मुख्य खबर
मेचीनगर नगरपालिकाको गाडीको ठक्करबाट राजबंशीको मृत्यु
काँकरभिट्टा, १२ माघ । मेचीनगर नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउदै गरेको नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले टोकला चिया बगानको गेटमा बुधबार बेलुका ७ वजे विपरित दिशाबाट गईरहेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर–७ का ३५ वर्षीय सन्तोष राजबंशीको मृत्यु […]
पूरा पढ्नुहोस्
गुराँस लाइफ इन्स्योरेन्सले दियो, सारु परिवारलाई ४ लाख ५० हजार
इटहरी,१२ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । ६ वर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएकी सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडानं ४ निवासी कृष्णकुमारी लिम्बू सारुको परिवारलाई कम्पनीले रु ४ लाख ५० हजार ३७८ रुपैयाँको चेक प्रदान गरेको छ । सारुको गत बैशाखमा मृत्यु भएको थियो । […]
पूरा पढ्नुहोस्
अस्ताए समाजसेवी विरबहादुर
डम्बर बराल सुरेन्द्रनगर,१०माघ । समाजसेवी विरबहादुर अधिकारीको आज बिहान ५ बजे १०३ वर्षको उमेरमा निधन भएको छ । मेचीनगर ५ जागरण टोल निवासी अधिकारी ले आफ्नो जीवनको सम्पूर्ण समय सामाजिक योगदानमा खर्च गर्नु भएको थियो ।अधिकारी ले जीवनभर हजारौंको जीवन बचाएर समाजले कहिल्यै भूल्न नसक्ने गुन लगाउनु भएको छ । उहाँले डाक्टरले उपचार सम्भव नहुँने […]
पूरा पढ्नुहोस्
नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले […]
पूरा पढ्नुहोस्
झापामा यसै साता बुस्टर डोज लगाउने तयारी
भद्रपुर, ५ माघ । झापा जिल्लामा यसै साताभित्र बुस्टर डोज लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेका अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० […]
पूरा पढ्नुहोस्
नेपालमा कोरोना संक्रमण तीब्र बन्यो, २४ घन्टामा ११ हजार ३५२ संक्रमण पुष्टि, चारजनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेको छ । पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ । कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा देशभर […]
पूरा पढ्नुहोस्
सार्वजनिक स्थानमा हिँडडुल गर्दा अब खोपकार्ड बोक्नुपर्ने
काठमाडौं, ४ माघ । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
ओमिक्रोनको त्रास पूर्वी नाका काँकरभिट्टामा कडाई
काँकरभिट्टा, ४ माघ । मेचीनगरमा ओमिक्रोन भेरियन्टको संक्रमणको दर बढ्न थालेपछि आजदेखि काँकरभिट्टा नाकामा आवतजावत गर्ने मानिसहरुमाथि कडाई गर्न थालिएको छ । आवश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने मानिसलाई रोक लगाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जाने व्यक्तिले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको […]
पूरा पढ्नुहोस्
खुसी र सुखी परिवार बिषयक एनएमसीको प्रशिक्षण
बिर्तामोड । नेपाल बहुद्देश्यीय सहकारी संस्था( एनएमसी )अन्र्तगत रहेको युवा सरोकार उपसमितिको आयोजनामा सोमबार बिर्तामोडमा खुसी र सुखी परिवार बिषयक प्रशिक्षण सम्पन्न भएको छ । पछिल्लो समय समाजमा परिवार बीच बढ्दै गएको बिचलन, यसबाट पर्नसक्ने असर र परिवारलाई सन्तुलित राख्न खेल्नुपर्ने भूमिकाका बारेका कार्यक्रममका प्रमुख सहजकर्ता राजाबाबु शाहले प्रशिक्षण दिएका थिए । प्रमुख प्रशिक्षक शाहले […]
पूरा पढ्नुहोस्
प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर
जनकपुरधाम,३ माघ । प्रदेश २ को नाम मधेश नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी […]
पूरा पढ्नुहोस्