स्वास्थ्य

रोटरीले बनाईदियो दुईवटा अस्थायी शौचालय

लक्ष्मी उप्रेती मेचीनगर ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्षमा कृष्णकान्त खनियाँले नयाँ कामको थालनीसँगै आफ्नो पदभार ग्रहण गरेका छन् । सन् २०२०÷२०२१ का अध्यक्ष खनियाँले काँकरभिट्टा माध्यमिक विद्यालय परिसरमा रहेको होल्डिङ सेन्टर तथा काँकरभिट्टा स्क्रिनिङ्ग सेन्टरमा दुईवटा अस्थायी शौचालय निर्माण गरी वडा सरकारलाई हस्तान्तरण गर्नुभएको छ । त्यहा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ७सहित झापामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर । बुधबार मेचीनगरमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।मेचीनगर–५ का ४ जना, मेचीनगर–११ का १ जना र मेचीनगर–१० का २ जना कोरोना संक्रमित थपिएका हुन् ।संक्रमित ७ जनामध्ये ६ जना महिला र १ जना १३ वर्षका बालक छन् । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । मेचीनगरमा ७ सहित झापामा […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो

झापा,१५ असार । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । सोमबार ४ सय ७६ जना कोरोना संक्रमित थपिए सँगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेक पुगेको हो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, […]

पूरा पढ्नुहोस्

नव दम्पतिले गरे सागरको उपचारमा दश हजार आर्थिक सहयोग

मेचीनगर, १४ असार । मेचीनगरका एक नव दम्पतिले आफ्नो वैवाहिक कार्यको खर्चबाट केही रकम बचत गरेर सागर खड्काको उपचारका लागि सहयोग गरेका छन् । मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय खड्काले दोस्रो पटक ब्रेन ट्युमर भएपछि आर्थिक अभावमा उपचार गर्न सकेका थिएनन् । असार ११ गते विहीबार विवाह बन्धनमा बाँधिएका झापा मेचीनगरका सुशान्त थापा र […]

पूरा पढ्नुहोस्

आज १२ सय नेपाली स्वदेश भित्रीदै

झापा,१२ असार । सरकारले विदेशमा अलपत्र नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने क्रम लाई निरन्तरता दिदै आएको छ । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुईरदुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा […]

पूरा पढ्नुहोस्

सागर खड्का उपचार सहयोग समितको आग्रह ,उपचारमा सवैले सहयोग गरौ

मेचीनगर, ११ असार ÷ झापा मेचीनगर नगरपालिका —९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन सागर खड्का उपचार सहयोग समितिले आग्रह गरेको छ । खड्काको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा दोस्रो पटक ब्रेन ट्युमरको शल्यक्रिया गर्ने तयारी हुदैछ । ४ वर्ष अघि शल्यक्रिया गरिएको ब्रेन ट्युमरको समस्या बल्झिएपछि खड्काको दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने भएकाले […]

पूरा पढ्नुहोस्

कमल गाउँपालिकाको सातौ गाउँसभा सुरु, ८१ करोड ८५ लाख ९१ हजारको बजेट सार्वजनिक

कमल ,११ असार  ।कमल गाउँपालिकाको सातौ गाउँसभाको उद्घाटन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले गरेकाछन् । उद्घाटनका क्रममा बोल्दै मन्त्री कार्कीले सातौ गाउँसभाबाट बजेटको उचित व्यवस्था, नीतिगत व्यवस्था र जनशक्ति व्यवस्था सम्पूर्ण रुपले सफलता मिलोस भन्दै शुभकामना दिएका थिए । उनले आगामी २ वर्ष भित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा […]

पूरा पढ्नुहोस्

कर्णालीमा डाक्टर आन्दोलित,आकस्मिक बाहेकका अन्य सेवा ठप्प

कर्णाली,११असार । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम […]

पूरा पढ्नुहोस्

कोरोना रोकथाममा प्रदेश १ सरकार द्धारा २५ करोड ८३ लाख खर्च

झापा,९ असार । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जम्मा २५ करोड ८३ लाख खर्च भएको प्रदेशसभामा जानकारी गराए । उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट […]

पूरा पढ्नुहोस्

मेचीनगर–८ मा स्वास्थ्य चौकीको भवन शिलन्यास

मेचीनगर,९ असार । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले स्वास्थ्य चौकी भवनको शिलन्यास गरेका हुन । भवन शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद मैनालीले निर्माणधिन स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवा सहितको पूर्वाधार थप्दै दक्ष जनशक्तीका साथ […]

पूरा पढ्नुहोस्