अर्थ

प्रेस क्लब मेचीनगरको भवन निर्माण हुने

मेचीनगर, ११ असार ÷ मेचीनगरका क्रियाशील पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको भवन निर्माण हुने भएको छ । मेचीनगरपालिकाले आगामी आर्थिक बर्ष ०७८÷०७९ को बजेटमा प्रेस क्लब मेचीनगरको भवन निर्माणको लागि १२ लाख रुपैयाँ विनियोजन गरे पछि भवन बन्ने निश्चित भएको हो । केही दिनअघि क्लबले भवन निर्माणका लागि रकम विनियोजनका लागि नगरप्रमुख विमल आचार्य, […]

पूरा पढ्नुहोस्

मेचीनगरको आगामी आर्थिक बर्ष ०७८÷०७९ को बजेट १ अर्ब भन्दा बढी बजेट कार्यान्वयनमा लाग्न जोड

लक्ष्मी उप्रेती मेचीनगर, १० असार ÷ मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष ०७८÷०७९ का लागि १ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस को पहिलो र दोस्रो भेरियन्टको रोकथाम तथा नियन्त्रण गर्न र सो को कारण शिथिल बनेको नगरको अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने वर्तमा चूनौतीहरुकाबीच बिहीबार नगरपालिकाको आठौं नगर सभाका […]

पूरा पढ्नुहोस्

सचेत युवा समुह द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो पिडितलाई सहयोग

मेचीनगर, ९ असार। मेचिनगर नगरपालिकामा रहेको सचेत युवा समुहले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ । सचेत युवा समुहले बुधबार प्रभावित क्षेत्र हेल्मबु गाँउपालिका वाड न ।३ स्थित सिन्धुपाल्चोकको अत्याधीक क्षति पुर्याएको ठाँउमा नै पुगेर आवश्यक भाडाकुडाका सामग्री वितरण गरेको छ । समुहले बाढी पहिरो पिडितलाई कुकुर, कराइ, थाल, पनिउ, […]

पूरा पढ्नुहोस्

मेची अभियान द्वारा झापाका स्थानिय तहलाई १२ अक्सिजन कन्सन्ट्रेटर प्रदान

मेचीनगर,९ असार । मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ९डिसिसिएमसी० झापालाई करीब २८ लाख रुपैया मुल्य बराबरको १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई अभियानका संयोजक डालमियासहितको टोलीले १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।उक्त सामग्री गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले उपलब्ध […]

पूरा पढ्नुहोस्

विकास निर्माणका काममा अवरोध नगर्न नगर प्रमुख आचार्यको आग्रह

मेचीनगर, ७ असार ÷ मेचीनगर नगरपालिकाले नगरको ८ नम्बर वडामा अघि सारेको बायोग्यास प्लान्ट निर्माण गर्ने योजना विभिन्न व्यक्तिको अवरोधका कारण अलपत्र परेको छ । मेचीनगर—८ को आदर्श मावि र मेची बिद्योदय आधारभुत बिद्यालयको करीब १२ बिगाहा जग्गा लिजमा लिएर करीब ३ बिगाहा जग्गा ओगट्ने गरी बायोग्यास प्लान्ट निर्माण गर्ने योजना नगरपालिकाको छ । नगरपालिकाले […]

पूरा पढ्नुहोस्

घाइते गिरीको शल्यक्रिया सफल भयो

डम्बर बराल मेचीनगर, ७ असार । शुक्रबार साँझ पुलबाट लडेर गम्भीर घाइते भएका मेचीनगर–५ स्थित घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरीको आर्थिक अभावका बीच आइतबार सल्यक्रिया गरिएको छ । पुलबाट लड्दा उनको पिसाब थैैली फुटेको थियो । गिरीको आइतबार विर्तासिटी अस्पतालका डा. शम्भुनवलको टोलीले दुईघण्टा लगाएर अप्रेसन गरेको स्वास्थ्य कर्मी राम मगरले जानकारी दिए । गिरीको […]

पूरा पढ्नुहोस्

मन्त्री यादवले गरे पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

झापा, ६ असार । सङ्घीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले सिलिगुढी झापा पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आइतबार निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै ९क्रस बोर्डर० पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनियरिङ सर्भे सकेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षण पछि प्रस्तावित परियोजना पूर्वी […]

पूरा पढ्नुहोस्

युवा लक्षित कार्यक्रम ल्याउन युवा संघको माग

मेचीनगर, असार ६ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिले आइतबार नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख विमल आचार्यको कार्यकक्षमै पुगेर नगर प्रमुख एवम् उपप्रमुख मीना उप्रेतीसमक्ष नगरको बजेटमा युवा लक्षित कार्यक्रम ल्याउनको लागि ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा अबको बजेटमा सबै तह र तप्काका नगरका युवाहरूलाई लक्षीत गरी बजेट विनियोजन गर्न भन्दै १६ […]

पूरा पढ्नुहोस्

मेचीमहाकाली बुहारी संयुक्त आवाज द्वारा मुसहर बस्तीमा सहयोग

विर्तामोड ६ असार । मेचीमहाकाली बुहारी संयुक्त आवाजले विर्तामोड नगरपालिका–७ खालबारीका मुसहर बस्तीका २४ घरपरिवार र २ जना अपाङ्गलाई राहत तथा सहयोग वितरण गरेको छ । लामो समयको लकडाउनका कारण मजदुरी गरीखाने वर्ग प्रभावित भएका बेला बुहारीहरुले चामल, दाल, तेल, नुनलगायतका उपभोग्य सामग्री राहतस्वरुप वितरण गरेका हुन् । मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु […]

पूरा पढ्नुहोस्

एनएमसीको ४२ औं शाखा भृकुटीमा

मेचीनगर,१ असार । नेपाल बहउद्देश्यीय सहकारी संस्था लिमिटेड ९एनएमसी० ले मेचीनगर–२ स्थित भृकुटीमा शाखा विस्तार गरेको छ । एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बाहुण्डाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका थिए । संस्थाका प्रमुख […]

पूरा पढ्नुहोस्