स्थानीय खबर
आदर्श धिमाल समाजको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रम
मेचीनगर । मेचीनगर ८ स्थित आदर्श धिमाल समाजको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार दिपक लिम्बू, कमल रसाइली, विशालदेव श्रेष्ठ, रोशा फुयाललगायले मेचीनगरबासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा राजेश धिमाल, शशी धिमाल, विक्रम धिमाललगायत विभिन्न डान्स सेन्टरका कलाकारहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए । प्रमुख […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा माविको पूर्व विद्यार्थी समाजले गर्याे १५ लाखको अक्षय कोष स्थापना गर्ने निर्णय
मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले काँकरभिट्टा माविको नवगठित पूर्व विद्यार्थी समाजले १५ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । पूर्व विद्यार्थीहरुको आज बसेको पहिलो बैठकले १५ लाखको अक्षय कोष स्थापन गर्ने निर्णय गरेको र आफूबाटै कोषको सुरुवात गरेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । अक्षयकोषको […]
पूरा पढ्नुहोस्
चर्चित गायक खरेल आज धुलाबारीमा
धुलाबारी । असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १६ औँ दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक खरेलल शनिबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका छन् । उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छन् । जव तिमीले, अलग भो बाटो, यो धतृिमा, तप तप आँशु लगायत आधा दर्जन […]
पूरा पढ्नुहोस्
प्रेस क्लव मेचीनगरको आयोजनामा शुभकामना आदानप्रदान
मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बडा दशैं २०८० को अवसर पारेर प्रेस क्लबले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो । क्लबको कार्यालय इटाभट्टामा आयोजित कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, अग्रज सञ्चारकर्मी, क्लबका सदस्यलगायतको उपस्थिति रहेको थियो । शुभकामना कार्यक्रममा अग्रज […]
पूरा पढ्नुहोस्
बालकल्याण माविले स्वर्ण महोत्सव मनाउने
सुरेन्द्रनगर । बालकल्याण माध्यमिक विद्यालयले ५० औं वर्ष गाँठको अवसर पारेर स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले आगामी फागुन महिनामा सरस्वती पूजाको अवसर पारेर विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने भएको हो । विद्यालयमा शुक्रबार सम्पन्न अभिभावक तथा सरोकारवालाहरुको भेलाले स्वर्ण महोत्सव मनाउने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व […]
पूरा पढ्नुहोस्
अन्तर विद्यालय नृत्य प्रतियोगितामा बालकल्याण मावि बन्यो प्रथम
धुलाबारी । मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा कक्षा ९ का विद्यार्थीको व्यवस्थापनमा भएको नृत्य प्रतियोगितामा बालकल्याण मावि प्रथम भएको छ । यस्तै, दोस्रो बलभद्र मावि र काँकरभिट्टा मावि तेस्रो भएको साँस्कृतिक समितिका संयोजक शिक्षक आरबी गौतमले जानकारी दिए । […]
पूरा पढ्नुहोस्
एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीलाई मातृशोक
मेचीनगर, २४ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी.)का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीलाई मातृशोक परेको छ । उनका ८९ वर्षीया आमा जानुकादेवी उप्रेतीको मेचीनगर–६, पूर्वी भानुटोल स्थित निजी निवासमा निधन भएको हो । यहि असोज २० गते हर्टका कारण उपचारका लागि बिर्तामोड स्थित वीएण्डसीमा लगिएको थियो । आज विहान ११ वजे उपचार सम्भव […]
पूरा पढ्नुहोस्
लागु औषध नियन्त्रण गर्न पूर्वी नाका काँकरभिट्टामा तालिम प्राप्त कुकुर परिचालन
झापा । चाडपर्वका बेला पूर्वी नाकाबाट बिष्फोटक पदार्थ तथा लागु औषध भित्रीन सक्ने भन्दै प्रहरीले सीमा नाका काँकरभिट्टमा विशेष तालिम पाप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरेको छ । प्रहरीले सीमा नाकाको सुरक्षा तथा चेकजाँचलाई थप कडाई गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय धरानबाट जर्मन सेफर्ड जातका दुईवटा कुकुर ल्याएको इलाका प्रहरी कार्यालयका इलाका प्रहरी […]
पूरा पढ्नुहोस्
परिवर्तन थिएटरले ‘म्लेच्छ’ नाटक असोज २५ गतेदेखि प्रदर्शन गर्ने
काँकरभिट्टा, २३ असोज । परिवर्तन थिएटरले आदिवासी समुदायको कथा समेटेर तयार पारेको नाटक ‘म्लेच्छ’ यही असोज २५देखि प्रदर्शन गर्ने भएको छ । थिएटरले आज मेची सामुदायिक भवन काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर नाटक प्रदर्शन गर्ने जानकारी दिएको हो । नाटकका माध्यमबाट समाजमा सचेतना जगाउँदै आएको परिवर्त थिएटरले असोज २५ गते बिहिबारदेखि कात्तिक ३ गतेसम्म हरेक […]
पूरा पढ्नुहोस्
मेची कृषकको २४ औं वार्षिक साधारण सभा अन्तर्रगत क्षेत्र ३ कोे साधारण सभा सम्पन्न
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा अन्तर्रगत आज क्षेत्र ३को साधारण सभा सम्पन्न भएको छ । मेचीनगर ७ स्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित साधारण सभाको उद्घान मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणि ओलीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ओलीले सहकारी संस्थाहरुले सदस्यको जीवन स्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने बताए […]
पूरा पढ्नुहोस्