नेता तथा उम्मेद्वारले गठबन्धन पहिलो शक्तिको रुपमा उदाएको संकेत एकैले पुष्टि गरेको बताए । लोकतान्त्रिक बाम गठबन्धनको चुनावी […]
पूरा पढ्नुहोस्
‘सोच नबदलेसम्म परिवर्तन सम्भव छैन’
काँकरभिट्टा । झापा क्षेत्र नं। १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारीले सोच नबदलेसम्म परिवर्तन सम्भव नहुने भएकोले देशमा आमूल परिवर्तनको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । काँकरभिट्टामा शुक्रवार पत्रकार सम्मेलन गरेर उम्मेद्वार अधिकारीले राजनीतिक पार्टीहरुले सही काम गर्न नसकेपछि राष्ट्र निर्माणको महान अभियान लिएर मतदाताको घरदैलोमा पुगिरहेको बताए । “राजनीतिक पार्टीहरुले परिवर्तन चाहेका छैनन्,” […]
पूरा पढ्नुहोस्
जन्म दिनको अवसरमा राजन चिमरियाले गरे, सहिद परिवार र पत्रकारलाई सम्मान
मेचीनगर, १६ कार्तिक । लोकप्रिय सामाजिक व्यक्तित्व राजन चिमरियाले राज्यले समेत उपेक्षा गर्दै आएका सहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान गरेर आज जन्मदिन मनाएका छन् । मेचीनगर–१२ निवासी चिमरिया ऋतिका डेरी उद्योगका सञ्चालक समेत हुन् । आज उनको ४९ औं जन्मदिन हो । यस अवसरमा उनले मेचीनगरका पत्रकारद्वय जीएन शर्मा र प्रकाश उप्रेतीसहित २२ जना […]
पूरा पढ्नुहोस्
झापा १ गठबन्धन उम्मेद्वार घरदैलोमा केन्द्रित
मेचीनगर । निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक बाम गठबन्धनले झापा १ मा घरदैलो अभियानलाई तीब्र पार्दै लगेको छ । प्रदेश तथा संघीय उम्मेद्वारहरु यतिखेर जनताका समस्या बुझ्न र मत माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन् । बिहीबार मेचीनगर(५ स्थित माङ्हिम टोल, जागरण टोल र अँधेरी टोलमा लोकतान्त्रिक बाम गठबन्धन झापा(१ का प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकास शर्मा र […]
पूरा पढ्नुहोस्
जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन, संयोजकमा इन्दु पूर्वेली
विर्तामोड। लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा विर्तामोडमा सम्पन्न पत्रकारहरुको संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरेको छ । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस। का शुभेच्छुक एवं आबद्ध संस्थाका पत्रकारहरुको भेलाले पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र […]
पूरा पढ्नुहोस्