Author: मेची आवाज डेक्स

सरकारी विद्यालयले शुल्क असुलेको भन्दै नेविसंघ झापाले गर्याे विरोध

बिर्तामोड । निशुल्क पठन पाउने अधिकारलाई कुन्ठित गर्दै सरकारी विद्यालयहरुले बिभिन्न बाहानामा शुल्क अशुल्न थालेको भन्दै नेपाल विद्यार्थी संघले त्यसको विरोध जनाएको छ । संघले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर शुल्कलिने काम तत्काल बन्दगरी विद्यार्थीलाई निःशुल्क रुपमा गुणस्तरीय शिक्षा दिन आग्रह गरेको हो । सरकारले कक्षा १२ सम्मलार्ई निःशुल्क शिक्षा भनेको छ । ‘नेविसंध […]

पूरा पढ्नुहोस्

धुलाबारीमा भोलिदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने

धुलाबारी । मेचीनगर– १० स्थित धुलाबारीमा बुधबारदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने भएको छ । धुलाबारी फुटसल एरिनाको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । बैशाक ६ गते सुरु भएर ९ गते सम्पन्न हुने प्रतियोगितामा मेचीनगरका १० वटा टिमले भाग लिने पत्रकार सम्मेलनका संयोजक […]

पूरा पढ्नुहोस्

पूर्वी सिमानाबाट हात्ती द्वन्द्व नियन्त्रणको नयाँ अभियान

डम्बर बराल मेचीनगर, ४ बैशाख । मानिस र हात्तीबीचको द्वन्द्वका कारण यसले निम्त्याएको आर्थिक, सामाजिक मानवीय क्षति अनि बाल मनोविज्ञानमा पारेको असर यो बाहुनडाँगी बासीका निम्ति नौलो कुरा होइन । साच्चै भन्नु पर्दा बाहुनडाँगी र हात्ती पर्याय जस्तै बनेको छ । वर्षौदेखि बाहुनडाँगीवासी हात्तीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउने प्रयासमा छन् । हरेक दिन भारतीय […]

पूरा पढ्नुहोस्

दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर

धुलाबारी, २ बैशाख । दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर सुनार (नारायण) सर्वसम्मत चयन भएका छन् । धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा शनिवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । १५ सदस्यीय समितिको उपाध्यक्षमा चन्द्र दास, सचिवमा लक्ष्मी परियार, सहसचिवद्वयमा जगतबहादुर रम्तेल, प्रियम दर्जी र कोषाध्यक्षमा […]

पूरा पढ्नुहोस्

क्यान्सर पीडित धनबहादुरले भने ‘मलाई अझै बाँच्न रहर छ’ उपचारमा सहयोग गरिदिनु होला

मेचीनगर, २ बैशाख । विगत १० महिनादेखि क्यान्सर रोगबाट थलिएका मेचीनगर –७ प्यारी भिट्टका धनबहादुर खत्री यतिखेर आफ्नो जीवन बचाइदिन सबै सँग सहयोगको अपिल गरेका छन् । उपचारमा आर्थिक अभाव भएपछि शनिवार पत्रकार सम्मेलन मार्फत खत्री परिवारले आर्थिक सहयोगका निम्ति सबैसँग आग्रह गरेको छ । उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रेस क्लव मेचीनगरले पीडित परवारको घरैमा […]

पूरा पढ्नुहोस्

आदर्श धिमाल समाजको शुभकामना आदान प्रदान कार्यक्रम

इटाभट्टा,२ बैशाख । आदर्श धिमाल समाज मेचीनगर –८ ले शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वितेको वर्ष २०७९मा भएको कामको समिक्षा गर्दै समाजले आगामी दिनमा आदर्श समाजलाई थप गतिशिल बनाउन २०८० सालले सफलता मिल्ने विश्वासका साथ शुभकामना आदानप्रदान गरेको समितिका अध्यक्ष टुलेन धिमालले बताए । धिमाल समाजका सल्लाकार तथा मेचीनगर नगरपालिकाका कार्यपालिका […]

पूरा पढ्नुहोस्

‘मानव र हात्तीवीच सहअस्तित्व कायम गर्नुको विकल्प छैन’

मेचीनगर । मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजित मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ । ग्रीन जेनेरेशन झापाले आयोजना गरेको सो तालिममा र्यापिड रेस्पोन्स टिमका सदस्य, सशस्त्र र नेपाल प्रहरी तथा बाहुनडाँगीका स्थानीयले सहभागिता जनाएका थिए । प्रशिक्षमा मानिस र हात्तीबीचको द्वन्द घटाउँदै दुबै पक्षको सह अस्तित्व कायम […]

पूरा पढ्नुहोस्

नकलबन्दा साकोसद्वारा सुपथ मूल्य सहकारी पसल सञ्चालन

नकलबन्दा,१बैशाख । मेचीनगर ५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले आजबाट सुपथ मूल्य सहकारी पसल सञ्चालनमा ल्याएको छ । नकलबन्दामै मुख्य कार्यालय रहेको सरकारीले सहकारीको भवनमै सुपथ मूल्य सहकारी पसल सञ्चालन गरेको हो । सहकारी पसलको उद्घाटन सहकारी संस्थाकी जेष्ठ सदस्य तेजकुमारी थापाले गरिन् । रिवन काटेर सहकारी पसलको उद्घाटन गर्दे प्रमुख अतिथि थापाले […]

पूरा पढ्नुहोस्

‘हात्ती हाम्रो साथी’अभियान थाल्नु पर्छ : पर्यटन अभियान्ता राजवशु

मेचीनगर ।  भारतीय पर्यटन अभियान्ता सुप्रितम राजवशुले हात्ती हाम्रो साथी अभियान थाल्नु पर्ने बताएका छन् । जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजना गरेको मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीनदिने तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजवशुले सो कुरा बताएका हुन् । हात्तीलाई शत्रु ठानेर खेदाउँन खोज्दा धेरैको जीवन समाप्त भयो कयौँ […]

पूरा पढ्नुहोस्

मेचीनगर–८मा ९२७ जनाले लिए निशुल्क स्वास्थ्य सेवा

मेचीनगर, २९ चैत । मेचीनगर ८ मा सञ्चालित पन्द्र दिवशीय निशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भइकाृ छ । चैत १३ देखि २९ गतेसम्म सञ्चालित पन्द्र दिवशीय निशुल्क स्वास्थ्य शिविरमा ९२७ जनाले सेवा लिएका छन् । बुधबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा ८ नम्बरका साथै त्यस आसपासका अन्य वडाका स्थानीयले पनि निःशुल्क उपचार सेवा पाएका छन् […]

पूरा पढ्नुहोस्