स्थानीय खबर

मेचीनगर-८ मा महिला सीप विकास तालिम सुरू

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर-८ को आयोजनामा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिमको उद्घाटन मेचीनगर -८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका छन् । तालिमको उद्घाटन शत्रमा बोल्दै वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

कलाकारको आगमनले धाइजनमोडको महोत्सव रोचक बन्दै

मेचीनगर । हरेक दिन राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिसँगै मेचीनगरको धाइजनमा आयोजित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव थप रोचक बन्दै गएको छ । स्थानीयले रास्ट्रिय कलाकारको नजिकै प्रत्यक्ष अवलोकन गर्दै मनोरंजन लिन पाउँदा स्थानीय नगरबासी उत्साहित देखिन्छन् । दर्शक उत्साहित हुँदा महोत्सवमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको महोत्सव आयोजकको भनाई छ । दैनिक साँझ ५ बजेपछि […]

पूरा पढ्नुहोस्

सशस्त्रका हवलदारलाई इन्स्पेक्टर द्वारा निर्घात कुटपिट, ५ जना घाइते

मेचीनगर । मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेको घटना बाहिर आएको छ । हतियारधारी तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको हो। इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसमा सुरु भयो रुपान्तरणको अभियान

मेचीनगर । नेपाली काँग्रेसमा गुटगत राजनीति मौलाएको र पार्टी नेतृत्व पार्टीको नीति र सिद्यान्त विपरित अघिबढेको भन्दै यतिखेर देशभर पार्टी रुपान्तरण अभियान सुरु भएको छ । सोमबार झापाको धुलाबारी स्थित पार्टी क्षेत्रीय कार्यालय आयोजित पत्रकार सम्मेलनमा अभियानका बारेमा जानकारी गराएको हो । सो अवसरमा स्वर्णिम विरासत बोकेको पार्टीको शरीर ठिक नभइ रहँदा पनि संसदीय संरचना […]

पूरा पढ्नुहोस्

विश्व बालश्रम विरुद्ध काँकरभिट्टामा प्रभातफेरी

मेचीनगर,२९ जेठ । ‘बालश्रम रोकौं, सुनौलो भविष्यको बारेमा सोचौं’ भन्ने मूल नाराका साथ सोमबार काँकरभिट्टाका ९ वटा संस्थाले संयुक्त रुपमा प्रभातफेरी निकालेका छन् । मेहनत मजदुरी नगराऔं, सानो हातमा कलम थमाऔं । बालबालिकालाई पढाऔं, देश अन्धकार हुनबाट जोगाऔं । भविष्यका कर्णधार हुन् । बालश्रम विरुद्धको विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस सफल पारौं लगायतका विभिन्न प्लेकार्ड […]

पूरा पढ्नुहोस्

गृहलक्ष्मी साकोसको पुनर्ताजगी कार्यक्रम

धुलाबारी । मेचीनगर ९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिवशीय अनुशिक्षण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले इलामको सूर्योदय−८ स्थित शान्ति चोकमा कार्यक्रम सम्पन्न गरेको हो । सहकारीका सञ्चालक, सेवा केन्द्र, क्षेत्रीय समिति, उपसमितिका पदाधिकारी तथा कर्मचारी एवम् सदस्यहरुलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो । झापालगायत तराई जिल्लामा […]

पूरा पढ्नुहोस्

अर्थोडक्स र ग्रीन टीसँगै एनएमसीले ल्यायो बजारमा, सिटीसी चिया

बिर्तामोड, २८ जेठ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । अर्थोडक्स र ग्रीन टी उत्पादन गर्दै आएको एनएमसीले सिटीसी चिया समेत प्याकेजीङ गरी बजारमा ल्याएको हो  । एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको छ।  […]

पूरा पढ्नुहोस्

मेची चरा तथा बन्यजन्तु संरक्षण समाज अब आफ्नै कार्यालयमा

मेचीनगर, २७ जेठ । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजको कार्यालय उद्घाटन भएको छ । मेचीनगर–७ स्थित कञ्चनजंघा टोलमा रहेको कार्यालयको आज एक समारोहबीच चराविज्ञ तथा कोशी टप्पु बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिस तिम्सिनाले रिबन काटेर उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले मेची चरा तथा बन्यजन्तु समाजका अध्यक्ष देबेन्द्र खरेलले छोटो अवधिमा धेरै चराको […]

पूरा पढ्नुहोस्

व्यवसायी खवासद्धारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

बाहुण्डाँगी । हरेक वर्ष छोराको जन्मदिनमा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका मेचीनगरका युवा व्यवसायी सन्तोष खवासले यो वर्ष मेचीनगरको ३ को विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । छोरा स्वभिमान खवासको छैठौ वर्षको जन्मदिनको अवसर पारेर बलभद्र आधारभूत विद्यालयका बाल कक्षाका बच्चाहरुलाई २ थान फेन, ३ थान ढसना र ३ थान तन्ना प्रदान गरेका […]

पूरा पढ्नुहोस्

धाइजन सांस्कृतिक महोत्सवमा हजारौंको घुइँचो ६ वर्षसम्म र ८० वर्षमाथिका वृद्धलाई प्रवेश निशुल्क

प्रकाश उप्रेती मेचीनगर २४, जेठ । झापा मेचीनगरको धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा कलाकारको बेजोड प्रस्तुतिले दर्शकको घुँइचो बढेको छ । जेठ २१ देखि सुरु भएको महोत्सवमा स्थानीय र रास्ट्रिय कलाकारको कला प्रस्तुतिले आगन्तुक दर्शनको घुँइचो बढेको हो । २३ गते रास्ट्रिय कलाकार बिन्दु परियारले महोत्सवमा आगन्तुकलाई छ्मछ्मी नचाइन् । महोत्सव सुरुवातीकै पहिलो रास्ट्रिय कलाकारको […]

पूरा पढ्नुहोस्