नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रसाईको निधन

2020-10-09 मा प्रकाशित

झापा, २३ असोज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईको ९९ वर्षको उमेरमा आज निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भए पछि केही दिन अघि उनलाई काठमाडौको ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आज दिउँसो १ बजेतिर उपचारकै क्रममा उनको निधन भएको हो ।चिकित्सकहरुले उनलाई कोरोना संक्रमण भएको बताएका छन् ।

उनी कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला र कृष्णप्रसाद भट्टराईको प्रियपात्र मानिन्थे । पञ्चायतकालमा निर्वासित जीवन बिताएका उनी २०३३ सालमा वीपीहरुसँगै मेलमिलापको नीति लिएर भारतबाट फर्केका थिए ।

नेपालमा गणतन्त्र स्थापना भएपछि उनले कांग्रेसले बाटो बिराएको भन्दै पार्टी त्यागेर स्वतन्त्र रहँदै आएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु