Uncategorized

कोभिड, कर्पोरेटको स्वार्थ र हाम्रा मिडिया

गोविन्द न्यौपाने स्वास्थ्य मन्त्रालयले कोभिड सङ्क्रमण भयावह वन्दै गएको अवस्थामा अस्पतालमा वेड उपलव्ध नहुने सूचना जारी गर्ने वित्तिकै सरकारको आलोचना सुरु भयो । सरकार अथवा अभिभावकले नै विपतका अवस्थामा अझ विरामी भएको अवस्थामा आफ्ना परिवारका लागि अस्पतालको सुविधा उपलव्ध गराउन नसक्ने भन्नु गैर जिम्मेवार र जवाफदेहिता विहिन भएको अवस्था नै हो । अर्कोतिर कोभिडको सङ्क्रमण […]

पूरा पढ्नुहोस्

चीनबाट सरकारले एकसाता भित्र अक्सिजन सिलिण्डर ल्याउने तयारी

झापा,२३ वैशाख। सरकारले एक साता भित्र चीनबाट अक्सिजन ल्याउने भएको छ । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने […]

पूरा पढ्नुहोस्

झापामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु

भद्रपुर, २० चैत । झापामा हात्तीपाइले रोग विरुद्धको १०औँ पटकको आमऔषधि वितरण अभियान  शुक्रबारबाट सुरु भएको छ। स्वास्थ्य कार्यालय झापाद्वारा चन्द्रढीमा आयोजित एक कार्यक्रमकाबीच भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मेची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।पिताम्बर ठाकुर, जिल्ला समन्वयन समिति प्रमुख सोमनाथ पोर्तेल, सञ्चारकर्मी लगायतले एकसाथ औषधि सेवन गरेर अभियान सुरु गरेका हुन। […]

पूरा पढ्नुहोस्

पत्रकार मोहन काजी र धमेन्द्र झालाई ‘सूचनाको अधिकार पुरस्कार’

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले पत्रकार मोहन काजी र धमेन्द्र झालाई ‘सूचनाको अधिकार पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । महासंघको मोरङ शाखाले स्थापना गरेको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट झापाका काजी र काठमाडौंका झालाई सम्मानित गर्ने भएको हो । ।पत्रकार मोहन काजी महासंघको पूर्व केन्द्रीय सदस्य हुन् । उनी लोकतन्त्र पोस्ट दैनिकको संस्थापक […]

पूरा पढ्नुहोस्

आज समुद्घाटन

पूरा पढ्नुहोस्

मेची र टोखा नगरपालिकाका जनप्रतिनिहिरुबीच अन्तरक्रिया

मेचीनगर, १२ फागुन ÷ झापाको मेचीनगर पालिका र काठमाण्डौं स्थित टोखा नगरपालिका बीच विहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका नगरकार्यपालिकाका उपप्रमुख ज्ञानुमया डंगोलको नेतृत्वमा आएको १७ सदस्यीय जनप्रतिनिधिहरुको टोलीले मेचीनगरको अवलोकलन गदैं अन्तरक्रिया समेत गरेको थियो । अन्तरक्रियामा दुई नगरपालिकाबीच भए गरेका सकरात्मक कार्य र असल अभ्यासका बारेमा अनुभव आदान प्रदान समेत […]

पूरा पढ्नुहोस्

म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने सरकारको तयारी

काठमाडौं,५ फागुन। सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि पुनः अनुमति दिने तयारी गरेको छ । यसअघि पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो । अहिले २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरुले पनि यस्तो अनुमति मागिरहेका छन् । तर, वैदेशिक […]

पूरा पढ्नुहोस्

झापाली सञ्चारकर्मीहरु आन्दोलित

बिर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध र समर्थनमा देशभर प्रदर्शन भैरहेका छन् । मंगलबार झापाको बिर्तामोडमा संसद विघटनको विरुद्ध झापाली सञ्चारकर्मीहरुआन्दोलित बने । विरोध प्रदर्शनलाई पत्रकार महासंघ झापा, आदिवासी जनजाती पत्रकार महासंघ, नारी सञ्चार गृह, जनजाती पत्रकार महासंघ लगायतका पत्रकारहरुका छाता संगठनहरुले ऐक्यवद्धता जनाएका थिए । झापाली सञ्चारकर्मीहरु […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको सातौं नगरसभा सम्पन्न

काँकरभिट्टाका,१६  माघ ÷ मेचीनगर नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । १ नम्बर प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापाको उपस्थितीमा सातौ नगरसभा उद्घाटन भएकै दिन सम्पन्न भएको हो । मेचीनगर नगरपालिकाको २०७४ असार १४ गते सम्पन्न निर्वाचनबाट जनप्रतिनिधी आएपछि को यो सभा सातौ नगरसभा हो । स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ४ […]

पूरा पढ्नुहोस्

चारआली बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः पुष्पराज

चारआली । मेचीनगर १३ स्थित चारआली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः पुष्पराज कार्कीको अध्यक्षतामा चयन भएका छन् ।समितिको उपाध्यक्षमा जितबहादुर श्रेष्ठ, सदस्यहरुमा राम प्रसाद शर्मा, विनिता उप्रेती, गोकुल सूबेदी, दिपा पौडेल, देवराज थपलिया, कृष्णराज पाठक र ध्रुवराज कार्की रहेका छन् । त्यसैगरी रघुनाथ अधिकारीको संयोजकत्वमा कमला शिवाकोटी र चन्द्र कुमार कार्की सदस्य रहेको […]

पूरा पढ्नुहोस्