ब्यानर न्यूज
जेसीजले टुटेका मन, परिवार र समाजलाई जोड्छ : महामन्त्री शर्मा
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले जेसीज टुटेका मन, समाज र परिवार जोड्ने अभियान भएको बताएका छन् । बाहुनडाँगी जेसीजको नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले सो कुरा बताएका हुन् । ‘समाज आज बिभाजित बन्दै गएको छ । घरभित्र कलह बढ्दै छ, निराशा चुलिएको […]
पूरा पढ्नुहोस्
प्रेस क्लव मेचीनगरको ९ औं वार्षिक साधारण सभा सम्पन्न, ५ लाखको अक्षयकोष स्थापना गरिने
काँकरभिट्टा । प्रेस क्लव मेचीनगरको ९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित होटल इस्टर्न ग्राण्डको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङले पत्रकारहरु व्यवसायीक बन्न सक्ने वातावरणको सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले विकासमा […]
पूरा पढ्नुहोस्
नकलबन्दा साकोसको १६ औं सभामा सम्मान,उपाध्यक्षमा प्याकुरेल निर्वाचित
मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट उपाध्यक्षमा माया प्याकुरेल निर्वाचित भएकी छिन् । आगामी ४ वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट सदस्यहरुमा नारायण खड्का, तारा बस्नेत आचार्य, माया गेलाल, हिरालाल शर्मा पुरोहित, भानुभक्त गौतम र रुद्रमाया शिवाकोटी निर्वाचित भएका छन् भने सचिव कार्यालय प्रमुख पदेन सदस्य रहने निर्वाचन […]
पूरा पढ्नुहोस्
मेचीनगर १ मा भेटियो, महाभारत कालिन इतिहाससँग जोडिएको अलौकिक बृक्ष,स्थानीय जुटे मोक्षधाम निर्माणमा
मेचीनगर । मेचीनगर– १ स्थित पाटापुर क्षेत्रमा महाभारतकालिन इतिहाँससँग जोडिएका बिभिन अलौकिक बस्तुहरु भेटिन थालेपछि सो क्षेत्रलाई मोक्ष धामको रुपमा विकास गर्न स्थानीयहरु जुटेका छन् । तिरिङ खोलाको किनारमा अवस्थित विशाल बटबृक्ष र त्यसको ५ सय मिटर दक्षिणमा अवस्थित नागदेवताको प्रतिमाले यस क्षेत्रको पहिचान बदल्ने भएको हो । यहाँ विशाल एउटै बृक्षमा पाँच प्रजातिका रुख […]
पूरा पढ्नुहोस्
नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत रेग्मीबीचको झगडाले मेचीनगर बन्यो तनावग्रस्त
मेचीनगर, १६ पुस । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको झगडाले मेचीनगर कार्यालय आज चार घण्टा तनावग्रस्त बन्यो । ढुंगाबालुवा सम्बन्धी मतभेदबाट सुरु भएको विवाद नाटकीय रुपले नगरको राजनीतिक र प्रशासनिक प्रमुखबीच गालीगलौजको अवस्थामा गिरेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार आज विहान १०ः३० बजेतिर नगरप्रमुख बुढाथोकीको कार्यकक्षमा अधिकृत रेग्मी जानु भएको […]
पूरा पढ्नुहोस्
नाइट चेस क्लबको पद हस्तान्तरण सम्पन्न
काँकरभिट्टा । नाइट चेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । क्लबको १४ औं वार्षिक साधारण सभाबाट सर्ब सम्मत निर्वाचित कार्यसमितिलाई शुक्रबार काँकरभिट्टा खानेपानकिो सभाहलमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । कार्यक्रममा बोल्दै नाइट चेस क्लबका निवर्तमान अध्यक्ष राजु कार्कीले समाज रुपान्तरणमा क्लबको भूमिका महत्वपूणर् रहेको बताए […]
पूरा पढ्नुहोस्
मेचीनगरद्धारा शिक्षक, पूर्व कर्मचारी, विद्यार्थी सहित दर्जनौं सम्मानित
मेचीनगर । मेचीनगरपालिकाले बुधबार नगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी, पेशामा कार्यरत उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक, कर्मचारी, बाल क्लव, स्काउट र बिभिन्न संघ संस्थालाई सम्मान गरेको छ । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले मेची […]
पूरा पढ्नुहोस्
घृतकौशिक गोत्रीय प्रतिष्ठानद्धारा आयोजित सप्ताह ज्ञान महायज्ञ तथा बन्धु मलन कार्यक्रम सम्पन्न
कनकाई । कोशी प्रदेशका सांसद राधकृष्ण खनालले धर्म संस्कार र संस्कृतिको संरक्षण र सम्बद्धनबाटै मानव जीवन सार्थक बन्ने र त्यो नै मानव जीवनको ठूलो सम्पत्ती भएको बताएका छन् । कनकाई स्थित घृतकौशिक गोत्रीय प्रतिष्ठानले आयोजना गरेको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
हात्तीलाई अव आम्दानीको श्रोत बनाउँनु पर्छ : मुख्यमन्त्री कार्की
बाहुनडाँगी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आइतबार झापाको मेचीनगर—४ स्थित बाहुनडाँगीका विभिन्न ६ वटा कार्यक्रममा सहभागी हुनुभयो । मेचीनगरमा निर्माण हुन लागेको प्रकृति पार्क, सामुदायिक हलमा जारी चित्रकला प्रदर्शनी, वडा कार्यालयमा हात्ती विज्ञहरुसँगको अन्तरक्रिया, झापाको पहिलो शहीद विश्वनाथ घिमिरेको शालीकमा माल्यपर्ण, शुभ चियाको स्थलगत अवलोकन तथा समुदाय स्तरमा हात्ती संरक्षण, मानव—हात्ती द्वन्द न्यूनिकरण र […]
पूरा पढ्नुहोस्
आदर्श माविका पूर्व विद्यार्थीको पुर्नमिलन कार्यक्रम
मेचीनगर । मेचीनगर ८ स्थित आदर्श माविमा पढेर २०५० ÷ ०५१ सालमा एस.एल.सी दिएका पूर्व विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रम शनिबार धार्मिक तथा पर्यटकीय क्षेत्र पाताल गांगामा सम्पन्न भएको छ । विद्यालय छोडेको तीन दशक पछि भेट भएका उनीहरुको मुहारमा खुशीको सिमानै थिएन । पहिलो भेटमै कतिले अंकमाल गरेर खुशी साटासाट गरे, भने कतिलाई आफ्नै साथी चिन्न […]
पूरा पढ्नुहोस्