Author: मेची आवाज डेक्स
विपक्षी गठबन्धन आज सर्वोच्च जाने
काठमाडौँ, १० जेठ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने बताए । विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित […]
पूरा पढ्नुहोस्
झापामा आज ९७ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु र १०७ जना डिस्जार्च
मेचीनगर, ९ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ९७ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ६ जना छन् । जसमा भद्रपुर–२ का ५२ वर्षीय पुरुष, कनकाई–३ का ४० वर्षीय पुरुष, अर्जुनधारा–११ का ५२ वर्षीय पुरुष, दमक–९ का २८ वर्षीय, कमल–६ का ७३ वर्षीय र गौरादह–२ का ८४ वर्षीय महिला रहेको […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकाले भोली सोमबार शोक विदा दिने
मेचीनगर,९जेठ । मेचीनगर नगरपालिकाले भोली सोमवार शोक विदा दिने निर्णय गरेको छ । वडा नम्बर ७ का अध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदैं एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिका स्रोतले जनाएको छ । शोक विदामा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन […]
पूरा पढ्नुहोस्
देशभर निषेधाज्ञामा कडाई,अटेर गर्नेलाई५लाख सम्म जरिवाना र १ वर्ष जेल हुने
झापा,९ जेठ ।सरकारले देशभरी निषेधाज्ञामा कडाई गर्न निर्देशन दिएको छ । विकशित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभयो । गृहस्थित सुरक्षा महाशाखाका अनुसार भीडभाडलाई पूर्ण निष्तेज गरिएकाले प्रशासन त्यसमा सक्रिय रहने […]
पूरा पढ्नुहोस्
अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण
काठमाडौं,९ जेठ । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका […]
पूरा पढ्नुहोस्
झापामा शनिबार २३४ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु र १०९ जना डिस्जार्च
मेचीनगर, ८ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३४ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ६ जना छन् । जसमा मेचीनगर–७ का ५५ वर्षीय पुरुष, गौरादह–४ का ३० वर्षीय पुरुष, हल्दीबारी–१ का २९ वर्षीय पुरुष र बुद्वशान्ति–१ का ६९ वर्षीय पुरुष, दमक–९ का ६३ वर्षीय पुरुष र कनकाई–८ का ५२ […]
पूरा पढ्नुहोस्
मेची अस्पतालमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द
झापा,८ जेठ । मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालमा पीसीआर किट ९रि–एजेन्ट० को अभाव भएसँगै ९आज० शनिवारदेखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै […]
पूरा पढ्नुहोस्
संसद विघटनविरुद्ध अदालत जाने विपक्षी गठबन्धनको निर्णय
काठमाडौं,७ जेठ । विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय […]
पूरा पढ्नुहोस्
दोस्रो पटक संसद विघटन, कार्तिक २६ र मंंसिर ३ मा चुनाव घोषणा
मेचीनगर,८ जेठ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरी चुनावको घोषणा गर्नु भएको छ । चुनावका लागि आगामी कार्तिक २६ गते र मंसिर ३ गतेको मिति घोषणा भएको छ । संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री दाबी गर्न राष्ट्रिपतिले दिएको समय हिजो अपरान्ह ५ बजे भित्रै बिपक्षी गठबन्धनका तर्फबाट काँग्रेस सभापति शेर बहादुर […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष चन्दन मेचेको निधन
मेचीनगर, ८ जेठ । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ । वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन भएको हो । मेचीनगर ७ जोरसिमल निवासी ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै […]
पूरा पढ्नुहोस्