स्थानीय खबर
मोटरसाइकल दुर्घटनामा एनएमसी गौरीगञ्ज शाखा प्रमुख लम्सालको निधन
मेचीनगर, ४ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०को गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको मोटर साइकल दुर्घटनामा मृत्यु भएको छ । शनिवार राति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किदा लम्सालको मृत्यु भएको हो । २७ वर्षीय लम्साल झापा गाउँपालिका वडा नं। ६ का बासिन्दा हुन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी […]
पूरा पढ्नुहोस्
पाँच पोखरी सामुदायिक बनको निर्वाचन भोली , दुई अध्यक्ष बीच कडा प्रतिष्पर्धा हुने
डम्बर बराल धुलाबारी,४ साउन । पाँच पोखरी सामुदायिक बन उपभोक्ता समितिकोअध्यक्ष पदमा भोली सोमबार निर्वाचन हुने भएको छ । कडा प्रतिस्पर्धामा हुन लागेको निर्वाचनमा अध्यक्षका दुई उमेद्वार मैदानमा होमिएका छन् । निर्वाचनमा नेकपाका तर्फबाट बिक्रम खालिङ्गले अध्यक्षको उमेद्वारी दिएका छन् भने चेतन आचार्य स्वतन्त्र उमेद्वारको रुपमा प्रतिष्पर्दामा छन् ।पदाधिकारी र सदस्य गरी कुल २१ सदस्यीय […]
पूरा पढ्नुहोस्
सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीको अध्यक्षमा ओली
धुलाबारी, ३ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीको अध्यक्षमा प्रह्लादमणि ओली सर्वसम्मत चयन भएका छन् । शनिवार धुलावारीमा भएको विशेष साधारणसभाले ओलीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो ।समितिले सामुदायिक हितका लागि विभिन्न कार्य गर्दै आएको छ । यसको गठन सर्वदलीय आधारमा हुने गरेको छ । मेचीनगरको नन्दा पुलपश्चिम धुलावारी, चारआली, ज्यामिरगढी, […]
पूरा पढ्नुहोस्
लकडाउन अवधिको ब्याजमा सहाराले १० प्रतिशत छुट दिने
झुलन रेग्मी झापा, ३ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लकडाउनको अवधिको ऋणको व्याजमा १० प्रतिशत छुट गरेको छ । विश्व कोरोना महामारीबाट गुज्रिरहेको बेला सहाराले आफ्ना सदस्यहरुलाई राहात प्रदान गर्न छुटको व्यवस्था गरेको हो । मुलुककै ठूलो मध्येको वित्तीय संस्था सहाराले चार महिनामा (चैतदेखि असारसम्म) पाकेको ऋणको व्याजमा १० […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघ द्धारा ‘व्यवसायिक सदस्य विमा कोष ’लागू
मेचीनगर ÷ मेची उद्योग बाणिज्य संघले साना उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि ‘व्यवसायिक सदस्य विमा कोष ’लागू गरेको छ । शुक्रबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ऋषिराज तिम्सिनाले उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि संघले विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको र यस पटक संघमा आवद्ध उद्यमी व्यवसायीहरुको व्यक्तिगत जीवन विमा गर्ने कार्यक्रम लागूगरिएको […]
पूरा पढ्नुहोस्
मेची भन्सारले राजस्व असुलीमा लक्ष भेट्न सकेन,६३ दशमलव १२ प्रतिशत मात्र राजस्व संकलन
लक्ष्मी उप्रेती काँकरभिट्टा, १ साउन । १ नम्बर प्रदेशमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टको राजस्व असुलीमा कमि आएको छ ।नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको हो । सरकारले २०७६ चैत १६ गते काँकरभिट्ट नाका भएर […]
पूरा पढ्नुहोस्
कचनकवलको बजेट५३ करोड ८९ लाखबढी , बजेट बहुमतले पारित
कचनकवल । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले आर्थिक वर्ष २०७७र७८ का लागि ५३ करोड ८९ लाख ६० हजार १०० रूपैयाँको बजेट बहुमतले पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले सार्वजानिक गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि बुधवार छलफल भएको हो । पारित बजेटमा पूँजीगत तर्फ २५ करोड ६६ लाख १८ हजारसहित कूल ५३ करोड […]
पूरा पढ्नुहोस्
सामाजिक विकास मन्त्रालयले गर्याे रंगकर्मी नेपाल सहित एक दर्जनबढी श्रष्टालाई सम्मान
मेचीनगर । भानु जयन्तीको अवसर पारेर प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले रंगकर्मी सहित एक दर्जनबढी श्रष्टालाई सम्मान गरेको छ । मन्त्रालयले भाषा, कला, साहित्य सम्मानबाट परीवर्तन थिएटर झापाकी अध्यक्ष रंगकर्मी कविता नेपालसहित एक दर्जनबढी श्रष्टालाई सम्मान गरेको हो । कार्यक्रममा रंगकर्मी नेपाल, झापाका कवि एवम् समालोचक मुनाराज शेर्मासहित प्रदेश १ का भाषा, कला, […]
पूरा पढ्नुहोस्
भारतको मणिपुरबाट २१ जना नेपाली महिला तथा किशोरीको उद्धार
मेचीनगर, ३० असार⁄ रोजगारीको प्रलोभन देखाएर भारतको मणिपुर पुरयाएका नेपाली महिला तथा कीशोरीहरुलाई सोमबार राती उद्धार गरिएको छ । सो क्षेत्रमा लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको हो । एजेण्टले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुरयाएका थिए ।लकडाउन भन्दा अघि सो क्षेत्रमा पुगेका उनीहरुको […]
पूरा पढ्नुहोस्
झापामा खोलाले बगाएर दुई जनाको ज्यान लियो
कचनकवल, २९ असार । अबिरल बर्षा पछि झापाका बिभिन्न नदिमा पानीको बहाव बढे सँगै खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सोमबार दिउसो कचनकवल गाउँपालिका–३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउदा मृत्यु भएको छ । घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु खोलामा लडेका थिए । त्यस पछि उनि उठन सकेनन्् । […]
पूरा पढ्नुहोस्