स्वास्थ्य

हलेसीमा थप सेवा विस्तार

धुलावारी,६ भदौ । हलेसी मेडिकल हल एण्ड क्लिनिक धुलावारीले आइतवारदेखि डिजिटल एक्सरे मेसिन राखेर सेवा थप विस्तार गरेको छ । हातखुट्टा भाँचिएको तथा छातीका बिरामीलाई लक्षित गरेर हलेसीले थप सेवा विस्तार गरेको सञ्चालक सोम ओझाले बताए । उनका अनुसार पहिलो दिन उक्त सेवा लिन आउनेका लागि २० प्रतिशत छुट दिइएको छ । दैनिक चौविस घण्टे […]

पूरा पढ्नुहोस्

मास्क लगाउन मेचीनगरमा सचेतना मूलक र्याली

मेचीनगर, २८ साउन ÷ मास्क अनिवार्य लगाउनुपर्ने भन्दै मेचीनगरमा सचेतना मूलक र्याली सम्पन्न भएको छ । नेपाल सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ स्थानीय सरकारसँग समन्वय गरी देशभर ‘नेपाल मास्क सप्ताह’ मनाउने घोषणा गरेको थियो । सोहि घोषणा अनुसार रोटरी […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आज दुई जना पुरुषको कोरोनाबाट मृत्यु

काँकरभिट्टा, २७ साउन । मेचीनगरमा आज फेरि दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–४ का ४५ वर्षीय पुरुषको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नविन बरालले जानकारी दिए ।उनको यहि २५ गते एन्टिजेन टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै मेचीनगर–९ का ७५ वर्षीय पुरुषको […]

पूरा पढ्नुहोस्

भारतीय अस्पतालमा बन्धक बनाइएका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार

झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर(१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको […]

पूरा पढ्नुहोस्

कोभिसिल्ड खोपको दोस्रो मात्रा साउन २५ गतेदेखि लगाइने

झापा, २३ साउन । कोरोना भाईरस बिरूद्भको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले साउन २५ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन । लामो समयदेखि कोभिसिल्ड लगाएर बसेकाहरूका लागि मात्रै दोसो मात्रा साउन २५ गतेदेखि लगाउन शुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एस्टेजेनेका खोप भुटानबाट ३ लाख शुक्रबार बिहान काठमाण्डौ आइपुगेको र जापानले दिने […]

पूरा पढ्नुहोस्

मेचीनगरमा बुधबार २५ सयबढीले लिए जोन्सन एण्ड जोन्सन कम्पनीको खोप

मेचीनगर, २० साउन ÷ मेचीनगरका बिभिन्न वडामा बुधबार २ हजार ५ सय बढीले कोभिड १९ विरुद्घको खोप लिएका छन् । मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बर वडा गरी ७ वटा वडामा बुधबार ५० देखि ५४ बर्ष उमेर समुहका लागि जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने व्यवस्था मिलाएको थियो । मेचीनगरका ७ […]

पूरा पढ्नुहोस्

मेचीनगरका सबै वडाबाट अब खोप लगाउन पाईने

मेचीनगर,१७ साउन । मेचीनगर नगरपालिकाले अब सवै वडाबाट कोरोना बिरूद्धको खोप लगाउने भएको छ । कोरोना खोप लगाउँदा यस अघि देखिएको भिडलाई मध्यनजर गर्दै नगरले सम्वन्धीत वडामै खोपलगाउने निर्णय गरेको हो । नगरपालिकाले कुपन सिस्टमका आधारमा खोप लगाउने भएको छ । अब खोप लगाउन अनिवार्य कुपन लिनु पर्नेछ । जुन सबै वडा कार्यालयबाट उपलब्ध हुनेछ […]

पूरा पढ्नुहोस्

होटलमा लुकाइराखेको खोप सहित स्वास्थ्य शाखा प्रमुख खड्का पक्राउ

बिर्तामोड,१५ साउन ।लक्षित  वर्गलाई खोपको अभाव भइरहेको समयमा विर्तामोड स्थित एक होटलमा कोरोनाको खोप लुकाइ रहेको अवस्थामा प्रहरीले खोप सहित  बिर्तामोडका नगर स्वास्थ्य प्रमुख ओम खड्कालाई पक्राउ गरेको छ । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र […]

पूरा पढ्नुहोस्

कोरोना न्युनिकरणका विषयमा कनकाईमा बहस सुरु

कनकाई, १२ साउन ÷ कोरोना संक्रमणको दोस्रो लहरसँगै जटिल बन्दै गएको मानव स्वास्थ्यलाई कसरी सहज बनाउँन सकिन्छ भन्ने विषयमा कनकाई नगरमा अन्तरक्रियामूलक बहस सुरु भएको छ । नगरवासीको स्वास्थ्यका विषयमा गम्भिर बन्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्रका टोल समितिहरुसँग अन्तरक्रियामूलक बहस सुरु गरेका हुन् । कोरोनाको अवस्थाका बारेमा वडास्तरीय टोल समितिहरुसँग जानकारी लिँदै […]

पूरा पढ्नुहोस्

संक्रमण बढे पछि झापाका छ पालिका सिल

मेचीनगर । झापामा कोरोना संक्रमण पुनः तीब्र रुपमा बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि झापाका बिभिन्न पालिका सिल हुँदै गएका छन् । बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई यसअघिनै सिल गरिएका छन् । आइतबार झापामा थप दुई पालिकाहरु दमक र शिवसताक्षीसमेत सिल गर्ने निर्णय भएको छ । त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले […]

पूरा पढ्नुहोस्