मुख्य खबर

पत्रकार महासंघ झापाको साधारण सभा सम्पन्न

मेचीनगर, ११ पुस । नेपाल पत्रकार महासंघ झापाको साधारण सभा शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि विष्टले श्रमजीवी पत्रकाहरु संकटमा रहेको बताउँदै त्यसको समाधानको लागि महासंघ नीतिगत रुपमै अघिबढेको बताए । पछिल्लो समय देखिएको राजनीतिक […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्पुनर्गठन ,आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त

झापा, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् ।प्रतिनिधिसभा विघटन गरेको एकसाता नविदै प्रधानमन्त्री ओलीले आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन । प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाएकी छिन् । नवनियुक्त मन्त्रीहरूमा टोपबहादुर रायमाझीले उर्जा र […]

पूरा पढ्नुहोस्

झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन

झापा । संसद विघटन् भएसँगै प्रधान मन्त्रीको विरुद्धमा देशभर प्रदर्शन भइरहेका छन् । शुक्रबार जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन् । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार जनता समाजवादी पार्टीले शुक्रवार झापाको सदरमुकाम भद्रपुरस्थित टे«ड युनियन चोकमा विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका थिए । संसद् विघटनको असंवैधानिक […]

पूरा पढ्नुहोस्

त्रिदेवको नवौँ क्याम्पस सभा सम्पन्न

साबित्रा दाहाल चारआली, ९ पुस । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको नवौँ क्याम्पस सभा विहीबार सम्पन्न भएको छ । क्याम्पसको नवनिर्मित सभाहलमा सम्पन्न कार्यक्रममा १ नं। प्रदेशका सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री गजमेरले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएकी थिइन् । कार्यक्रममा विशेष अतिथि १ […]

पूरा पढ्नुहोस्

संसद् विघटनको विरोधमा पुस १३ गते कांग्रेसले देशभर प्रदर्शन गर्ने

झापा, ९ पुस । नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभर प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।शर्माले आन्दोलनका थप कार्यक्रमको पनि तयारी भइरहेको जानकारी दिए ।बैठकको सुरुमै […]

पूरा पढ्नुहोस्

सवारी चालक अनुमति पत्रको लागि आवेदन खुलाउने विभागको निर्णय

झापा,८ पुस । लामो समय रोकिएको सवारी चालक अनुमति पत्रको लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आवेदन खुलाउने निर्णय गरेको छ । विभागले आफ्नो वेभसाइटमा ७ वटै प्रदेशमा अनलाइनमार्फत आवेदन खुलाउने निर्णय गरेपनि लाइन्सेन्सको लागि लिइने लिखित र प्रयोगात्मक ९ट्रायल० परीक्षा कहिलेबाट शुरु हुन्छ भन्ने विषय भने अझैं अन्योल छ । कोभिडका नियन्त्रणका लागि गरिएको […]

पूरा पढ्नुहोस्

अन्ततः फुट्यो नेकपा

काठमाडौं,८ पुस। केहिमहिना देखि आन्तरिक कलहमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दुई टुक्रामा विभाजित भएको छ । नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक ९नेकपा एमाले र माओवादी केन्द्र० बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी […]

पूरा पढ्नुहोस्

भोलि सातै प्रदेशमा ओली समूहको भेला

झापा,७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए । आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय […]

पूरा पढ्नुहोस्

माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं,७ पुस। प्रचण्ड र माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकलेनेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, […]

पूरा पढ्नुहोस्

धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोध

मेभीनगर,६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा शनिबार प्रतिनिधि सभा विघटन भए सँगै सरकारको विरोधमा देशभर प्रदर्शन भैरहेको छ । लामो संघर्ष र बलिदान पछि प्राप्त भएको उपलव्धी लाई सनकको भरमा प्रधान मन्त्रीले समाप्त पारेको भन्दै प्रधान मन्त्रीको चर्काे आलोचना भैरहेको छ । आइतबार मेचीनगरको धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा […]

पूरा पढ्नुहोस्