Author: मेची आवाज डेक्स
लकडाउन अवधिको ब्याजमा सहाराले १० प्रतिशत छुट दिने
झुलन रेग्मी झापा, ३ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लकडाउनको अवधिको ऋणको व्याजमा १० प्रतिशत छुट गरेको छ । विश्व कोरोना महामारीबाट गुज्रिरहेको बेला सहाराले आफ्ना सदस्यहरुलाई राहात प्रदान गर्न छुटको व्यवस्था गरेको हो । मुलुककै ठूलो मध्येको वित्तीय संस्था सहाराले चार महिनामा (चैतदेखि असारसम्म) पाकेको ऋणको व्याजमा १० […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघ द्धारा ‘व्यवसायिक सदस्य विमा कोष ’लागू
मेचीनगर ÷ मेची उद्योग बाणिज्य संघले साना उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि ‘व्यवसायिक सदस्य विमा कोष ’लागू गरेको छ । शुक्रबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ऋषिराज तिम्सिनाले उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि संघले विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको र यस पटक संघमा आवद्ध उद्यमी व्यवसायीहरुको व्यक्तिगत जीवन विमा गर्ने कार्यक्रम लागूगरिएको […]
पूरा पढ्नुहोस्
दाहाल र नेपालले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौं,१ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने अडान मात्र दोहोर्याएन्, सकेको कदम चाल्न चुनौती दिएका छन् । भोलि शुक्रबारका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न […]
पूरा पढ्नुहोस्
मेची भन्सारले राजस्व असुलीमा लक्ष भेट्न सकेन,६३ दशमलव १२ प्रतिशत मात्र राजस्व संकलन
लक्ष्मी उप्रेती काँकरभिट्टा, १ साउन । १ नम्बर प्रदेशमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टको राजस्व असुलीमा कमि आएको छ ।नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको हो । सरकारले २०७६ चैत १६ गते काँकरभिट्ट नाका भएर […]
पूरा पढ्नुहोस्
कचनकवलको बजेट५३ करोड ८९ लाखबढी , बजेट बहुमतले पारित
कचनकवल । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले आर्थिक वर्ष २०७७र७८ का लागि ५३ करोड ८९ लाख ६० हजार १०० रूपैयाँको बजेट बहुमतले पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले सार्वजानिक गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि बुधवार छलफल भएको हो । पारित बजेटमा पूँजीगत तर्फ २५ करोड ६६ लाख १८ हजारसहित कूल ५३ करोड […]
पूरा पढ्नुहोस्
सामाजिक विकास मन्त्रालयले गर्याे रंगकर्मी नेपाल सहित एक दर्जनबढी श्रष्टालाई सम्मान
मेचीनगर । भानु जयन्तीको अवसर पारेर प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले रंगकर्मी सहित एक दर्जनबढी श्रष्टालाई सम्मान गरेको छ । मन्त्रालयले भाषा, कला, साहित्य सम्मानबाट परीवर्तन थिएटर झापाकी अध्यक्ष रंगकर्मी कविता नेपालसहित एक दर्जनबढी श्रष्टालाई सम्मान गरेको हो । कार्यक्रममा रंगकर्मी नेपाल, झापाका कवि एवम् समालोचक मुनाराज शेर्मासहित प्रदेश १ का भाषा, कला, […]
पूरा पढ्नुहोस्
भारतको मणिपुरबाट २१ जना नेपाली महिला तथा किशोरीको उद्धार
मेचीनगर, ३० असार⁄ रोजगारीको प्रलोभन देखाएर भारतको मणिपुर पुरयाएका नेपाली महिला तथा कीशोरीहरुलाई सोमबार राती उद्धार गरिएको छ । सो क्षेत्रमा लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको हो । एजेण्टले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुरयाएका थिए ।लकडाउन भन्दा अघि सो क्षेत्रमा पुगेका उनीहरुको […]
पूरा पढ्नुहोस्
कोरोना महामारीको स्थिति झन् बिग्रिनसक्छ ःडब्ल्यूएचओ
काठमाडौं,३० असार । देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले दिएको छ । डब्ल्यूएचओ प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत दिशामा अघि बढेको भन्दै उक्त चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘जुन देशमा कोरोनाका संक्रमण रोक्ने प्रावधान ठीक ढंगले लागु गरिएको छैन, त्यहाँ […]
पूरा पढ्नुहोस्
झापामा खोलाले बगाएर दुई जनाको ज्यान लियो
कचनकवल, २९ असार । अबिरल बर्षा पछि झापाका बिभिन्न नदिमा पानीको बहाव बढे सँगै खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सोमबार दिउसो कचनकवल गाउँपालिका–३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउदा मृत्यु भएको छ । घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु खोलामा लडेका थिए । त्यस पछि उनि उठन सकेनन्् । […]
पूरा पढ्नुहोस्
जाजरकोटको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो,३सय घरपरिवार विस्थापित
सुर्खेत,२८ असार। जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका थप दुईजनाको शव आइतबार भेटिएको छ । बारेकोट गाउँपालिका(४ सार्कीगाउँका १३ वर्षीया लक्ष्मी सार्की र ११ वर्षीया कमला सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डीएसपी० किशोर श्रेष्ठले जानकारी दिए । यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । […]
पूरा पढ्नुहोस्