स्थानीय खबर
पुरातत्व विभागद्वारा पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन
मेचीनगर । पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घैलाडुब्बा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्व विभागले अवलोकन गरेको हो । पुरातत्व विभागका उपसचिब संदिप खनालको […]
पूरा पढ्नुहोस्
मेचीनगरले ५७ दशमलव ७ किलो मिटरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने
लक्ष्मी उप्रेती मेचीनगर,९ भदौ । जंगली हत्तीले उपदो मचाउन थालेपछि मेचीनगर नगरपालिकाले जंगली हात्तीको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने भएको छ । नगरपालिकाले मेचीनगरस्थित चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटर क्षेत्र ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्न लागेको हो । । हाललाई नगरभित्रका अधिकाँश सामुदायिक वनलाई […]
पूरा पढ्नुहोस्
पूर्वी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो
लक्ष्मी उप्रेती काँँकरभिट्टा ८ भदौ । नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ देखि गत आर्थिक वर्ष २०७७÷२०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरुको माग पछिल्लो समय भारत र […]
पूरा पढ्नुहोस्
पत्रकार प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग
बिर्तामोड,८ भदौै । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् […]
पूरा पढ्नुहोस्
अध्यक्षमा दिलकुमार
काँकरभिट्टा ।काँकरभिट्टा स्थित एकीकृत बौद्ध धर्म संरक्षण समितिको अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार टाँसी छोलिङ गुम्बामा सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चयन भएएकाछन् । सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा मगर छन् । यस्तै, सल्लाहकार समितिमा […]
पूरा पढ्नुहोस्
विष्णुमायाको उपचारमा सहयोग जुट्न शुरु , देराली फाउण्डेसनले दियो ५० हजार
धुलाबारी, ८ भदौ । मेचीनगर–८ स्थित सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था देउराली फाउण्डेसनले नगद ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । फाउण्डेसनको तर्फबाट पत्रकार भिम घिमिरे र गोपाल बराइलीले उक्त आर्थिक सहयोग विष्णुमायको घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, गंगा […]
पूरा पढ्नुहोस्
अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राई सम्मानित
कनकाई ÷ अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई झापाको सुरुङ्गामा सम्मान गरिएको छ । भmापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका हुन् । कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा खेलकुद प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, […]
पूरा पढ्नुहोस्
हलेसीमा थप सेवा विस्तार
धुलावारी,६ भदौ । हलेसी मेडिकल हल एण्ड क्लिनिक धुलावारीले आइतवारदेखि डिजिटल एक्सरे मेसिन राखेर सेवा थप विस्तार गरेको छ । हातखुट्टा भाँचिएको तथा छातीका बिरामीलाई लक्षित गरेर हलेसीले थप सेवा विस्तार गरेको सञ्चालक सोम ओझाले बताए । उनका अनुसार पहिलो दिन उक्त सेवा लिन आउनेका लागि २० प्रतिशत छुट दिइएको छ । दैनिक चौविस घण्टे […]
पूरा पढ्नुहोस्
स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा ढकाल
बिर्तामोड ४ भदौ । स्वतन्त्र पत्रकार संघ झापाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी छन् ।थप सदस्यहरु समितिको आगामी बैठकले टुंगो लगाउने निर्णय भएको […]
पूरा पढ्नुहोस्
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा काँकरभिट्टामा प्रदर्शन
मेचीनगर, ३ भदौ । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले झापाको मेचीनगरमा बुधबार साँझ विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको आयोजनामा काँकरभिट्टामा भएको प्रदर्शनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश जनघाती रहेको भन्दैं र सरकारी दमनको विरुद्घ देशव्यापी आन्दोलन गर्ने संघको निर्णय […]
पूरा पढ्नुहोस्