स्थानीय खबर

अधिकारीलाई गाउँपालिकाको सम्मान

मेचीनगर, १९ असोज । तत्कालीन राजगढ गाविसका सचिव इन्द्रप्रसाद अधिकारीलाई बाह्रदशी गाउँपालिकाले आज सम्मान गरेको छ । बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो ।सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहदा राजगढको विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद […]

पूरा पढ्नुहोस्

हाम्रो खबरपाटीको कार्यालय उद्घाटन्

इटाभट्टा, १९ असोज । स्थानीय समाचारलाई प्राथमिकता दिदै आएको कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्धारा सञ्चालित हाम्रो खबरपाटी डटकमको कार्यालय सोमवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । इटाभट्टा चोक उत्तरमा रहेको मिडियाको कार्यालय उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले रिवन काटेर गरेका हुन् । हाम्रो खबरपाटी विगत तीन वर्षदेखि मेचीनगरबाट सञ्चालित छ । छोटो समयमा लोकप्रिय र […]

पूरा पढ्नुहोस्

युवा सङ्घका केन्द्रीय सचिव कार्कीलाई पितृशोक

काँकरभिट्टा, १८ असोज । युवा सङ्घ नेपालका केन्द्रिय सचिव एवम् नेकपाका युवा नेता राजु कार्कीलाई पितृशोक परेको छ । उनका ६८ वर्षीय बुबा श्याम कार्कीको आज निधन भएको हो । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी कार्कीको आइतबार दिउँसो २ वजे घरैमा निधन भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि टाउको दुखेर उपचारमा रहेका उनलाई बिर्तामोडस्थित […]

पूरा पढ्नुहोस्

नेवाः मिसा दवू झापाको कार्यालय उद्घाटन

बिर्तामोड । नेवाः मिसा दवू झापा जिल्ला समितिको शनिबार जिल्ला भेलासहित कार्यालय उद्घाटन गरिएको छ । बिर्तामोड–१ स्थित अरनिको टोलमा रहेको कार्यालयको उद्घाटन प्रमुख अतिथि नेवाः देय् दवू झापाका अध्यक्ष दिनेश शाक्यले गरेका हुन् । कार्यालय उद्घाटनपछि अध्यक्ष शाक्यले नेवारी संस्कृतिको जगेर्नामा नेवाः मिसा दवूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै एकीकृत भएर नेतृत्व विकासमा […]

पूरा पढ्नुहोस्

नाटाको प्रदेश अध्यक्षमा श्रेष्ठ, पत्रकार उप्रेती सम्मानित

झापा, १८ असोज । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट ९नाटा० प्रदेश नम्बर १ को अध्यक्षमा काँकरभिट्टाका पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नाटाको शनिवार विर्तामोडमा सम्पन्न साधारणसभाले श्रेष्ठलाई आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध चयन गरेको हो । प्रदेश कार्य समितिको वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सिना, महासचिवमा नवीन […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

विशाल ग्रुपको धन्दामा वाणिज्य विभाग र प्रहरीको रेड

काठमाडौं ,१६ असोज। व्यापारिक समूह विशाल ग्रूपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा यस्तो अपराध खुलेको हो । म्याद सकिएको खाद्य वस्तुमा […]

पूरा पढ्नुहोस्

रोटरीद्वारा मेची अस्पताललाई पीसीआर मेसिन

मेचीनगर, १५ असोज । रोटरी क्लब अफ बिर्तामोडको अगुवाइमा मेची प्रादेशिक अस्पताल भद्रपुरलाई आज पीसीआर मेसिन प्रदान गरिएको छ । झापामा कोरोना संक्रमणको दर उच्च रहेका बेला कोरोना परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लबले अस्पताललाई एउटा पीसीआर मेसिन प्रदान गरेको हो । रोटरी क्लबका रिजन ७ मा रहेका क्लबहरुद्वारा संयुक्त रुपमा मेसिन प्रदान गरिएको थियो […]

पूरा पढ्नुहोस्

मेचीनगरमा  प्रदेशकै पहिलो पाँचतारे होटल ‘मेची क्राउन’ सञ्चालन

झापा ।  नेपालको पूर्वीद्वार मेचीनगरमा ठूलो लगानीको पाँच तारे होटल मेची क्राउन सञ्चालन भएको छ । बुधवार साँझ होटलमै पत्रकार सम्मेलन गरी सञ्चालकहरुले होटलका बारेमा जानकारी दिए । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई सोझै आकर्षित गर्ने उद्देश्य राखेर चन्द्रगढी एयरपोर्टबाट ९ किलोमिटर उत्तरपूर्व र काँकरभिट्टाबाट ३ किलोमिटर पश्चिम जोरसिमल भनिने स्थानमा राजमार्गसँगै सटेर निर्माण भएको […]

पूरा पढ्नुहोस्

मेचीमा अस्पतालमा सशुल्क पीसीआर परीक्षण सेवा सुरु

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले सर्वसाधारणको सशुल्क पीसीआर परीक्षण सेवा सुरु गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ को स्वेच्छिक पीसीआर परीक्षण गरेवापत नेपाल सरकारले तोके बमोजिम रु। दुई हजार शुल्क लाग्नेछ । अस्पताल मातहत हाल भद्रपुर र कनकाईमा गरी दुई वटा पीसीआर मेसिन सञ्चालनमा छन् । केही दिनमै अर्को […]

पूरा पढ्नुहोस्