Author: मेची आवाज डेक्स

कोरोनाको संक्रमण फैलिन नदिन आमनागरिक सचेत हुनु पर्नेमा सांसद मैनालीको जोड

काँकरभिट्टा, २ असार ÷ १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हाल विश्वमा महामारीका रुपमा फैलिईरहेको नोवल कोरोना भाइरस कोभिड १९को संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान समेत सामुहिकरुपमा सवैले गर्नुपर्ने बताउनुभएको छ । पालिका स्तरीय समुदाय प्रहरी साझेदारी मेचीनगर पालिका समितिले मंगलबार आयोजना गरेको कोभिड १९ विरुद्घको सचेतना अभियानको उद्घाटन गदैं प्रदेशसभा सदस्य […]

पूरा पढ्नुहोस्

विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै रकमले फर्काउन सर्वोच्चको आदेश

काठमाडौं,२ असार । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश […]

पूरा पढ्नुहोस्

कोरोना परिक्षण चाडो गर्न ,नेकपा मेचीनगर–४ ले बुझायो ध्यानाकर्षण पत्र

मेचीनगर,१ असार ।क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मेचीनगर–४ वडा कमिटिले मेचीनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै वडा कमिटिले सोमबार नगर प्रमुख विमल आचार्यलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज […]

पूरा पढ्नुहोस्

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट

विराटनगर,१ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६।२९ प्रतिशत विनियोजन गरिएको छ । […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कोरोना संक्रमितको सख्या ३ पुग्यो

मेचीनगर,१ असार । मेचीनगरमा सोमबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टाइनमा रहेका बर्ष २२ का पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना […]

पूरा पढ्नुहोस्

निजी ल्याबले पनि कोरोना परीक्षण गर्न पाउने

झापा,३२ जेठ । कोरोना संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया […]

पूरा पढ्नुहोस्

क्वारेन्टिनमा महिलाको सामूहिक बलात्का

धनगढी,३२ जेठ । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् […]

पूरा पढ्नुहोस्

कौडा र नगदसहित कनकाईका ७ जुवाडे पक्राउ

झापा, ३२ जेठ । कोैडा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ ७ जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ टुप्पु टोलका चेतनकुमार भट्टराईको घरमा कौडा खेलिरहेकोे अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले कनकाई नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय […]

पूरा पढ्नुहोस्

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाटसर्वसम्मत पारित

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सा निशान छापभित्र समावेश गर्नका लागि प्रतिनिधिसभाले सर्वसम्मत रुपमा संविधान संशोधन विधेयक पारित गरेको छ । संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस गरिनेछ । भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग […]

पूरा पढ्नुहोस्

झापामा थपिए ५ जना कोरोना संक्रमित

मेचीनगर । झापामा शनिबार थप ५ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरसको संक्रमित भेटिएको छ । पाँचै जना संक्रमित भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा भित्रिएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेका […]

पूरा पढ्नुहोस्