ब्यानर न्यूज

गमला उद्योग सञ्चालन गरेर मनग्ये आम्दानी लिँदै मेचीनगरका पण्डित

डम्बर बराल मेचीनगर । सुन्दर अनि आकर्षक मानवनिर्मित झरना । जसको शिरबाट निस्किएको कलकल बग्ने पानीको फोहोरा, यो दृष्यले धेरैको मन लोभ्याउने गरेको गरेको छ । पूर्व पश्चिम राजमार्ग भएर हिँड्ने जो कोही पनि एक छिन् त्यसलाई नियाल्छन् अनि लाग्छन् आफ्नो गन्तब्य तर्फ । यो दृष्य हो मेचीनगर – १३ स्थित गमला चोकको । धाइजन […]

पूरा पढ्नुहोस्

नकलबन्दा टि–स्टेटले भोगेको १० विगाहा बढी सरकारी जग्गा, मेचीनगरले लियो कब्जामा ,चल्यो बगानमा डोजर

मेचीनगर । नेपाल सरकारको नाममा रहेपनि वर्षाैदेखि मेचीनगर– ५ स्थित नकलबन्दा टि–स्टेटले भोगचलन गर्दै आएको १० विगाह ५ कठ्ठा ७ धुर जमिन आज मेचीनगरपालिकाले आफनो नियन्त्रणमा लिएको छ । नकलबन्दा टि–स्टेटलाई सरकारी स्वामित्वमा रहेको जग्गा खाली गरिदिन पटक –पटक आग्रह गर्दा पनि टि–स्टेटले नटेरेको भन्दै आज मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना […]

पूरा पढ्नुहोस्

गुणस्तरीय शिक्षा हाम्रो सफलताको आधार हो: केन्द्रीय उपाध्यक्ष घिमिरे

मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ( प्याब्सन ) मेचीनगरको तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । मेचीनगर –७ स्थित ग्रीन भिलेज रेष्टुरेन्टमा भएको अधिवेशनको उद्घाटन गर्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले सरकारले निजी विद्यालयहरुलाई सौतेलो ब्यवहार गरी कमजोर बनाउने प्रयत्न गरिरहेको भएपनि निजी विद्यालय झन् सशक्त भएर दरिँदै गएको बताए । ‘हामी आफ्नै […]

पूरा पढ्नुहोस्

बढ्दै छ दक्ष जनशक्तिको विदेश पलायन यात्रा, रित्तिंदै गाउँ

डम्बर बराल मेचीनगर । एक वर्षअघि भद्रपुर नपा वडा नम्बर – १० का विवेक कट्टेल पढ्नका लागि जापान गए । ब्याचलर तेस्रो वर्ष पढ्दै गर्दा जापानी भाषा सिके अनि ठूलो धनराशी लगानी गरेर उनी विदेश हानिए । मेचीनगर –८ की इसा गिरी अनि सोही वडाकी सविना भट्टराईपनि जापान गएको १ महिना बित्यो । विदेश पढ्न […]

पूरा पढ्नुहोस्

सुरू भयो मेचीनगरबाट (युवा संकल्प यात्रा) हामीले निराशाको मात्रै कुरा गर्ने हो भने यो देश कसले बनाउँछ : युवा नेता शाही

काँकरभिट्टा, २३ कात्तिक । नेपालको राजनीति प्रति युवाको घट्दो आकर्षण, मौलाउँदो भ्रष्टचार र बढ्दो बेरोजगारीले यतिखेर नेपाल दक्ष युवाजनशक्ति विहिन बन्ने खतरा बढ्दै गएको छ । एस ईई परीक्षा पछि मुस्किलले कक्षा ११, १२ सिध्याउँछन् विद्यार्थीहरु । अनि सुरु हुन्छ जिल्ला प्रशासनमा ठूलै भीड, प्राय सबै नागरिकता र पासपोर्टको लाइनमा हुन्छन्, त्यसपछि को गन्तब्य, अष्ट्रेलिया, […]

पूरा पढ्नुहोस्

मेचीनगर –८ मा साँस्कृतिक कार्यक्रम, कलाकारसँगै झुमे दर्शक

डम्बर बराल मेचीनगर । शुक्रबार साँझ मेचीनगर – ८ स्थित मकरे चोक संगीतमय बन्यो । राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार अनि बिभिन्न जातजातिको जातीय नृत्यले सहभागिहरुलाई मनोरञ्जन मात्र प्रदान गरेन । । आफ्नो सभ्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित पनि गर्याे । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा नेवा : देय् दवू मेचीनगर – […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारीको क्षेत्रगत साधारण सभा सम्पन्न

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारणसभा मंगलबार सम्पन्न भएको छ । आइतबारबाट क्षेत्रगत रुपमा सुरु भएको २५ औं वार्षिक साधारण आज सम्पन्न भएको हो । मंगलबार क्षेत्र नम्बर ३, ४ र ५ को संयुक्त साधारण सभा मेचीनगर – ७ स्थित विष्णुलक्ष्मी मन्दिरको सभाहलमा सम्पन्न भयो । सभामा मेचीनगर वडा नम्बर ६ र […]

पूरा पढ्नुहोस्

विदेशबाट फर्किएपछि केरा खेतीमा जमेका मेचीनगरका प्रसाई

डम्बर बराल मेचीनगर । मेचीनगर– १२ सिरान कामतका ५२ वर्षीय राकेश प्रसाईले एक वर्ष अघि वर्षाैदेखि बाँझो भएको २ विगाह जमिन जोते, सम्याए अनि उन्नत जातका केराका विरुवा रोपे । विगत १० वर्षदेखि बाँझीएको जमिन जंगल जस्तै भइसकेको थियो । मान्छे दिउँसै हिँड्दापनि डराउने पट्टेर घारी अहिले कृषि कर्ममा लाग्नेहरुको लागि भने अध्ययन केन्द्र नै […]

पूरा पढ्नुहोस्

खुशी हराउँदै गएको दशैँ

डम्बर बराल मेचीनगर । धेरै दुःख र पीडाका बीच यसवर्ष नेपालीहरुको महान पर्व बडादशैँ घर–घरमा भित्रिएको छ । असोज १७ गते बिहीबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएसँगै बडादशैँ सुरु भयो । वढादशैं सुरु भएको आज आठौं दिन वितिसेको छ । यस वर्ष नवमी तिथि छैन त्यसैले भोलि विजया दशमी, […]

पूरा पढ्नुहोस्

पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा दुई दिवसीय विविध कार्यक्रम

काँकरभिट्टा । विश्व पर्यटन दिवस २०२४ को अवसर पारेर पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा दुई दिवसीय विविध कार्यक्रम सुरु भएको छ । पहिलो दिन बिहीबार आयोजित कार्यक्रममा जैविक विविधता पर्या पर्यटन सम्बन्धी फोटो तथा चित्रकला प्रदर्शनीका साथै मेचीनगर स्तरीय अन्तरमावि चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यालयले भोलि शुक्रबार  बिहान ८ बजे प्रभावत फेरीका साथै अन्य […]

पूरा पढ्नुहोस्