स्थानीय खबर
मेचीनगरमा राती नौ बजेसम्म मात्र देउसी भैली खेल्न पाईने , चाडपर्वका नाममा जुवाजन्य खेल नखेल्न नगरपालिकाको आग्रह
मेचीनगर, कात्तिक÷ मेचीनगर नगरपालिकाले तिहार तथा छठपर्वलगायत अन्य चाडपर्वलाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको छ । नगरपालिकाको सभाकक्षमा भएको छलफलमा चाडपर्वका नाममा हुने विकृतिविसंगति नियन्त्रण गर्नेलगायतका महत्वपूर्ण निर्णय भएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । छलफलले तिहारमा खेलिने परम्परागत देउसी भैलो आफ्नो कला, संस्कृति भेषभुषा तथा मौलिकरुपमा साझ ९ बजेसम्म […]
पूरा पढ्नुहोस्
काँग्रेसमा पार्टी प्रवेशको लहर बढ्यो , मेचीनगर ५ मा आजै ९७ जना प्रवेश
मेचीनगर । नेपाली काँग्रेसको –१४ औ महाधिवेशन सुरु भए सँगै काँग्रेसमा जनलहर बढ्न थालेको छ । पछिल्लो समय पार्टी प्रवेशको लहर बढ्दै गएको छ । बुधवार आज नेपाली काँग्रेस मेचीनगर–५ को आयोजनामा पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ९७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी वडा सभापति नारायण […]
पूरा पढ्नुहोस्
मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि ओसियनिकलाई
मेचीनगर । मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि ओसियनिक इङ्लिस सेकण्डरी स्कुल मेचिनगर–२ बौद्धमोडले जितेको छ । आज भएको फाइनल खेलमा अरुनोदय माध्यमिक विद्यालय मेचीनगर–६ काँकरभिट्टालाई १ गोलले पराजित गर्दै ओसियनिक इङ्लिस सेकण्डरी स्कूलले उपाधि जितेको हो । खेलको सेकण्ड हापमा ओसियनिकका जर्सी न ७ का खेलाडी उज्वल खड्काले १ गोल गरेका थिए । […]
पूरा पढ्नुहोस्
सामाजिक अभियान्ता चिमरियाले गरिदिए ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा
धुलाबारी । सामाजिक अभियान्ता राजन चिमरियाले मेचीनगरका सबै वडालाई समेटेर ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिएका छन् । मेचीनगर–१२ निवासी चिमरियाले प्रत्येक वडाका २ देखि ३ घरपरिवारको छनोट गरी उनीहरुको निशुल्क बीमा गरिदिएका हुन् । बीमा बापतको कुल रकम १ लाख २९ हजार पाँचसय रुपैयाँ सम्बन्धित वडाका बीमाकर्तालाई हस्तान्तरण गरिएको छ । सरकारले लागू गरेको […]
पूरा पढ्नुहोस्
सहारा साकोस धुलाबारीको एकाई साधारण सभा सम्पन्न
धुलाबारी, १५ कात्तिक । सहारा नेपाल ९साकोस० सेवा केन्द्र धुलाबारीको एकाई साधारण सभा आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । आफ्नै सभाहलमा आयोजित साधारण सभाको प्रमुख अतिथि मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्का थिए । कार्यक्रममा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका ५५ जना सदस्यहरुलाई जनहि ७ हजार रुपैयाँका दरले तीन लाख ८५ हजार वितरण […]
पूरा पढ्नुहोस्
कनकाईमा विभिन्न पार्टी परित्याग गरी १सय ८ जना नेपाली कांग्रेसमा प्रवेश
कनकाई, १४ कात्तिक ÷ कनकाइनगरपालीकामा विभन्न पार्टी परित्याग गरी १ सय ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा समिति कनकाई ५ ले आयोजना गरेको एक वृहत जेष्ठ नागरिक सम्मान साथै शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका जिल्ला सभापति उद्धव थापा , आसन्न महाधिवेशनमा जिल्ला […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगर –१३को पद हस्तान्तरण तथा सम्मान
चारआली । नेपाली काँग्रेस मेचीनगर –१३ले शुक्रवार पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हातेमालो सामुदायिक बनको सभाहलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पनेरुले नेपाली काँग्रेसपार्टीलाई पहिलो शक्तिको रुपमा स्थापीत गराउन नयाँ नेतृत्व सफल हुने दावी गरे । उनले काँग्रेसमा युवाहरुको सक्रियता बढेको […]
पूरा पढ्नुहोस्
कनकाईको एमाले वडाअधिवेशन , सवै वडामा सर्वसम्मत नेतृत्व चयन
कनकाई,८ कात्तिक ÷नेकपा एमाले कनकाई नगरको वडाअधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै वडाको अधिवेशनलाई भर्चुअलको माध्यमबाट एकैसाथ सम्बोधन गरेपछि सम्पन्न कनकाई नगरको वडाअधिवेशनबाट नगरका नौ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको केन्द्रबाट आएको सर्कुलर अनुसार ३३ प्रतिशत महिलाको सहभागितामा अध्यक्ष, उपाध्यक्ष, […]
पूरा पढ्नुहोस्