स्थानीय खबर
त्रिदेवको नवौँ क्याम्पस सभा सम्पन्न
साबित्रा दाहाल चारआली, ९ पुस । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको नवौँ क्याम्पस सभा विहीबार सम्पन्न भएको छ । क्याम्पसको नवनिर्मित सभाहलमा सम्पन्न कार्यक्रममा १ नं। प्रदेशका सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री गजमेरले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएकी थिइन् । कार्यक्रममा विशेष अतिथि १ […]
पूरा पढ्नुहोस्
हत्या आरोपमा किसान पक्राउ
मेचीनगर । मेचीनगर ९ का पर्शुराम गौतमको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मेचीनगर नगरपालिका ९ का ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँका २८ वर्षीय भयंकर किसान पक्राउ परेका हुन् । झापा मेचीनगर ९ खुट्टीडाँगी मगरटोलका ४२ वर्षीय गौतम पुष ३ गते विहान आफ्नै घरको आगनमा मृत […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट आज मेचीनगरमा एक महिलाको मृत्यु
मेचीनगर, ७ पुस । मेचीनगरमा आज कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।आज मृत्यु हुनेमा मेचीनगर–१० की ५७ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा आज ३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मंगलबार जिल्लाका २ वटा पालिकामा १ महिला र २ जना पुरुषसहित ३ […]
पूरा पढ्नुहोस्
धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोध
मेभीनगर,६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा शनिबार प्रतिनिधि सभा विघटन भए सँगै सरकारको विरोधमा देशभर प्रदर्शन भैरहेको छ । लामो संघर्ष र बलिदान पछि प्राप्त भएको उपलव्धी लाई सनकको भरमा प्रधान मन्त्रीले समाप्त पारेको भन्दै प्रधान मन्त्रीको चर्काे आलोचना भैरहेको छ । आइतबार मेचीनगरको धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा नाका खुलाउन माग गर्दै आज पनि जुलुस
मेचीनगर, ३ पुस । केहिसाता यता काँकरभिट्टा नाका तथा बजार क्षेत्रमा दैनिक जसो आन्दोलनका कार्यक्रममले तीव्रता पाउँदै आएको छ । बन्द सीमा नाका खुला गर भन्दै मेचीनगर नागरिक संघर्षमा होमिदै आएका छन् । खुला सीमा संघर्ष समितिले आज पनि काँकरभिट्टामा विरोध जुलुस प्रदर्शन गरेको छ । होटल, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी लगायत स्थानीयबासीहरुले आज पनि बन्द […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारी संस्थाको कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न
लक्ष्मी उप्रेती काँकरभिट्टा, ३ पुस ÷ संविधान सभा सदस्य रविन कोइरालाले विभिन्न राजनीतिक दलबीच एक आपसमा आरोप प्रत्यारोप चलिरहेका बखत झापाको मेचीनगरमा क्रियाशील राजनीतिक दलले भने सकरात्मक सन्देश दिएको बताउनुभएको छ । झापाको मेचीनगरमा रहेको महेन्द्रद्वार सहकारी संस्थाको ३१ औं बार्षिक साधारणबाट आगामी चारवर्षका लागि सर्वसम्मत चयन भएको कार्यसमितिको शुक्रबार काँकरभिट्टामा सम्पन्न पद हस्तान्तरण तथा […]
पूरा पढ्नुहोस्
छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्न मेचीनगरमा आवास तथा उपचार गृह सञ्चालन
लक्ष्मी उप्रेती काँकरभिट्टा, २ पुस ÷ झापाको मेचीनगरमा छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्न आवास तथा उपचार गृह सञ्चालन गरिएको छ । मेचीनगर—६ स्थित रमाइलो गाउँमा ‘होप फर एनिमल्स नेपालले’ सञ्चालनमा ल्याएको आवास तथा उपचार गृहको बिहीबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ् , इलाका प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वारको अध्यक्षमा पुनः दाहाल
मेचीनगर, १ पुस ।महेन्द्रद्वार सहकारी संस्थाको आगामी कार्यकालका लागि पुनः अध्यक्षमा राजकुमार दाहाल ९राजु०लाई सर्वसम्मत चयन भएका छन् । मेचीनगर–६ स्थित संस्थाको कार्यालय परिसरमा मंसिर ३० गते बसेको नगरका राजनीतिक दलका प्रमुखहरुको छलफलले अध्यक्षमा दाहालसहित नयाँ कार्यसमिति चयन गरेको हो । ४ वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ समितिको उपाध्यक्षमा युद्वराज ओली तथा सदस्यहरुमा कुन्दन […]
पूरा पढ्नुहोस्
नाका खोल्न गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा हस्तक्षेप
मेचीनगर । काँकरभिट्टा नाका खोल्नु पर्ने भन्दै गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले बुधबार काँकरभिट्टा बसपार्कमा यातायात बन्द गरेर प्रर्दशनमा उत्रिएको थियो । कोणसभा हुँदाहुँदै इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्र पोख्रेलसहित सशस्त्र प्रहरीले कोणसभामा बिथोल्दै यातायात सुरु गरेको […]
पूरा पढ्नुहोस्