अस्पतालको आइसोलेशनमा रहेका एक युवकको मृत्यु

2020-05-19 मा प्रकाशित

रोल्पा,६जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ ।

रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा। धनमाया घर्तीले जानकारी दिनुभयो । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए ।

ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा। घर्तीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु