स्थानीय खबर
युवा संघको मेचीनगर अध्यक्षमा सुनिल राजबंशी निर्वाचित
मेचीनगर, १८ भदौ । नेकपा एमाले निकट युवा संघ नेपालको मेचीनगरको सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा सुनिल राजबंशी बिजयी भएका छन् । काँकरभिट्टामा भएको निर्वाचनमा रजबंशीले उ ८४ र उनका प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत पाएको निर्वाचन मण्डलका अध्यक्ष एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजु कार्कीले बताए । उपाध्यक्षमा न्यूटन कार्की सर्वसम्मत र सचिवमा राकेश […]
पूरा पढ्नुहोस्
धुलाबारी क्याम्पसले पायो देशमै पहिलोपटक इन्जिनियरिङ काउन्सिलबाट सम्बन्धन
मेचीनगर, १८ भदौ । धुलाबारी क्याम्पसले इन्जिनियरिङ विषयको स्नातक तह पढाउने सम्बन्धन पाएको छ । सामुदायिक क्याम्पस मध्ये धुलाबारी क्याम्पसले नेपालमै पहिलोपल्ट इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको सम्बन्धन पाएको हो । धुलाबारी क्याम्पसले यही भदौ १५ गते नेपाल इन्जिनियरिङ काउन्सिबाट इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र ) पाएको क्याम्पसले आज पत्रकार सम्मेलन गरी जानकारी […]
पूरा पढ्नुहोस्
बिबिध कार्यक्रम सहित बाहुनडाँगी जेसीजले जेसीज सप्ताह मनाउने, सम्पूर्ण तयारी पुरा
बाहुनडाँगी । बाहुनडाँगी जेसीजले बिबिध कार्यक्रमका साथ जेसीज सप्ताह मनाउने भएको छ । पाँच दिनमा आठवटा कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने योजना सहित सम्पूर्ण तयारी पुरा भएको जेसीजले जनाएको छ । शनिबार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेसीजले कार्यक्रमको सम्पूर्ण तयारी पुराभएको जानकारी दिएको हो । आगामी भदौ २० गते कृष्ण जन्म अष्टमीका […]
पूरा पढ्नुहोस्
‘कट्टेलको झापा बिद्रोह ‘२०२८’ पुस्तकको समिक्षा
मेचीनगर । युवा लेखक निरोज कट्टेलद्वारा हालै प्रकाशित झापा विद्रोहको अन्तरकथा ‘२०२८, नामक पुस्तकको शनिवार एक कार्यक्रमकाबीच समिक्षा गरिएको छ । पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विद्रोहलाई बुझ्न सहज बनाइदिएको विश्लेषकहरुले बताएका छन्। कार्यक्रममा बोल्दै अधिवक्ता एवम् बाम राजनीतिज्ञ लीला उदासीले पुस्तकमा झापा विद्रोहका तथ्यहरुलाई मसिनो गरी समेटिएको बताए । ‘झापा विद्रोह सही थियो कि […]
पूरा पढ्नुहोस्
तीत विषेश टिकटक प्रतियाेगिता हुने
झापा, १५ भदौ । रेडियो मन्त्र १०५.४ मेगाहर्जले तीज विशेष टिकटक प्रतियोगिता गर्ने भएको छ । झापा जिल्लाका महिलाहरूले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगिताका लागि तीज विशेष टिकटक भिडियो बनाएर भदौ २२ गतेसम्म रेडियो मन्त्रमा पठाउनु पर्ने रेडियोका स्टेशन मेनेजर मनिषा गौतमले बताउनु भयो । प्रतियोगिताका लागि रेडियो मन्त्रको इमेल [email protected] र whatsapp No 9808523424 […]
पूरा पढ्नुहोस्
मेची कृषक सहकारीको आयोजनामा निःशुल्क आँखा शिविर, २११ जनाले लिए सेवा
इटाभट्टा । मेचीनगर ७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्था लि.को आयोजना तथा काँकरभिट्टा आई केयरसेन्टरको प्राविधिक सहयोगमा शुक्रबार एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्मा आयोजित शिविरमा मेचीनगर ७, ८, ६, ५ र ३ वडाका २ सय ११ जना सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुले आँखा परीक्षण […]
पूरा पढ्नुहोस्
आद्य महालक्ष्मी अन्तराष्ट्रिय रथ यात्रा भदौ १५ गते काकरभिट्टा आइपुग्ने
मेचीनगर १३ । आद्य महालक्ष्मी अन्तराष्ट्रिय रथ यात्रा २०८० भदौ १५ गते काकरभिट्टा आइपुग्ने भएको छ । रथयात्राका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा रथयात्राका मेचीनगर संयोजक विजय डालमियाका अनुसार अग्रवालहरुको कुलदेवी आद्य महालक्ष्मीजीको जन आर्शिवाद लिने उद्देश्यले पितृभूमी भारत हरियाणाको अग्रोहा धामबाट अखण्ड ज्योति सहित प्रारम्भ भएको अन्तराष्ट्रिय रथयात्रा भारत र भुटानको विभिन्न स्थानहरु हुँदै […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मानव हात्ती सहअस्तित्वका लागि छलफल
मेचीनगर, १२ भदौ । मेचीनगरमा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनीकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न सकिने उपायका बारेमा छलफल भएको छ । आज मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा वडा नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनीकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न […]
पूरा पढ्नुहोस्
शिक्षक आचार्यलाई कारवाहीका माग राख्दै विद्यार्थी संगठनद्धारा तालाबन्दी
दमक। नेपाल विद्यार्थी संघसहित विभिन्न चार वटा विद्यार्थी संगठनले दमकस्थित युनिक कलेजका एक शिक्षकलाई कारवाही गर्न माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन् । कलेजकी एक छात्रालाई घर पुरयाँईदिने भन्दै अभद्र व्यवहार गरेको भन्दै नेविसंघ लगायतका विद्यार्थी संगठनले कलेजमा कार्यरत शिक्षक मुकुन्द आचार्यलाई कारवाही गर्न माग गदैं तालावन्दी गरेका हुन् । कलेजका कोअर्डिनेटर […]
पूरा पढ्नुहोस्
आन्तरिक उत्पादनमा जोड दिनुपर्छ: नगरप्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले कृषि योग्य जमिन प्रशस्तै हुँदाहुँदै पनि खेत बाँजै राख्दा आवश्यक तरकारी, खाद्यान्नलगायतका कृषि सामाग्री बाहिरबाट आयत गर्नु पर्ने बाध्यता बढ्दै गइरहेको बताउँदै त्यसलाई निरुत्साहित पार्न आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । शनिवार मेचीनगर– ५ वडा कार्यालयद्वारा आयोजना […]
पूरा पढ्नुहोस्