मुख्य खबर

नयाँ सत्ता समिकरण: प्रचण्ड प्रधानमन्त्री

झापा,पौष १०। नेकपा एमाले लगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको अन्तिम समयमा आएर नयाँ सत्ता समिकरण बनेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले आलोपालो प्रधानमन्त्रीमा सहमति […]

पूरा पढ्नुहोस्

सहारा नेपाल साकोसले २६ औं वार्षिक साधारण सभाको प्रतिबेदन सार्वजनिक

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको भोलि (शनिबार) हुने अन्तिम निर्णय पुस्तिका प्रमाणित भेलाको पूर्व सन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार एकाईगत साधारणसभा सम्पन्न गरिसकेको छ । संस्थाले नीति तथा कार्यक्रमहरुलाई एकाई साधारण […]

पूरा पढ्नुहोस्

नाकामै कडाइले बेचिनबाट जोगिए चेलीहरु

 काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट चेलीबेटी बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्दै गएको एक तथ्यांकले देखाएको छ । चेलिबेटी बेचविखनमा सक्रिय दलालहरुले काँकरभिट्टालाई केही वर्ष अघिसम्म सजिलो नाकाको रुपमा प्रयोग गर्दै आएका थिए । पछिल्लो समय माइती नेपाल लगायतका संस्था र नेपाल प्रहरीले नाकामा उच्च सतर्कता बढाएसँगै चेलीबेटी बेचविखन नियन्त्रणमा कमी आउन थालेको हो । चेलीबेटी […]

पूरा पढ्नुहोस्

मेचीनगर –५ को पाथीभरा मन्दिरमा श्रीमद् देवी भागवत महापुराणको तयारी

सुरेन्द्रनगर÷ मेचीनगर –५ स्थित पाथीभरा मन्दिर समितिको आयोजनामा आगामी मंसिर ११ देखि २० गतेसम्म श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मन्दिर समितिले पुराण सफलपार्न २१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको छ । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट […]

पूरा पढ्नुहोस्

विश्वकपको उपाधि अर्जेन्टिनाको पोल्टामा

काठमाडौं । विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप को उपाधि हातपारेको हो । कतारको लुसेल स्टेडियममा भएको रोचक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि आफनो पोल्टामा पार्याे । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि […]

पूरा पढ्नुहोस्

जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैन : मन्त्री सरावगी

मेचीनगर । प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री ओम सरावगीले कसैले कसैको जवरजस्ती धर्म परिवर्तन गर्न नपाउने बताएका छन् । शनिबार सताक्षीधाममा आयोजित जनकल्याण प्रतिष्ठानको एकल अभियान नेपाल अन्तरगतको दक्षता वर्गको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सरावगीले यस्तो कुरा बताएका हुन् । सबैलाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार दिएको बताउँदै […]

पूरा पढ्नुहोस्

मेचीनगरमै रहेछ ‘वृन्दावन’

मेचीनगर । मेचीनगरमै ‘वृन्दावन’ छ भनेर सबैलाई विश्वास नलाग्न सक्छ । तर, मेचीनगर–३ को तेलपानी वन क्षेत्र पुगेर आउनेले आनन्दको अनुभूति लिएर फर्किन सक्छन् । प्राकृतिक छटाले भरिपूर्ण उक्त वनलाई स्थानीयले वृन्दावनको रुपमा चिनाएका हुन् । त्यहाँ पुग्ने जो कोहीले बास्तविक वृन्दावनको अनुभूति गर्न पाउँछन् । वरिवरि जंगल, एकान्त र शान्त डाँडामा पुग्ने पर्यटकले नयाँ […]

पूरा पढ्नुहोस्

आसाम डाउन टाउन र मनमोहन प्राविधिक युनिभर्सिटीबीच सम्झौता

मेचीनगर, २ पुस । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा.एन.सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट […]

पूरा पढ्नुहोस्

महेन्द्रद्वार सहकारीको सभामा सम्मान

काँकरभिट्टा । मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । काँकरभिट्टास्थित होटल बुटिकमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारी एकमात्र भरपर्दाे माध्यम भएको बताए । देशमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न पनि […]

पूरा पढ्नुहोस्

  गायन तर्फ होलिबेल र नृत्यतर्फ हिमालयन माविले जित्यो उपाधी

मेचीनगर,२८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले सञ्चालन गरेको नगर स्तरीय दूई दिवसिय गायन तथा नृत्य प्रतियोगिताको पहिलो दिन आज भएको प्रतियोगितामा उत्कृष्ट विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ । आज भएको नृत्य प्रतियोगितामा हिमालय अंग्रेजी माविले प्रथम पुरस्कार हासिल गर्याे,  त्यसैगरी होलीबेल अंग्रेजी मावि दोस्रो बन्यो भने तेस्रो पुरस्कार पारिजात अंग्रेजी माविले […]

पूरा पढ्नुहोस्