Uncategorized

युवा लक्षित कार्यक्रम ल्याउन युवा संघको माग

मेचीनगर, असार ६ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिले आइतबार नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख विमल आचार्यको कार्यकक्षमै पुगेर नगर प्रमुख एवम् उपप्रमुख मीना उप्रेतीसमक्ष नगरको बजेटमा युवा लक्षित कार्यक्रम ल्याउनको लागि ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा अबको बजेटमा सबै तह र तप्काका नगरका युवाहरूलाई लक्षीत गरी बजेट विनियोजन गर्न भन्दै १६ […]

पूरा पढ्नुहोस्

मेचीमहाकाली बुहारी संयुक्त आवाज द्वारा मुसहर बस्तीमा सहयोग

विर्तामोड ६ असार । मेचीमहाकाली बुहारी संयुक्त आवाजले विर्तामोड नगरपालिका–७ खालबारीका मुसहर बस्तीका २४ घरपरिवार र २ जना अपाङ्गलाई राहत तथा सहयोग वितरण गरेको छ । लामो समयको लकडाउनका कारण मजदुरी गरीखाने वर्ग प्रभावित भएका बेला बुहारीहरुले चामल, दाल, तेल, नुनलगायतका उपभोग्य सामग्री राहतस्वरुप वितरण गरेका हुन् । मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु […]

पूरा पढ्नुहोस्

प्रेस क्लव मेचीनगरको आठौं वार्षिकोत्सव, निवर्तमान अध्यक्ष पौडेलद्वारा पत्रकार उपचार कोषमा दशहजार रुपैयाँको घोषणा

मेचीनगर, ६ असार ÷ प्रेस क्लब मेचीनगरले आफ्नो स्थापना दिवस ‐बार्षिकोत्सव)का अवसरमा शनिवार नगरभित्रका अग्रजसहित विभिन्न सञ्चारकर्मीहरुसँग विविध विषयमा छलफल गरेको छ । छलफलमा सहभागी पत्रकारहरुले क्लबले अहिले स्वास्थ्यलाई प्राथमितकतामा राखेर काम गर्न जोड दिएका थिए । क्लबको कार्यालयमा भएको छलफलमा अध्यक्ष लक्ष्मी उप्रेतीले २०७७ साल असोज १० गते वर्तमान नेतृत्वले जिम्मेवारी प्राप्त गरेपछि हाल […]

पूरा पढ्नुहोस्

बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु

काठमाडौं,५ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाले ज्यान गुमाएका छन्। जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। जसअनुसार सिन्धुपाल्चोक र डोटीमा ३र३ जना, […]

पूरा पढ्नुहोस्

स्थापना दिवसमा वृक्षारोपण र सरसफाई

मेचीनगर, ५ असार । नेपाल स्काउट ७० औं स्थापना दिवस झापाको मेचीनगरमा शनिवार विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाल स्काउट मेचीनगर समितिले मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरको सरसफाई र मन्दिर परिसरमा बृक्षारोपण गरेको थियो । कार्यक्रममा नेपाल स्काउटकी मेचीनगर संयोजक रीता थापा एवम् पूर्व आयुक्तहरु भुवन सुब्बा खरेल […]

पूरा पढ्नुहोस्

सरकारका असंवैधानिक गतिविधिको भण्डाफोर गर्न नेपाली काँग्रेसले गर्याे आह्वान

विर्तामोड ५ असार । नेपाली काँग्रेसले सरकारका असंवैधानिक गतिविधिको भण्डाफोर गर्न आह्वान गरेको छ । बन्दुकमा भन्दा बढी तागत कलममा हुने हुँदा कलममार्फत लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि कलम चलाउन नेपाली कांग्रेसका अग्रज नेताहरुले आह्वान गरेका हुन् । नेपाली कांग्रेस झापा प्रचार–प्रसार विभागको आयोजनामा सम्पन्न भर्चुअल बैठकमा सहभागी बक्ताहरुले वर्तमान सरकारले देश र जनताको […]

पूरा पढ्नुहोस्

मेचीनगरमा एक ब्यक्ति मारिएको अवस्थामा फेला

मेचीनगर, ३असार । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर ५ स्थित अधेरीका ४० बर्षिय अजय लिङ्देन मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा खुट्टामा लगाउने ब्याण्डिसले घाटीमा बाधेर मारेको अवस्थामा बुधवार राति भेटिएको स्थानियले बताए । घटनाको खबर पाएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो […]

पूरा पढ्नुहोस्

मानविय सेवामा समर्पित ‘मेची उद्योग बाणिज्य संघ’ दीर्घरोगीहरुलाई घर घरमै औषधि पुर्याउदैं

लक्ष्मी उप्रेती मेचीनगर, १ असार ÷ कोभिड १९ का कारण अहिले विश्व नै ठप्प छ । हरेक सीमानाकाबाट आवतजात बन्द छ । कोभिड १९ का संक्रमित र मृतकहरुको संख्या दिनानुदिन बढिरहेको छ । कोभिड १९ का विरामीहरु अहिले उपचारकालागि अस्पताल भर्ना भएपनि वेड, अक्सिजन, भेन्टिलेटर र औषधि अभावमा जीवनमरणसँग लडाई लडि रहेका छन् । त्यसो […]

पूरा पढ्नुहोस्

एनएमसीको ४२ औं शाखा भृकुटीमा

मेचीनगर,१ असार । नेपाल बहउद्देश्यीय सहकारी संस्था लिमिटेड ९एनएमसी० ले मेचीनगर–२ स्थित भृकुटीमा शाखा विस्तार गरेको छ । एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बाहुण्डाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका थिए । संस्थाका प्रमुख […]

पूरा पढ्नुहोस्

नगरको विकासमा सवैको सहयोग अपरिहार्य . नगर प्रमुख आचार्य

मेचीनगर, ३१ जेठ ÷ मेचीनगर प्रमुख बिमल आचार्यले नगरको समृदि र विकासमा सवैको सहयोग अपरिहार्य रहेको बताएका छन् । मेचीनगर—६ काँकरभिट्टास्थित मेची सामूदायिक भवनको हलमा मेचीनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय छलफलमा नगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । । प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितीमा भएको छलफलमा […]

पूरा पढ्नुहोस्