Author: मेची आवाज डेक्स

मेचीनगरमा माटो बचाउँ राष्ट्रिय अभियान

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा माटो बचाउँ राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा माइण्ड पावर एण्ड करियर डेभलोपमेन्ट इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा।लि प्राविधिक सहयोगमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा नगर क्षेत्रका जनप्रतिनिधि, किसान, कृषक समुहलगायतको सक्रिय सहभागीता रहेको थियोे । कार्यक्रममा बोल्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले अहिलेको वर्तमान परिवेशमा […]

पूरा पढ्नुहोस्

मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाकारमा कार्की

मेचीनगर, १६ माघ । मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाकारमा पत्रकार अर्जुन कार्की नियुक्त भएका छन् । पाउ पाथिभरा सञ्चार प्रालिद्वारा सञ्चालित मेचीनगर अनलाइन डटकमका सम्पादक÷सञ्चालक अर्जुन कार्की संघको प्रेस सल्लाहकारमा नियुक्त भएका हुन् । यहि माघ १४ गते बसेको कार्यकारीणी समितिको वैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा माघ २७ गते सांगीतिक कार्यक्रम हुने

काँकरभिट्टा । आगामी माघ २७ गते मेचीनगरको काँकरभिट्टामा गोर्खा सांगीतिक साँझ–२ आयोजना हुने भएको छ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको आयोजनामा हुने सांगीतिक साँझलाई सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङको विशेष प्रस्तुती रहने छ । आयोजकले मंगलबार काँकरभिट्टा स्थित होटल हिकोला हेरिटेजमा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा चार जातिले एकैसाथ मनाउँदै ल्होछार

मेचीनगर । मेचीनगर १३ मा बसोबास गर्ने चार जाति (शेर्पा, मगर, तामाङ र गुरुङ)ले संयुक्त रुपमा माघ २० गते ल्होछार मनाउने भएका छन् । पूर्वबाट एकताको सन्देश दिन बौद्ध धर्मावलम्बी चार जातिले एक साथ ल्होछार पर्व मनाउने गरी संयुक्त ल्होछार (डुग ल्हो) समिति गठनगरी कार्यक्रमको तयारीमा जुटेका हुन् । आयोजकले आज पत्रकार सम्मेलन आयोजना गरेर […]

पूरा पढ्नुहोस्

पुराना र परम्परागत गुट भत्काउने अभियानमा छु : महामन्त्री शर्मा

मेचीनगर १५ माघ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन्। उनले आफू वर्तमानमा स्वतन्त्र काङ्ग्रेस रहेको दाबी समेत गरे। गृहनगर झापाको धुलाबारीमा आज सोमबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा […]

पूरा पढ्नुहोस्

सम्मान तथा पुरस्कार वितरण सहित काँकरभिट्टा माविको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

काँकरभिट्टा । काँकरभिट्टा माविको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवश विविध  कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ । विद्यालयले दिवशका अवसरमा वर्ष उत्कृष्ट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान तथा पुरस्कृत गरेको थियो  भने कार्यक्रमलाई रोचक बनाउन विद्यार्थीहरुको सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष होमबहादुर विष्टको सभापतित्व तथा कोशी प्रदेशका […]

पूरा पढ्नुहोस्

बाहुण्डाँगी जेसीजले सदस्यको निःशुल्क आँखा उपचार गर्ने

काँकरभिट्टा । बाहुनडाँगी जेसीजले नयाँ नेतृत्व पाएसँगै सदस्य केन्द्रित बिभिन्न कार्यक्रमलाई तीब्रता दिन थालेको छ । जेसीजले आफ्ना सदस्यहरुको निःशुल्क आँखा उपचारको प्रवन्ध समेत गरेको छ । आइतबार जेसीजले काँकरभिट्टा आँखा अस्पतालसँग निःशुल्कआँखा उपचार सम्बन्धी दुई पक्षिय सम्झौता समेत गरेको छ ।सम्झौता अनुसार जेसीजका सदस्यहरुको निःशुल्क आँखा उपचार हुनेछ । जसअन्तर्गत कार्य समिति सदस्य तथा […]

पूरा पढ्नुहोस्

महामन्त्री थापाको ‘संवाद यात्रा’ सुरु

भद्रपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् । महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । उउनले यो यात्रा आफ्नो व्यक्तिगत […]

पूरा पढ्नुहोस्

जोरसिमल कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर– ७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष प्रहलादमणि ओलीको सभापतित्व तथा ज्येष्ठ सदस्य इन्दुमती ओलीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सहकारी संस्थाका सल्लाकार नारायण प्रसाद ओली, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, शिक्षा संयोजक गोविन्द ओली लगायतले सहकारीले सदस्यहरुको जीवन […]

पूरा पढ्नुहोस्

ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसडरमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं । ग्रेस इन्टरनेशनलको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी नियुक्त भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ग्रेस इन्टरनेशनलले नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अनुरुप दीपेन्द्रसँग सहकार्य सम्झौता गरेको ग्रेस इन्टरनेशनल बिराटनगरका सञ्चालक प्रदिप बास्तोलाले जानकारी दिए। ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेल र क्रिकेटर […]

पूरा पढ्नुहोस्