स्थानीय खबर

असी प्रतिशत काम सम्पन्न गर्याैँ : वडाध्यक्ष कनकबहादुर कार्की

डम्बर बराल मेचीनगर । राज्य पुनः संरचना पछि दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा सहित आएको संघीयता कायान्वयनमा निक्कै चुनौति भइरहेको भएपनि स्थानीय तह अधिकार सम्पन्न हुँदा विगत ६ वर्षयता जनप्रतिनिधिहरु आफ्नो वडाको मुहार फेर्ने अभियानमा कस्सिएका छन् । २० वर्षसम्म देशमा कर्मचारीतन्त्र हावी हुँदा विकासले नदेखेका र […]

पूरा पढ्नुहोस्

विधुत आपूर्ति नियमित गर्न माग गर्दै मेची उद्योग वाणिज्य संघले बुझायो ज्ञापन

मेचीनगर । मेचीनगरमा केही सातायता अघोसित रुपमा लोडसेटिङ भइरहेको भन्दै मेची उद्योग वाणिज्य संघले विधुत आपूर्ति सहजबनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । संघले नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको हो । मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईको नेतृत्वमा गएको टोलीले नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर ज्ञान […]

पूरा पढ्नुहोस्

मेचीनगरकी मधुदेवीले पूरा गरिन् १३ महिनाको कठोर तपस्या

मेचीनगर । मेचीनगर–१० निवासी ५६ वर्षीया मधुदेवी नाहटाले १३ महिनाको कठोर तपस्या (ब्रत) पूरा गरेकी छिन् । उनले धुलाबारीस्थित आफ्नै घरमै बसेर तपस्या पूरा गरेको जैन स्वेताम्बर तेरापन्थी सभा धुलाबारीका अध्यक्ष सुनिल जैनले जानकारी दिए । आध्यात्मिक कीर्तिमान स्थापित गर्दै नाहटाले लगभग ४ सय दिनसम्म प्रत्येक वैकल्पिक दिनको चौबिसै घण्टा निर्जल, निराहार, उपवास एवम् मौनव्रत […]

पूरा पढ्नुहोस्

सुसेली साहित्यिक परिवारद्वारा पत्रकार भण्डारी र लिम्बु सम्मानित

काँकरभिट्टा, । सुसेली साहित्यिक परिवार मेचीनगरले स्थापना गरेको सुसेली प्रतिभा पुरस्कार तथा प्रा.डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार दुईजना व्यक्तित्वलाई प्रदान गरिएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा सुसेली प्रतिभा पुरस्कार सामाजिक व्यक्तित्व मणिकुमार लिम्बुलाई र प्रा.डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको हो । कार्यक्रममा ‘सुसेली–अंक २०’ तथा सुसेलीका सम्पादक विजय खरेलको कुथुङ्ग्रीहरुको […]

पूरा पढ्नुहोस्

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा इन्द्रजित

झापा, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया सर्वसम्मत चयन भएका छन् । शनिवार बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशक अघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् । आँगन एफएमका […]

पूरा पढ्नुहोस्

धुलाबारीमा भोलिदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने

धुलाबारी । मेचीनगर– १० स्थित धुलाबारीमा बुधबारदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने भएको छ । धुलाबारी फुटसल एरिनाको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । बैशाक ६ गते सुरु भएर ९ गते सम्पन्न हुने प्रतियोगितामा मेचीनगरका १० वटा टिमले भाग लिने पत्रकार सम्मेलनका संयोजक […]

पूरा पढ्नुहोस्

पूर्वी सिमानाबाट हात्ती द्वन्द्व नियन्त्रणको नयाँ अभियान

डम्बर बराल मेचीनगर, ४ बैशाख । मानिस र हात्तीबीचको द्वन्द्वका कारण यसले निम्त्याएको आर्थिक, सामाजिक मानवीय क्षति अनि बाल मनोविज्ञानमा पारेको असर यो बाहुनडाँगी बासीका निम्ति नौलो कुरा होइन । साच्चै भन्नु पर्दा बाहुनडाँगी र हात्ती पर्याय जस्तै बनेको छ । वर्षौदेखि बाहुनडाँगीवासी हात्तीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउने प्रयासमा छन् । हरेक दिन भारतीय […]

पूरा पढ्नुहोस्

दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर

धुलाबारी, २ बैशाख । दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर सुनार (नारायण) सर्वसम्मत चयन भएका छन् । धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा शनिवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । १५ सदस्यीय समितिको उपाध्यक्षमा चन्द्र दास, सचिवमा लक्ष्मी परियार, सहसचिवद्वयमा जगतबहादुर रम्तेल, प्रियम दर्जी र कोषाध्यक्षमा […]

पूरा पढ्नुहोस्

क्यान्सर पीडित धनबहादुरले भने ‘मलाई अझै बाँच्न रहर छ’ उपचारमा सहयोग गरिदिनु होला

मेचीनगर, २ बैशाख । विगत १० महिनादेखि क्यान्सर रोगबाट थलिएका मेचीनगर –७ प्यारी भिट्टका धनबहादुर खत्री यतिखेर आफ्नो जीवन बचाइदिन सबै सँग सहयोगको अपिल गरेका छन् । उपचारमा आर्थिक अभाव भएपछि शनिवार पत्रकार सम्मेलन मार्फत खत्री परिवारले आर्थिक सहयोगका निम्ति सबैसँग आग्रह गरेको छ । उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रेस क्लव मेचीनगरले पीडित परवारको घरैमा […]

पूरा पढ्नुहोस्

आदर्श धिमाल समाजको शुभकामना आदान प्रदान कार्यक्रम

इटाभट्टा,२ बैशाख । आदर्श धिमाल समाज मेचीनगर –८ ले शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वितेको वर्ष २०७९मा भएको कामको समिक्षा गर्दै समाजले आगामी दिनमा आदर्श समाजलाई थप गतिशिल बनाउन २०८० सालले सफलता मिल्ने विश्वासका साथ शुभकामना आदानप्रदान गरेको समितिका अध्यक्ष टुलेन धिमालले बताए । धिमाल समाजका सल्लाकार तथा मेचीनगर नगरपालिकाका कार्यपालिका […]

पूरा पढ्नुहोस्