कोरोनाको नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि

2021-01-18 मा प्रकाशित

काठमाडौं ,५ माघ। कोरोना भाइरस ९कोभिड–१९० को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भएरनभएको खुलेको थिएन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन वटा नमुनामा एस(जीन टार्गेट नेगेटिभ आएकाले २७ पुसमा हङकङ प्रयोगशालामा पठाइएको थियो । ३ वटै नमुनामा नयाँ प्रकारको भाइरस पुष्टि भएको छ ।२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु