स्थानीय खबर

योग ध्यान साधना सप्ताहव्यापी शिविर सम्पन्न

मेचीनगर । आदर्श मावि २०४२ (एसएलसी) समूहको आयोजनामा योग–ध्यान साधना सप्ताहव्यापी शिविर कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित किरात याक्थुम चुम्लुङ सामुदायिक भवनमा कात्तिक २० गतेदेखि शुरु भएको शिविरमा स्थानीय समुदायका लागि जीवन विज्ञान र आदर्श माविका कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि नव प्रतिभा विज्ञान योग ध्यान कार्यक्रम सम्पन्न भएको हो […]

पूरा पढ्नुहोस्

बौद्धमोड इङ्लिस स्कुलमा विज्ञसँग विद्यार्थी कार्यक्रम आजबाट सुरु

बौद्धमोड । बौद्धमोड इङ्लिस बोर्डिङ स्कुलले किरात धर्मका धर्मगुरु,समाज सुधारक तथा राष्ट्रिय विभूति माहागुरु फाल्गुन्नद को १३८ औं जन्मजयन्ति बिबिध कार्यक्रमका साथ मनाएको छ। विद्यार्थीहरुको सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयले विज्ञसँग विद्यार्थी कार्यक्रम आजबाट सुरु गरेको छ । मेचीनगर वडानम्बर –२ का वडाध्यक्ष दीपक बराल प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडाध्यक्ष बराल सँग स्थानीय तहको बारेमा […]

पूरा पढ्नुहोस्

‘गठबन्धनको जित नै जनताको जित हो’

झापा, २५ कात्तिक । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट तलमाथि नगरी आफ्ना उम्मेद्वारलाई मतदान गर्न अपिल गरेका छन् । शुक्रवार चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त […]

पूरा पढ्नुहोस्

तामाङको नेतृत्वले काँकरभिट्टा खानेपानी दर्बिलो बनायो

मेचीनगर । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था मेचीनगरकै दर्बिलो संस्थाको रुपमा उभिएको छ । उपभोक्तालाई सहजरुपमा स्वच्छ खानेपानी वितरण गर्दै आएको यस संस्था यहाँसम्म आइपुग्नका लागि कार्यसमितिको प्रमुख योजना नै सफलताको कडी हो । काँकरभिट्टा खानेपानी संस्थाले विगतमा सीमित क्षेत्रका उपभोक्तालाई लक्षित गरी खानेपानी विस्तार गरेको थियो । पछि आएर खानेपानी विस्तार योजनाले व्यापकता लिएको […]

पूरा पढ्नुहोस्

झापा-१ का मतदाता भन्छन : गठबन्धनलाई जिताउन आतुर छौं

मेचीनगर । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन १० दिन बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् । मतदान गर्ने दिन नजिकिँदै जाँदा मतदातासमेत गठबन्धनलाई भरोसा गर्न थालिसकेका छन् । उनीहरु आफ्ना समस्यालाई गठबन्धनले सम्बोधन गरे आफूहरुको पूर्ण सहयोग रहने उम्मेदवारलाई विश्वास दिलाइरहेका छन् । झापा क्षेत्र नम्बर १ […]

पूरा पढ्नुहोस्

हेल्दुबारीका स्थानीयले मागे स्वास्थ्य चौकी

मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या […]

पूरा पढ्नुहोस्

पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही

काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२ मा एमालेका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार (आज) मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय […]

पूरा पढ्नुहोस्

जोगी गाउँका स्थानीय भन्छन्– विश्वप्रकाशले पानी दिए, अब भोट दिन्छौं

झापा, २२ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त छन् । झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर […]

पूरा पढ्नुहोस्

उम्मेदवारलाई सुकुमबासीले सोधे – हाम्रो लालपूर्जा कहिले आउँछ ?

मेचीनगर, २१ कात्तिक । मेचीनगर–८ स्थित समावेशी सुकुमबासी टोलका भूमिहिन जनताले उम्मेदवारलाई अहिलेसम्म लालपूर्जा नपाएकोमा गुनासो पोखेका थिए । सोमबार नेकपा एमाले र राप्रपा मेचीनगर–८ ले आयोजना गरेको संयुक्त चुनावी घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारहरुलाई समावेशी सुकुमबासी टोलका जनताले लालपूर्जा नपाएकोमा गुनासो पोखेका हुन् । झापा–१ का प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला र […]

पूरा पढ्नुहोस्

आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यकछ : शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको समृद्धिको खाका आफैले कोरेकोले अव आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यक रहेको बताएका छन् । झापा– १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले सोमबार मेचीनगर  – २ स्थित दीपज्योति टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पार्टीमा युवाले […]

पूरा पढ्नुहोस्