Author: मेची आवाज डेक्स
बाढीले मेचीनगर–७ का ९ घर परिवार विस्थापित
मेचीनगर । अविरल वर्षासँगै पालिया खोलामा आएको बाढीले मेचीनगर–७ का ९ घर परिवार विस्थापित भएका छन् । बाढीले मेचीनगर–७ स्थित सिद्वार्थ टोलका , सोनु राजबंशी,सुदिप सरकार , मदन खड्का,जयप्रकाश शर्मा, नगेन्द्र मुखिया, प्रेमबहादुर थापा, सरिता सुनुवार, निर्मला परियार र पप्पु शर्माको परिवार विस्थापित भएका हुन् । नदिमा पानीको बहाव बढे सँगै उनीहरुको घर डुवानमा परेका […]
पूरा पढ्नुहोस्म्याग्दीमा पहिरो २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित
पोखरा,२७ असार। म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै […]
पूरा पढ्नुहोस्
कनकाई नदीमा पानीको सतह बढ्दै गएपछि, शिवसताक्षीका चार घर बिस्तापित
कनकाई २७ असार । अविरल बर्ष पछि कनकाई नदीमा आएको बाढीका कारणशिवसताक्षी १० मा ४ घर सुकुम्बासी परिवार विस्थापित भएका छन् । नदिमा पानीको बहाव बढदै गएपछि उनीहरुलाई रेडक्रस झापाले दिएको त्रिपालमा सुरक्षित ढंगले सारिएको छ । झापामा बिगत चौबीस घण्टादेखिको अबिरल बर्षा अपरान्ह थामिएको भएपनि साँझ परेसँगै पून बर्ष सुरु भएको छ । उता […]
पूरा पढ्नुहोस्
मेचीनगरले गर्याे पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक, खोप लगाउन छुटेका बालबालिका खोज्दैं स्वास्थ्यकर्मी
लक्ष्मी उप्रेती मेचीनगर, २७ असार ÷ मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । मेचीनगर नगरपालिका २०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ । प्रजनन कार्य सम्पूर्ण जीवित प्राणीको नियमित प्रक्रिया भएको हुनाले बच्चा जन्मिने कार्य जारी रहने […]
पूरा पढ्नुहोस्
बाढीले डाइर्भसन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
गैँडाकोट २७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले […]
पूरा पढ्नुहोस्
सप्तकोशीमा पानीको बहाव बढ्यो
विराटनगर,२६ असार । अविरल बर्षा पछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो […]
पूरा पढ्नुहोस्
पहिरोमापरी ३२ जना बेपत्ता, उद्दारमा कठिनाइ
पोखरा,२६ असार । म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ । धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ‘धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको खबर आएको छ,त्यहाँका […]
पूरा पढ्नुहोस्
प्यारीभिट्टा यूवा क्लवको सचेतना कार्यक्रम
डम्बर बराल मेचीनगर ।कोरोनाको संक्रमणबाट बच्न माक्सअनिवार्य रुपमा प्रयोग गर्नु पर्नै भन्दै बिहीबार प्यारीभिट्टा यूवा क्लवको अगुवाईमा मेचीनगरको इटाभट्टामा सचेतना अभियान सम्पन्न भएको छ । यूवा क्लवको अगुवाईमा भएको कार्यक्रममा काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत तथा सदस्यहरु र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरअध्यक्ष खडानन्द भण्डारी ,प्रहरी बिट इटाभट्टाका प्रहरीलगायतको सहभागिता रहेकोथियो । […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट १ अर्व २० करोड ६७ लाख, १४ करोड ७ लाख रुपैयाँ घाटा बजेट
लक्ष्मी उप्रेती मेचीनगर ÷ मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ ।प्रस्तुत बजेटमा सामाजिक सुरक्षा अन्तर्गतको रकम उल्लेख गरिएको छैन् । बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको ४० करोड रुपैयाँ समावेश नभएको नगरप्रमुख विमल आचार्यले जानकारी गरए । १४ करोड ७ लाख रुपैयाँ घाटा […]
पूरा पढ्नुहोस्
अबछोटो दूरीका सार्वजनिक यातायात संञ्चालन हुने
झापा, २५ असार । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर […]
पूरा पढ्नुहोस्