स्थानीय खबर
सवारी दुर्घटनामा परी प्यारागन एकाडेमी सुरुङ्गाका प्रिन्सिपल सुवेदीको निधन
कनकाई । सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ । कनकाई ८ सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशा तर्फ जादै गरेको प्र.१–०१–०१३ प१४१७ नम्बरको मो.सा. एक आपसमा ठक्करदिँदा गम्भीर घाइते भएका प्रिन्सिपल सुवेदीको निधन […]
पूरा पढ्नुहोस्मेचीनगर प्रमुख बुढाथोकीलाई डेंगु संक्रमण
मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेँगु संक्रमण पुष्टि भएको छ । नगर प्रमुख बुढाथोकीलाई शुक्रबार राति ११ बजेदेखि अचानक काम ज्वरोले सताएको थियो । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरिर काप्ने, जिउ आलस्य हुनेलगायतका समस्याले सताएपछि औषधि खाँदै घरमै आराम गरिरहेकोमा आज डेँगु संक्रकण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतवार हरिहलेसी […]
पूरा पढ्नुहोस्अपाङ्गता साहायक सामाग्री बैंकले दियो, कम श्रवण शक्ति भएका व्याक्तिलाई श्रवण यन्त्र
बाहुनडाँगी । ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था अन्तरगत सञ्चालित अपाङ्गता साहायक सामाग्री बैंकले आइतबार मेचीनगरका बिभिन्न वडाका छ जनालाई श्रवण यन्त्र वितरण गरेको छ । साहयता सामाग्री बैंकले कम कान सुन्ने ब्यतिहरुलाई वडाको सिफारिसमा श्रवण यन्त्र वितरण गरेको हो । श्रवण यन्त्र पाउनेहरुमा मेचीनगर २ की कृष्णमाया गिरी, पून्यवती घिमिरे, मेचीनगर […]
पूरा पढ्नुहोस्आधुनिक साकोसको निःशुल्क आँखा शिविर, ३५४ जनाले लिए सेवा
चारआली, २३ भदौं । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) द्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर १३ चारआली आइतबारे बजारको मन्दिर परिषरमा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको हो । शिविरमा ३५४ सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुको आँखा चेकजाँच हुँदा २९ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा […]
पूरा पढ्नुहोस्होटल व्यवसायी संघ मेचिनगर सम्मानित
मेचिनगर । होटल व्यवसायी संघ मेचिनगरलाई सम्मान गरिएको छ । शुक्रबार झापाको बिर्तामोडमा भएको होटल व्यवसायी संघ झापाको १० औँ जिल्ला अधिवेशनमा होटल व्यवसायी संघ मेचिनगरलाई सम्मान गरिएको हो । होटल व्यवसायी संघ मेचिनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, होटल व्यवसायी महासंघ […]
पूरा पढ्नुहोस्मेचीनगरमा देखिएको बेथिति तत्काल अन्त्य नभए दलहरु कडा रुपमा प्रस्तुत हुने
मेचीनगर, २२ भदौ । मेचीनगरका क्रियाशील पाँच दलले मेचीनगर नगरपालिकामा भ्रष्टाचार, बेथिति, विकृति र बेमेल मौलाएको भन्दै त्यसलाई नियन्त्रण गरेर सुशासन कायम गर्न नगरपालिकालाई सचेत गराएका छन् । आज पाँचै दलका तर्फबाट यस विषयमा संयुक्त प्रेस विज्ञप्ति समेत जारी भएको छ । विज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक माधव […]
पूरा पढ्नुहोस्बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह सुरु
मेचीनगर । बाहुण्डाँगी जेसीजको बुधबारबाट जेसीज सप्ताह सुरु भएको छ । सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको जेसीजले बुधबार उद्घाटन कार्यक्रमसँगै कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण गरेको छ । जेसीजले श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण गरेको हो । श्री कृष्ण जन्म अष्टमीमा सो क्षेत्रमा ठूलो संख्यामा भक्तजनहरु सहभागि हुने गर्दछन् । अत्याधिक गर्मी […]
पूरा पढ्नुहोस्मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी, मेचीनगरकी चेली अभिलाषालाई जिताउँन अपिल
मेचीनगर, २० भदौ । मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी मेचीनगरकी चेली अभिलाषा लम्साललाई भोट दिएर जिताउन परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् । । आज इटाभट्टा स्थित प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर परिवारले सो अनुरोध गरेको हो । अभिलाषाकी बुबा अर्जुन लम्साल, सानिमा दिपा खरेल दाहाल र मामा देवेन्द्र […]
पूरा पढ्नुहोस्पत्रकार राम निरौलालाई धम्की दिने दोषीलाई कार्वाहीको माग
कनकाई । कनकाई अनलाइनका सम्पादक एवम् प्रेस क्लव कनकाईका अध्यक्ष राम निरौलालाई विराटनगरका सुजन श्रेष्ठले ‘फेक फोटो’को निहुँमा धम्की दिएका छन् । कनकाई अनलाइनले भदौ १४ गते ब्राउन सुगरसहित झापामा पक्राउ परेका दुई व्यक्तिको समाचारसँगै फोटो प्रकाशित गरेको थियो । तर अज्ञात व्यक्तिले फोटोसप प्रविधिको दुरुपयोग गरेर उक्त समाचारमा विराटनगरका सुजन श्रेष्ठको फोटो जोडेर निज […]
पूरा पढ्नुहोस्३ महिनादेखि पति बेपत्ता भएपछि पत्नी शोभा रूदैँ मिडियामा
मेचीनगर, १९ भदौ । विगत तीन महिनादेखि पति सम्पर्कविहिन भएपछि पत्नी शोभा दाहाल पतिको खाजीमा भौतारिरहेकी छिन् । पति हालसम्म सम्पर्कमा नआएपछि उनी मंगलबार रुँदै मिडियामा अइन् । मेची सामुदायिक सेवा केन्द्रमा पत्रकार सम्मेलन गरेर ३ महिनादेखि बेपत्ता भएका पति खोजी गरिदिन उनले अनुरोध गरिन। मेचीनगर–६, काँकरभिट्टा स्थित आदर्श टोलका दुर्गाप्रसाद दाहाल गत चैतदेखि घरबाट […]
पूरा पढ्नुहोस्