मुख्य खबर
सचेत युवा समुह द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो पिडितलाई सहयोग
मेचीनगर, ९ असार। मेचिनगर नगरपालिकामा रहेको सचेत युवा समुहले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ । सचेत युवा समुहले बुधबार प्रभावित क्षेत्र हेल्मबु गाँउपालिका वाड न ।३ स्थित सिन्धुपाल्चोकको अत्याधीक क्षति पुर्याएको ठाँउमा नै पुगेर आवश्यक भाडाकुडाका सामग्री वितरण गरेको छ । समुहले बाढी पहिरो पिडितलाई कुकुर, कराइ, थाल, पनिउ, […]
पूरा पढ्नुहोस्
मेची अभियान द्वारा झापाका स्थानिय तहलाई १२ अक्सिजन कन्सन्ट्रेटर प्रदान
मेचीनगर,९ असार । मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ९डिसिसिएमसी० झापालाई करीब २८ लाख रुपैया मुल्य बराबरको १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई अभियानका संयोजक डालमियासहितको टोलीले १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।उक्त सामग्री गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले उपलब्ध […]
पूरा पढ्नुहोस्
१९ दिन बित्न नपाउँदै २१ मन्त्रीको पद गयो
झापा, ८ असार । पछिल्लो समय सरकारमा जाने र बाहिरीने खेल चलिरहेको छ । कुन बिभागको मन्त्री को छ भनेर जनताले बुझ्न नपाउँदै मन्त्री फेरिने क्रमले निरन्तरता पाउन थालेको छ । १९ दिन अघि मन्त्री बनेका २१ जना मन्त्रीको पद गुमेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २१ जना मन्त्रीको पद गुमेको […]
पूरा पढ्नुहोस्
मन्त्री झालाई कालो झण्डा देखाउने तीनजना पक्राउ
रौतहट, ८ असार। खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा(५ का विजय यादव र दिपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले बताए । रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद नेता झा […]
पूरा पढ्नुहोस्
जागृत बाल उद्धार केन्द्रको अध्यक्षमा तामाङ
मेचीनगर, ८ असार । मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्रको अध्यक्षमा समाजसेवी बीना तामाङ चयन भएकी छिन् । संस्थाको हालै सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट तामाङ अध्यक्षमा चयन भएकी हुन । त्यस्तै, समितिको उपाध्यक्षमा युवा समाजसेवी बालकृष्ण थापा, सचिवमा शिक्षासेवी रेवन्तराज पोखरेल, कोषाध्यक्षमा राधा प्रधान कार्की तथा सदस्यमा सीता गुरुङ, मोहन कटुवाल, प्रल्हाद श्रेष्ठ चयन […]
पूरा पढ्नुहोस्
विकास निर्माणका काममा अवरोध नगर्न नगर प्रमुख आचार्यको आग्रह
मेचीनगर, ७ असार ÷ मेचीनगर नगरपालिकाले नगरको ८ नम्बर वडामा अघि सारेको बायोग्यास प्लान्ट निर्माण गर्ने योजना विभिन्न व्यक्तिको अवरोधका कारण अलपत्र परेको छ । मेचीनगर—८ को आदर्श मावि र मेची बिद्योदय आधारभुत बिद्यालयको करीब १२ बिगाहा जग्गा लिजमा लिएर करीब ३ बिगाहा जग्गा ओगट्ने गरी बायोग्यास प्लान्ट निर्माण गर्ने योजना नगरपालिकाको छ । नगरपालिकाले […]
पूरा पढ्नुहोस्
यातायात मजदुरलाई राहत
झापा, ७ असार । कोरोना महाकारीका कारण निषेधाज्ञा लिम्विदै गएपछि छाक टार्न समेत समस्या झेल्दै आएका यातायात मजदुरलाई अखिल नेपाल ट्रेड युनियन झापाले खाद्यन्न वितरण गरेको छ । महासंघ झापाले ४० जना यातायात मजदुरलाई सोमवार राहत वितरण गरेको हो । प्रत्येक मजदुरलाई १० केजी चामल, आधा केजी दाहाल, एककेजी नुन, एक प्याकेट सोयाविन र आधा […]
पूरा पढ्नुहोस्
घाइते गिरीको शल्यक्रिया सफल भयो
डम्बर बराल मेचीनगर, ७ असार । शुक्रबार साँझ पुलबाट लडेर गम्भीर घाइते भएका मेचीनगर–५ स्थित घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरीको आर्थिक अभावका बीच आइतबार सल्यक्रिया गरिएको छ । पुलबाट लड्दा उनको पिसाब थैैली फुटेको थियो । गिरीको आइतबार विर्तासिटी अस्पतालका डा. शम्भुनवलको टोलीले दुईघण्टा लगाएर अप्रेसन गरेको स्वास्थ्य कर्मी राम मगरले जानकारी दिए । गिरीको […]
पूरा पढ्नुहोस्
मन्त्री यादवले गरे पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण
झापा, ६ असार । सङ्घीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले सिलिगुढी झापा पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आइतबार निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै ९क्रस बोर्डर० पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनियरिङ सर्भे सकेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षण पछि प्रस्तावित परियोजना पूर्वी […]
पूरा पढ्नुहोस्
युवा लक्षित कार्यक्रम ल्याउन युवा संघको माग
मेचीनगर, असार ६ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिले आइतबार नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख विमल आचार्यको कार्यकक्षमै पुगेर नगर प्रमुख एवम् उपप्रमुख मीना उप्रेतीसमक्ष नगरको बजेटमा युवा लक्षित कार्यक्रम ल्याउनको लागि ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा अबको बजेटमा सबै तह र तप्काका नगरका युवाहरूलाई लक्षीत गरी बजेट विनियोजन गर्न भन्दै १६ […]
पूरा पढ्नुहोस्