Author: मेची आवाज डेक्स
एन प्याब्सन झापाको अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी, आज एमिटीमा दौड, लमजम र हाइजम सम्पन्न
मेचीनगर । एन प्याब्सन झापाको आयोजना शनिबारबाट सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर –६ स्थित एमिटी पब्लिक स्कूलमा एकसय मिटर दौड तथा हाइजम र लमजम प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा जिल्लाका तीन वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीनवटै विद्यामा छात्र –छात्राहरुबीच प्रतिष्पर्धा भएको थियो । आयोजकले एकसय मिटरको दौड प्रतियोगिता […]
पूरा पढ्नुहोस्
वरिष्ठ पत्रकार नकुल काजी सहित तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिक सम्मानित
मेचीनगर, २० मंसिर । झापाका वरिष्ठ पत्रकार नकुल काजी उत्कृष्ट प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले शनिबार संस्थाको ७ औं वार्षिक उत्सवको अवसर पारेर वरिष्ट पत्रकार काजी सहित तीन प्रतिभालाई सम्मान गरेको हो । शनिबार धाइजन स्थित जालपा सभाहलमा प्रतिष्ठानको ७ औं बार्षिक उत्सवमा उत्कृष्ट प्रतिभा पुरस्कार पत्रकार काजीलाई, लालबहादुर उत्कृष्ट कृषि […]
पूरा पढ्नुहोस्
काकरभिट्टा खानेपानीका अध्यक्ष बुढाथोकीमाथि सांघातिक आक्रमण
काकरभिट्टा, १९ मंसिर । काकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोहित बुढाथोकीमाथि सांघातिक आक्रमण भएको छ । अध्यक्ष बुढाथोकीलाई खानेपानीकै कर्मचारी धिरेन सुब्बाले आक्रमण गरेको खानेपानी उपभोक्ता समितिका सचिव विशाल तामाङले जानकारी दिए । बिहीबार राति करीब ८ बजेको समयमा बर्मेलीटोलमा रहेको खानेपानीको ओभरहेड टेंकी परिसरमा खानेपानीकै कामका सिलसिलामा सुब्बाले पछाडिबाट मार्तोलले बुढाथोकीको टाउकोमा हिर्काएको सचिव […]
पूरा पढ्नुहोस्
पशुपति अंग्रेजी माविमा ‘मिनी एक्सपो’ विद्यार्थीलाई सीप सिकाएर दक्ष बनाउँदै पशुपति
मेचीनगर । मेचीनगर – ६ स्थित पशुपति अंग्रेजी मावि परिसर शुक्रबार दिउँसो अभिभावक र विद्यार्थीहरुले खचा खच भरियो । विद्यालय परिसर यस्तो लाग्थ्यो, विद्यालयमा कुनै महोत्सव चलिरहेको छ । विद्यालयको परिसर तथा कक्षा कोठामा बिभिन्न आकर्षक सामाग्री प्रदर्शनमा राखिएको थियो । सो सामाग्री नियाल्ने र खरिद गर्नेहरु उत्साहित देखिन्थे । कार्यक्रमलाई विद्यालयले ‘मिनी एक्सपो’ नाम […]
पूरा पढ्नुहोस्
ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वता
मेचीनगर। मेचीनगर –२ स्थित ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वता घिमिरे न्यौपाने सर्वसम्मत चयन हुनु भएको छ । सहकारी संस्थाको बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यहाँ स्थित नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समितिको सभाहलमा आयोजित साधारण सभाबाट […]
पूरा पढ्नुहोस्
इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूद्वारा सरकारको ध्यानाकर्षण
विनोद सापकोटा झापा । झापा जिल्ला तथा कोशी प्रदेशभर सञ्चालनमा रहेका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले उद्योगको संरक्षण, नियमनको सुधार र असमान प्रतिस्पर्धाबाट उत्पन्न गम्भीर संकटबारे सरकारको ध्यानाकर्षण गराएका छन् । झापा जिल्ला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायी संघले सकारका ऊर्जा, जलश्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री […]
पूरा पढ्नुहोस्
जिल्ला स्तरीय भलिबल प्रतियोगितामा एभरेष्ट बन्यो दोस्रो, विद्यालयद्वारा खेलाडी विद्यार्थीहरुलाई सम्मान
मेचीनगर । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविले सोमबार खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्याब्सन झापाको आयोजनामा हालै सम्पन्न जिल्ला स्तरीय भलिवल प्रतियोगितामा दोस्रो स्थान हासिलगरी विद्यालयको गौरव बढाएको भन्दै विद्यालयले खलाडी विद्यार्थीहरुलाई खादा ओढाएर सम्मान पत्र सहित सम्मान गरेको हो । प्याब्सन मेचीनगरको हालै सम्पन्न स्पोर्ट मिट २०८२ मा सहभागि विद्यालयहरुलाई […]
पूरा पढ्नुहोस्
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
मेचीनगर, १३ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र–१ बाट ६ जना प्रतिनिधि निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा झापा क्षेत्र–१ मा ६ जना प्रतिनिधिका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । खुल्लातर्फ लक्ष्मीकुमार राईले ८२८ मत, असारु राजवंशीले ८९२ मत र खेमराज पोखरेल (राजु) ले ९६५ मत, महिलातर्फ […]
पूरा पढ्नुहोस्
आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर –७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित किरात याक्थुङ् चुम्लुङ्को सभाहलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर— ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । गाउँमा छरिएर रहेको साना – साना पुँजीहरुलाई एकीकृत गरेर सदस्यहरुको जीवन स्तर उकास्ने […]
पूरा पढ्नुहोस्
मेचीनगरमा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण
मेचीनगर । प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको छ । शुक्रबार मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा–११ र १२ का विद्यार्थीहरुलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको हो । नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अभिभावक तथा छोराछोरीहरुले निर्णायक […]
पूरा पढ्नुहोस्