Uncategorized

मेचीनगर कोरोनाको ‘हटस्पट’ बन्दै

झापा, २७ वैशाख । मेचीनगर नयाँ भेरियन्ट संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । पूर्वको मुख्य नाका काँकरभिट्टा कोरोना संक्रमणकै कारण तीन जनाको ज्यान गईसकेको छ । अरु वडाको तुलनामा मेचीनगर–६ नम्बर वडा धेरै जोखिममा छ । यो वडामा १५ जना संक्रमित छन् । गतवर्ष पनि कोभिड–१९ महामारीको संक्रमणले थला पारेको मेचीनगर । यसवर्ष पनि नगरमा […]

पूरा पढ्नुहोस्

हातपात पछि आम्दा अस्पतालको सेवा प्रभावित

धुलाबारी, वैशाख २६ ।मेचीनगर १० स्थित आम्दा मेची अस्पतालका चिकित्सक माथी हातपात भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन । चिकित्सकमाथी हातपात गर्ने ब्यक्तिमाथी कारबाही नगरे अस्पतालको इमरजेन्सी सेवा समेत ठप्प पार्ने चिकित्सकहरुले चेतावनीले दिएका छन । शनिबार बेलुका मेचीनगर ९ का एकै परिवारका ३ जनालाई फुड पोइजन भएर आम्दा मेची अस्पतालमा उपचारका लागि ल्याइएको […]

पूरा पढ्नुहोस्

सामूहिक राजीनामा दिनु अपराध हो ःप्रधानमन्त्री ओली

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् । ‘के यस्ता क्रियाकलापमा सरिक […]

पूरा पढ्नुहोस्

काँकरभिट्टाका संक्रमित पुरुषको नोवेल अस्पतालमा मृत्यु

मेचीनगर, २६ वैशाख । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाका एकजना पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको छ । मेचीनगर–६, काँकरभिट्टा स्थित भानु टोलका ६० वर्षीय पुरुषको शनिबार राति १० वजे नोवेलमा मृत्यु भएको हो ।ज्वरो आएपछि यहि वैशाख २४ गते उपचार लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उनको पीसीआर […]

पूरा पढ्नुहोस्

काठमाडौँका दीपक वीएण्डसीमा

मेचीनगर, २५ वैशाख । काठमाडौँ लगायत विभिन्न जिल्लाबाट कोरोना संक्रमितहरुलाई उपचारकोलागि झापा स्थित वीएण्डसी अस्पताल ल्याउने क्रमले निरन्तरता पाउन थालेको छ । आज पनि काठमाडौँदेखि कोरोना संक्रमितका विरामी उपचारका लागि एयर अल्टिच्युटको हेलिकप्टरबाट वीएण्डसी अस्पताल ल्याईएको छ । कोरोना संक्रमित काठमाडौँका ५२ वर्षीय दीपक आङ्देम्वेलाई  उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल ल्याईएको हो ।भेन्टिलेटरसहित आइसियुको […]

पूरा पढ्नुहोस्

झापामा आज १८९ जना संक्रमित, २ को मृत्यु

मेचीनगर, २५ वैशाख । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टका १८९ जना संक्रमित थपिएका छन् । भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ । । मृत्यु हुनेमा दमक–८ का ८३ वर्षीया महिला र बिर्तामोड नगरपालिका–५ का ६२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । शनिबार ८४ महिलासहित १८९ जनामा कोरोना […]

पूरा पढ्नुहोस्

जंगली सागकोे तरकारी खाँदा मेचीनगरमा एकको मृत्यु

मेचीनगर,२५वैशाख ।जंगली सागकोे तरकारी खाँदा फुड पोइजन भएर मेचीनगरमा शनिबार एक पुरुषको निधन भएको छ । मृत्यु हुनेमा मेचीनगर वडा नम्बर ९ खुट्टिडाँगीका ८२ बर्षीय बृहस्पती सुवेदी रहेको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।उनको उपचारको क्रममा धुलावारीस्थित आम्दा अस्पतालमा शनिबार अपराह्न्न निधन भएको बताइएको छ ।जंगलबाट टिपेर ल्याएको साग सँग […]

पूरा पढ्नुहोस्

झापामा सिलिन्डर खोज्न प्रहरी परिचालन

झापा, २५ वैशाख । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकल बाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले […]

पूरा पढ्नुहोस्

काँकरभिट्टाको नयाँ बसपार्कमा एकहजार वेडको होल्डिङ सेन्टर बन्ने

मेचीनगर, २५ वैशाख । काँकरभिट्टाको नयाँ बसपार्कमा एकहजार वेडको होल्डिङ सेन्टर बन्ने भएको छ । जिल्लामा आज बसेको डीसीसीएमसीको वैठकले मेचीनगर ७ स्थित नयाँ बसपार्कमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको वैठकले नेपाली सेनाले काँकरभिट्टा नाकामा बनाउन लागेको एक हजार वेडको होल्डिङ सेन्टर लाई नयाँ बसपार्कमा […]

पूरा पढ्नुहोस्

मोटरसाइकलको ठक्करबाट बुद्धशान्तिका कर्मचारीको मृत्यु

मेचीनगर, २५ वैशाख । मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिकाका एक कर्मचारीको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिकामा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारी बुद्धशान्ति–१ स्थित पुल चौकका ४७ वर्षीय दीपक नेपालको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । बुद्धशान्ति–१ शान्तिचौक स्थित भित्री सडक खण्डमा शुक्रबार राति ८ वजे हिडिरहेको अवस्थामा नेपाललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको होन्डा कम्पनीको मोटरसाइकलले […]

पूरा पढ्नुहोस्