Author: मेची आवाज डेक्स

कर्मचारी र जनप्रतिनिधिबीच तालमेल नहुँदा जनताको काम गर्न सकिएन :पूर्व सांसद विक

काँकरभिट्टा, २७ भदौ । पूर्व संघीय सांसद विमला विकले कर्मचारी र जनप्रतिनिधि बीच तालमेल नहुँदा जनताका काम अपेक्षा अनुरुप गर्न नसकिएको बताएकी छन् । बुधबार काँकरभिट्टास्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष स्थानीय तहका नीति,कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा सांसद विमला बिकले यस्तो कुरा बताएकी हुन् । […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजको उत्कृट नारी सम्मान निरौलालाई

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले प्रदान गर्ने उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरिएको छ । शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो । बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर निरौलाई नगद […]

पूरा पढ्नुहोस्

एमाले उपाध्यक्ष नेम्वाङको निधन

काठमाडौं , २५ भदौ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]

पूरा पढ्नुहोस्

अखिल नेपाल महिला संघ मेचीनगरको तीज मिलन कार्यक्रममा जेष्ठमाताहरु सम्मानीत

मेचीनगर, २५ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगरले तीजको अवसरमा १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा संघले आयोजना गरेको समावेशी तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशीलाई सम्मान गरेको हो । पत्रकार अम्बिका भण्डारीले ज्येष्ठ […]

पूरा पढ्नुहोस्

सवारी दुर्घटनामा परी प्यारागन एकाडेमी सुरुङ्गाका प्रिन्सिपल सुवेदीको निधन

कनकाई । सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ । कनकाई ८ सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशा तर्फ जादै गरेको प्र.१–०१–०१३ प१४१७ नम्बरको मो.सा. एक आपसमा ठक्करदिँदा गम्भीर घाइते भएका प्रिन्सिपल सुवेदीको निधन […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख बुढाथोकीलाई डेंगु संक्रमण

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेँगु संक्रमण पुष्टि भएको छ । नगर प्रमुख बुढाथोकीलाई शुक्रबार राति ११ बजेदेखि अचानक काम ज्वरोले सताएको थियो । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरिर काप्ने, जिउ आलस्य हुनेलगायतका समस्याले सताएपछि औषधि खाँदै घरमै आराम गरिरहेकोमा आज डेँगु संक्रकण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतवार हरिहलेसी […]

पूरा पढ्नुहोस्

अपाङ्गता साहायक सामाग्री बैंकले दियो, कम श्रवण शक्ति भएका व्याक्तिलाई श्रवण यन्त्र

 बाहुनडाँगी । ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था अन्तरगत सञ्चालित अपाङ्गता साहायक सामाग्री बैंकले आइतबार मेचीनगरका बिभिन्न वडाका छ जनालाई श्रवण यन्त्र वितरण गरेको छ । साहयता सामाग्री बैंकले कम कान सुन्ने ब्यतिहरुलाई वडाको सिफारिसमा श्रवण यन्त्र वितरण गरेको हो । श्रवण यन्त्र पाउनेहरुमा मेचीनगर २ की कृष्णमाया गिरी, पून्यवती घिमिरे, मेचीनगर […]

पूरा पढ्नुहोस्

आधुनिक साकोसको निःशुल्क आँखा शिविर, ३५४ जनाले लिए सेवा

चारआली, २३ भदौं । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) द्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर १३ चारआली आइतबारे बजारको मन्दिर परिषरमा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको हो । शिविरमा ३५४ सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुको आँखा चेकजाँच हुँदा २९ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा […]

पूरा पढ्नुहोस्

काँग्रेसले एउटा दृष्टिकोण बनाएर जनताको जीवनमा परिवर्तनको अनुभूति दिलाउन सक्नु पर्छ : काँग्रेस सहमहामन्त्री परियार

मेचीनगर २३ भदौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले विपी कोइरालाले प्रतिपादन गरेको सिद्यान्त , परिकल्पना गरेको यो मुलुक र नेपाली जनताको अवस्था यी सबै कुराहरुलाई संस्लेशण गर्दे नेपाली काँग्रेसले एउटा दृष्टिकोण  बनाएर जनताको जीवनमा आमुल परिवर्तनको अनुभूति दिलाउन सक्नु पर्ने बताएका छन् । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश “ख“ सम्मेलनको शनिबार  काँकडभिट्टामा […]

पूरा पढ्नुहोस्

अभिलाषा ‘टप टेन’ छनौट

झापा, २३ भदौ । झापाकी अभिलाषा लम्साल मिस युनिभर्स नेपाल प्रतियोगिताको टप टेनमा छनौट हुनु भएको छ । उमंग क्रियसन प्रालिले आयोजना गरेको सो प्रतियोगिताको ग्रान्ड फिनाले आज अपराह्न पाँच बजेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको छ । प्रतियोगितमा २२ जनाले भाग लिएका छन् । जसमध्ये अभिलाषाले उत्कृष्ट दशौंभित्र आफ्नो स्थान सुरक्षित गर्नुभएको हो । अब […]

पूरा पढ्नुहोस्